Advertisement

बडादशैंको तेस्रो दिन, चन्द्रघण्टा देवीको आराधना

Advertisement

बडा दसैं एवं नवरात्रको तेस्रो दिन आज नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको विशेष पूजा–आराधना हुँदैछ।

धर्मग्रन्थअनुसार, देवी चन्द्रघण्टाको हातमा चन्द्रमा अंकित घण्टा हुने भएकाले उनी ‘चन्द्रघण्टा’ नामले चिनिन्छिन्। उनको स्वरूप पहेंलो वर्णको हुन्छ र शान्त, करुणामयी तथा शक्तिशाली मानिन्छ। अत्याचारी र दानवीय प्रवृत्तिको नाश गर्ने देवीको रुपमा पनि उनी वर्णन गरिएको छ।

नेपाल संस्कृत विश्वविद्यालयका पूर्वप्राध्यापक तोयराज नेपालका अनुसार, चन्द्रघण्टा देवीको आराधनाले भक्तजनले अपार शक्ति प्राप्त गर्ने विश्वास छ। त्यस्तै, वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईले देवीको कृपाले पाप नाश हुने, आत्मबल र तेज बढ्ने बताउनुभयो। विशेषगरी गीत–संगीत क्षेत्रमा लागेकाहरू देवी चन्द्रघण्टाको विशेष पूजा गर्ने प्रचलन छ।

नवरात्रको पहिलो दिन घटस्थापना गर्दै शैलपुत्री देवीको, दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा गरिन्छ। आज तेस्रो दिन भक्तजनले चन्द्रघण्टा देवीलाई निष्ठापूर्वक पूजा–आराधना गरेका छन्।

नवरात्रभर पूजा स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत र देवी स्तोत्रको पाठ गरिन्छ। नवरात्रको अन्त्यसम्म पूजा–आराधना गर्नेहरूले शक्ति, ऐश्वर्य र विद्या प्राप्त गर्ने विश्वास छ।

नवरात्रमा नौ दिनसम्म क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको पूजा गरिन्छ। यिनै नौ रूपलाई नवदुर्गा भनिन्छ।

देशभरका शक्तिपीठहरूमा आज विशेष भीड देखिएको छ। दसैंका अतिरिक्त बुधबार, बिहीबार, शुक्रबार र शनिबार देवीको विशेष आराधना गर्ने चलन भएकाले यी दिन पनि मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज