Advertisement

सत्यवादी मावि भोपुरमा अनाथ विद्यार्थी कोष स्थापनाका लागि तिलक बम्मद्वारा ५० हजारभन्दा बढी सहयोग

Advertisement

बझाङ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बझाङमा सवारी चालकका रूपमा कार्यरत तिलक बम्मले सत्यवादी माध्यमिक विद्यालय, भोपुरमा अनाथ विद्यार्थीहरूको सहयोगार्थ अक्षयकोष (कोष स्थापना) का लागि ५० हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्नुभएको छ ।

विद्यालयको वार्षिक उत्सवको अवसर पारेर उहाँले उक्त रकम व्यक्तिगत तवरबाट विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा बोल्दै बम्मले अनाथ तथा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूको शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त सहयोग गरेको बताउनुभयो ।

उहाँका अनुसार स्थापना गरिएको कोषबाट विद्यालयमा अध्ययनरत अनाथ विद्यार्थीहरूको शैक्षिक सामग्री, पोशाक तथा अन्य आवश्यकतामा सहयोग पुर्‍याइनेछ । साथै उहाँले शिक्षाको पहुँचबाट कोही पनि वञ्चित हुन नपरोस् भन्ने भावना राख्दै सम्पूर्ण बझाङबासीलाई आ–आफ्नो क्षमताअनुसार अनाथ विद्यार्थीहरूको सहयोगमा हातेमालो गर्न अपिल गर्नुभएको छ ।

विद्यालय परिवारले तिलक बम्मको योगदानलाई उदाहरणीय र प्रेरणादायी भन्दै धन्यवाद व्यक्त गरेको छ । यस्ता सहयोगले समाजमा सकारात्मक सन्देश फैलिनुका साथै विद्यार्थीहरूको भविष्य उज्यालो बनाउन महत्वपूर्ण भूमिका खेल्ने विद्यालयको भनाइ छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज