Advertisement

बैतडीको मेलौलीका दयाल बित्थडचिरको तोल्यानमा चोरी गर्ने क्रममा स्थानीयले नियन्त्रणमा लिएपछि…

Advertisement

देउलेख- बझाङको बित्थडचिर गाउँपालिका- ४ तोल्यानमा चोरी गर्ने क्रममा एक युवकलाई स्थानीयले नियन्त्रणमा लिएका छन्। गएराति करिब साढे २ बजेको समयमा पसल तथा एक घरमा चोरी गर्न लागेका बैतडीको मेलौली नगरपालिका–७ निवासी २२ वर्षीय महेश दयाललाई स्थानीयले नियन्त्रणमा लिएका हुन्।
स्थानीयका अनुसार दयालले राति सबै सुतेको मौका पारेर तोल्यानस्थित तीनवटा पसल र एक घरमा चोरी गर्न थालेका थिए। उनले एनडी किराना तथा नास्ता पसल, एलबि किराना एण्ड मदिरा पसल, बोहरा किराना पसल र रमिला बिकको घरमा चोरी गरेको बताइएको छ।
चोरी भइरहेको थाहा पाएपछि व्यापारी राजेश बहादुर बोहराले तत्काल स्थानीयलाई जानकारी गराएका थिए। त्यसपछि दयाललाई धनबहादुर बोहराको पसलमा चोरी गर्ने क्रममा स्थानीयको रोहबरमा नियन्त्रणमा लिई प्रहरीलाई खबर गरिएको थियो।
नियन्त्रणमा परेका दयाललाई हाल प्रहरी बेस देउलेखमा राखिएको छ भने आवश्यक अनुसन्धानपछि जिल्ला पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। चोरीका क्रममा पसलका ताला, दराज र घरका घर्ला तोडफोड गरिएको पाइएको छ।
स्थानीयले चोरीमा दयालसँग अन्य व्यक्ति पनि संलग्न रहेको र उनीहरू भागेको बताएका छन्। दयालको साथबाट चोरीका नगद पैसा, गरगहना तथा मोबाइल फोन, चोरि गर्न प्रयोग हुने सामाग्री बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज