Advertisement

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनि द्वारा साउद को परिवारलाइ परिवपरिवारलाइ मृत्यु दाबि भुक्तानी

Advertisement

हिमालयन लाइफ इन्स्योरेन्सद्वारा कम्पनि द्वारा मृत्यु दाबी भुक्तानी

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड मसुरिया उपशाखाले एक बीमित परिवारलाई मृत्यु दाबी भुक्तानी प्रदान गरेको छ। कम्पनीको टोलीले बीमित परिवारको घरमै पुगेर सम्मानपूर्वक एक कार्यक्रमका बीच दाबी रकम हस्तान्तरण गरेको हो।

बीमा सुरक्षाले कठिन समयमा परिवारलाई आर्थिक सहारा उपलब्ध गराउने उद्देश्यअनुरूप, आवश्यक कागजात तथा प्रक्रिया पूरा भएपछि कम्पनीले दाबी रकम छिटो, सहज र पारदर्शी रूपमा उपलब्ध गराएको मसुरिया उपशाखाले जानकारी दिएको छ।

स्व. हर्क बहादुर साउद गाउले/छिमेकीको दाहसंस्कारका लागि जाँदै गर्दा ट्र्याक्टर दुर्घटनामा परि असामयिक निधन भएको थियो। उनले २०८२/०५/०५ मा मसुरिया उपशाखामार्फत रु. २ लाखको जीवन बीमा लिएका थिए र प्रथम बीमा शुल्क रु. ११,११०/- भुक्तानी गरेका थिए।

कम्पनीले बिमा तथा अन्य लागू हुने लाभअनुसार निम्न शीर्षकहरूमा भुक्तानी गरेको छ—

बीमाङ्क रकम : रु. २,००,०००
दोहोरो दुर्घटना लाभ : रु. २,००,०००
व्यक्तिगत दुर्घटना लाभ : रु. २,००,०००
कृया खर्च : रु. २०,०००
पार्थिव शरीर व्यवस्थापन खर्च : रु. १०,०००
बोनस : रु. ८,४००

यसरी कुल रु. ६,३८,४००/- दाबी रकम मृतकका परिवारलाई हस्तान्तरण गरिएको हो।

कार्यक्रममा बर्दगोरिया गाउँपालिका–४ का वडा अध्यक्ष श्री जगत बहादुर शाही, कम्पनीका प्रदेश उपप्रमुख श्री तारा सिंह बम, र मसुरिया उपशाखा प्रमुख श्री माया कुमारी बम जोशी ले जीवन बीमाले कठिन परिस्थितिमा परिवारको दीर्घकालीन सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै, भविष्यमा दाबी प्रक्रियालाई अझ दक्ष, सहज र सेवा–मुखी बनाइने प्रतिबद्धता व्यक्त गरे।

हिमालयन लाइफ इन्स्योरेन्सले देशभर रहेका शाखामार्फत बीमित तथा अभिकर्ताहरूसँगको सहकार्यलाई अझ सुदृढ बनाउँदै ग्राहकमैत्री सेवा विस्तार गर्दै आएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज