बझाङ। जिल्ला स्तरीय प्रथम पश्चिम सेती कप–२०८२ अन्तर्गत आज भएको खेलमा खदारी मष्टा युवा समाजले सुवेडा युथ स्टारलाई ३–१ गोलको अन्तरले पराजित गर्दै शानदार जित हात पारेको छ । खदारी मष्टा युवा समाजका कप्तान स्माइल खड्काले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल हानेका थिए भने अर्को एक गोल अशोक खड्काले हाने । प्रारम्भदेखि नै बलियो प्रदर्शन गरेको खदारी मष्टा टोलीले खेलमा अग्रता कायम राख्दै अन्ततः जित सुनिश्चित गरेको हो । दर्शकहरूको उत्साहपूर्ण उपस्थितिमा सम्पन्न खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको थियो ।
सुवेडा युथ स्टारले पनि बलियो चुनौती पेश गरे पनि गोलका अवसरलाई सदुपयोग गर्न नसकेपछि पराजित हुनुपर्यो । खजारी मष्टा युवा समाजको मुख्य प्रायोजक बुढानिलकण्ठ स्विमिङ एण्ड मनोरञ्जन सेन्टर, हेटौंडा–७, काठमाडौं रहेको आयोजकले जनाएको छ ।
आजका दिन कुल ७ वटा खेलहरू सम्पन्न भएका छन् भने अन्य खेलहरू भोलि बिहान ८ बजेदेखि निरन्तर सञ्चालन हुने कार्यक्रम रहेको छ । पश्चिम सेती कप–२०८२ अन्तर्गतका खेलहरू जयपृथ्वी नगरपालिका–९ स्थित जाल्पा माध्यमिक विद्यालय (जाल्पा मावी) को खेलमैदानमा भइरहेको छन् । विजेता टोलीलाई आकर्षक पुरस्कारका साथ सम्मान गरिने आयोजकले जानकारी दिएको छ ।

