Advertisement

जेनजीकाे हमला दिदै अनलाइनखबरकर्मी विष्टलाई  उपमेयरका छाेराले दिए धम्की

Advertisement

धनगढी- जेनजी आन्दोलनको बलमा बैतडीकाे दशरथ चन्द नगरपालिकाकि उपमेयर काैशिला चन्दका छाेरा विशाल चन्दले अनलाइनखबरकर्मी जनक विष्टलाई धम्की दिएका छन् ।
जेनजीकाे हमला दिदै विष्टलाई अपरिचित नम्बरबाट टेलिफाेन गरेर ज्यान मार्ने भन्दै धम्की दिएका हुन् ।
धनगढी उपमहानगरपालिका-५ तारानगरमा बस्दै आएका चन्दले प्रेस चाैतारी कैलालीका अध्यक्ष समेत रहेका विष्टलाई अपशब्द प्रयाेग गरेर धम्की दिएका हुन् ।
धनगढी उपमहानगरपालिका- १३ का नवराज कार्कीकाे माेबाईल प्रयाेग गरेर विशालसँगै धनगढीकै रिवाज शाहले समेत उनलाई धम्क्याएका छन् ।
जेनजीकाे हमला दिदै धम्की दिएपछि पत्रकार विष्टले सुरक्षा र कानुनी कारवाहीकाे माग गर्दै तिनै जनाकाे नाममा जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत दिएका छन् ।
२४ भदाैकाे राति घरमा सुतिरहेको अवस्थामा टेलिफोन गर्दै उनीहरूले सुरूमा विष्टलाई प्रेस विज्ञप्ति दिनुपर्नेछ भेटाैँ भनेर कुराकानी गरेका थिए ।
उनलेे राति भइसकेकाे र भाेलिपल्ट बिहान भेट्ने भनेपछि तथानाम गालीगलाैज गर्दै थ्रेड दिएका थिए ।
विष्टलाई धम्की दिने शाहसहितका युवा धनगढीमा जेनजी आन्दोलनमा अग्र माेर्चामा देखिएका छन् ।
पत्रकार विष्टकाअनुसार धम्की दिने चन्द र शाहसँग उनकाे दाेहाेराे चिनजान छैन् ।
चिनजान नभएको अवस्थामा गत बैशाख १४ गते धनगढीकाे पाेटली फुड अगाडि अहिले धम्की दिने मध्येका चन्दले विष्टमाथि दुर्व्यवहार गरेका थिए ।
साेही दिन प्रहरीले उनलाई नियन्त्रणमा लिएर थुनेकाे थियाे । तर मदिरा सेवन गरेकाे सुरमा आफूबाट गल्ती भएकाे भन्दै माफी मागेपछि मिलापत्र गरेर छाडिएकाे थियाे ।
साेही विषयलाई लिएर जेनजी आन्दोलन भइरहेको माैकामा धम्की दिदै पत्रकार विष्टकाे घर तथा कार्यालय आगजनी गर्ने भन्दै धम्की दिइएपछि उनले कानुनी कारवाहीकाे प्रक्रिया अघि बढाएका छन् ।
कारवाही प्रक्रियामा पत्रकार महासंघ कैलाली र सुदूरपश्चिम प्रदेश समितिले उनलाई सघाइरहेकाे छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज