Advertisement

बेलडाँडीका कलौनी दाजुभाइ : साधारण परिवारको घरदेखि राष्ट्रसेवाको शिखरसम्मको अनुकरणीय यात्रा

Advertisement

बेलडाँडी कंचनपुर ।

सिमान्त ग्रामिण पृष्ठभूमिमा जन्मिएका तर देश सेवा गर्ने ठूलो हृदय बोकेका कलौनी दाजुभाइ आज बेलडाँडी मात्र होइन, सुदूरपश्चिमका युवाहरूका लागि प्रेरणाको अद्भुत स्रोत बनेका छन्।

साधारण मध्यम वर्गीय घर, आमाको माया, बाबुको पसिना र देशलाई आफ्नो कर्मभूमि बनाउने दृढ विश्वास—यही मूल भावनाले दाजुभाइलाई जीवनको कठिन बाटोमा पनि पछि हट्न दिएन।

दाइ– रविन्द्र कलौनी : देशको माटो र जनताको सुरक्षामा समर्पित हृदय

नेपाल प्रहरीको असईबाट सुरु भएको उनले यात्रा केवल जागिरको चाहना थिएन,

यो देश, जनता र सीमाप्रतिको अद्भुत माया थियो।

रविन्द्रले भने “देशले हामीलाई जन्म दियो, पहिचान दियो। हामीले केही फर्काउनै पर्छ।”

यही विश्वासलाई हृदयमा राख्दै

निरन्तर अनुशासन, कठिन प्रशिक्षण र आत्मविकासमा समर्पित रहेर

उनी अहिले सशस्त्र प्रहरी निरीक्षक (APF Inspector) पदको अन्तिम नतिजामा टप १० भित्र स्थान प्राप्त गर्न सफल भएका छन्।

सफलतापछि उनले लेखेका भावपूर्ण शब्दहरू आज धेरै नेपाली युवाहरूको मन छुन्छ—

“दूधको भारा तिर्न आएको छु आमा, पल्टनमा…

बाबुले बगाएको पसिनालाई न्याय दिन

र अर्को पुस्तालाई देशप्रेमको अर्थ सिकाउन आएको छु।  “

यो केवल एक सैनिकको भावना होइन—

देशको माटोलाई प्रेम गर्ने सपूतको प्रतिज्ञा हो।

भाइ– गोविन्द कलौनी : दाइको मार्गदर्शन, अनुशासनको दीप र सफलताको क्षितिज

गोविन्दले जीवनभरी रविन्द्रलाई मात्र दाइ होइन, गुरुका रूपमा पनि हेरे।

दाइको जीवनशैली, बोलाइ, चरित्र र जिम्मेवारी बुझ्दै उनले पनि आफ्नो लक्ष्य देश र जनताको सेवामा रहेको पुष्ठि पारिदिए ।

दाइको मार्गदर्शन, घरको संस्कार र आफ्नै श्रम

यी तीन आधारमा गोविन्द अहिले नेपाल प्रहरीको १७९औँ ब्याचमा असईका रूपमा पासआउट भएका छन्। उनले पनि देशको सेवा गर्ने चाहाना भएको त दाइ बाट थप उर्जा प्राप्त भएको कुरा बताए । आफू पनि थप मिहिनेत गरेर अझै सफल बन्ने चाहाना रहेको कुरा बताए ।

पासआउट समारोहमा आमाको आँखा रसाएको,

तर त्यो आँसु पीडाको होइन

गौरव, साहस र सफलताको आँसु थियो।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज