Advertisement

पश्चिम सेती कप–२०८२ : खदारी मष्टा युवा समाजको शानदार जित

Advertisement

बझाङ।  जिल्ला स्तरीय प्रथम पश्चिम सेती कप–२०८२ अन्तर्गत आज भएको खेलमा खदारी मष्टा युवा समाजले सुवेडा युथ स्टारलाई ३–१ गोलको अन्तरले पराजित गर्दै शानदार जित हात पारेको छ । खदारी मष्टा युवा समाजका कप्तान स्माइल खड्काले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल हानेका थिए भने अर्को एक गोल अशोक खड्काले हाने  । प्रारम्भदेखि नै बलियो प्रदर्शन गरेको खदारी मष्टा टोलीले खेलमा अग्रता कायम राख्दै अन्ततः जित सुनिश्चित गरेको हो । दर्शकहरूको उत्साहपूर्ण उपस्थितिमा सम्पन्न खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको थियो ।

सुवेडा युथ स्टारले पनि बलियो चुनौती पेश गरे पनि गोलका अवसरलाई सदुपयोग गर्न नसकेपछि पराजित हुनुपर्‍यो । खजारी मष्टा युवा समाजको मुख्य प्रायोजक बुढानिलकण्ठ स्विमिङ एण्ड मनोरञ्जन सेन्टर, हेटौंडा–७, काठमाडौं रहेको आयोजकले जनाएको छ ।

आजका दिन कुल ७ वटा खेलहरू सम्पन्न भएका छन् भने अन्य खेलहरू भोलि बिहान ८ बजेदेखि निरन्तर सञ्चालन हुने कार्यक्रम रहेको छ । पश्चिम सेती कप–२०८२ अन्तर्गतका खेलहरू जयपृथ्वी नगरपालिका–९ स्थित जाल्पा माध्यमिक विद्यालय (जाल्पा मावी) को खेलमैदानमा भइरहेको छन् । विजेता टोलीलाई आकर्षक पुरस्कारका साथ सम्मान गरिने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज