Advertisement

कैलालीको कैलारी-१ मा रहेको दिपेन्द्र माविको ४९ औँ वार्षिकोत्सव सम्पन्न , उत्कृष्ट विद्यार्थी सम्मानित

Advertisement

कैलालीको कैलारी गाउँपालिका- १ मा रहेको दिपेन्द्र माध्यमिक विद्यालयको ४९ औं वार्षिकोत्सब कार्यक्रम सम्पन्न भएको छ । आइतबार एक समारोहबीच विद्यालयको को ४९ औं वार्षिकोत्सब कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष राजसमझ चौधरी प्रमुख आतिथ्यमा भएको थियोे । उनले शिक्षा क्षेत्रमा सुधार ल्याउन गाउँपालिकाले निरन्तर प्रयास गरिरहेको र विद्यालयको व्यवस्थापनमा आवश्यक जिम्मेवारी पालिकाले लिने प्रतिबद्धता व्यक्त गरेका छन् । अध्यक्ष चौधरीले शिक्षा सुधारका लागि हरसम्भव प्रयास भइरहे पनि सोचेजस्तो प्रतिफल आउन नसकेको बताए।
कार्यक्रमका विशिष्ट अतिथि तथा गाउँपालिका उपाध्यक्ष भगवती कुमारी चौधरीले शिक्षामा सुधार ल्याउन शिक्षकको मात्र एकल प्रयास पर्याप्त नहुने भन्दै अभिभावकको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने बताइन्।
यस्तै, गाउँपालिका शिक्षा शाखा प्रमुख गणेशप्रसाद मिश्रले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गरिँदै आए पनि विद्यार्थी संख्या क्रमशः घट्दै गइरहेकोले शिक्षा क्षेत्रमा निराशा पैदा भएको जानकारी गराए।
विद्यालयका प्रधानाध्यापक विनोद भट्टराईले विद्यालयको वार्षिक आय–व्यय विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा अभिभावक संघका अध्यक्ष बिसराम चौधरी, विद्यार्थी सुनिल विक र अस्मिता चौधरीले आ–आफ्नो मन्तव्य राखेका थिए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरप्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य प्लस–टु संयोजक प्रेमराज पन्तले गरेका थिए भने कार्यक्रम सञ्चालन शिक्षिका पशुपति कुँवरले गरेकी थिइन्।
कार्यक्रममा शिक्षक रामसिंह भुल र सन्तोष चौधरीलाई सम्मान गरिएको थियो। साथै, गत वर्षको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।
वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरूले विविध सांस्कृतिक नृत्य तथा प्रस्तुतिसमेत प्रस्तुत गरेका थिए।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज