Advertisement

वन अतिक्रमण विरुद्ध कडा रूपमा उत्रिए अधिकृत कपिल रावल: बसन्तामा अवैध संरचना भत्काइयो

Advertisement

कैलाली: कैलालीको कैलारी गाउँपालिकास्थित बसन्ता सामुदायिक वन क्षेत्रमा भएको अतिक्रमण हटाउन वन प्रशासनले सक्रियता देखाएको छ। सब डिभिजन वन कार्यालय बसन्ताका वन अधिकृत कपिल रावलको प्रत्यक्ष नेतृत्वमा शनिबार एक विशेष टोलीले बड्का बसन्तामा वन मिचेर बनाइएको संरचना हटाएको हो ।

अधिकृत रावलले  कैलारी गाउँपालिका वडा नं. ७ स्थित बसन्ता सामुदायिक वनको जग्गामा एक परिवारले अवैध रूपमा छाप्रो निर्माण गरी वन अतिक्रमण गरेका थिए। सोको सूचना प्राप्त हुनासाथ वन अधिकृत कपिल रावलको नेतृत्वमा खटिएको सब डिभिजन वन कार्यालय र बसन्ता सामुदायिक वनको संयुक्त टोलीले उक्त छाप्रो तत्कालै भत्काएर वन क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको छ।

अधिकृत रावल भन्छन ​” वन अतिक्रमणमा कुनै सम्झौता हुँदैन ।” अतिक्रमण हटाउने कार्यको नेतृत्व गर्दै वन अधिकृत कपिल रावलले वन क्षेत्रको संरक्षणमा कसैको दबाब वा प्रभाव स्वीकार्य नहुने स्पष्ट पारेका छन । फेरि त्यसैमा थप्दै — “प्राकृतिक स्रोतहरुको रक्षा गर्नु हाम्रो पहिलो प्राथमिकता हो। वन क्षेत्र मिचेर गरिने कुनै पनि गतिविधि कानुन विपरीत छन्, यस्ता कार्यलाई हामी कडाइका साथ निरुत्साहित गर्छौँ।”

​अधिकृत रावलको यस कदमलाई स्थानीयहरु र सामुदायिक वन उपभोक्ता समूहले समेत प्रशंसा गरेका छन्। वन क्षेत्र जोगाउनका लागि फिल्डमै खटिएर नेतृत्व लिने रावलको कार्यशैलीले वन अतिक्रमणकारीहरूलाई कडा सन्देश दिएको छ।

​उक्त टोलीमा वन कार्यालयका कर्मचारीहरू, वन रक्षक र सामुदायिक वनका पदाधिकारीहरूको सहभागिता रहेको थियो। आगामी दिनमा पनि वन अधिकृत रावलको कमाण्डमा नियमित गस्ती र अतिक्रमण विरोधी अभियानलाई निरन्तरता दिने कार्यालयले जनाएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज