Advertisement

बझाङमा सर्पको टोकाइबाट एक जना घाइते, जिल्लामा आइसियु नहुँदा डडेल्धुरा रेफर

Advertisement

बझाङ- बझाङमा सर्पको टोकाइबाट एक जना घाइते भएका छन् । केदारस्यूँ गाउँपालिका-९ झोताका अन्दाजी ५० वर्षीय प्रेम सार्की सर्पको टोकाइबाट घाइते भएका हुन् ।

गएराति घरमै सुतिरहेको समयमा सार्कीलाई सर्पले टोकेको स्थानीय तथा भैरव माध्यमिक विद्यालयका शिक्षक राजेन्द्र गिरीले जानकारी दिए । उनका अनुसार सार्कीलाई राति करिब तीन बजेको समयमा घरभित्र सुतिरहेको अवस्थामा सर्पले कानमा टोकेको थियोे । सर्पले टोकेलगत्तै उनलाई उपचारका लागि जिल्ला अस्पताल सिमखेत लिएको जनाइएको छ । जिल्लामा उपचार सम्भव नभएपछि अहिले उनलाई उपचारका लागि डडेल्धुरा रेफर गरिएको छ ।
स्थानीयले भने सर्पदंशको टोकाइबाट घाइतेको जिल्लामै उपचार नहुनु दु:खद पक्ष भएको बताए ।
जिल्ला अस्पतालले सर्पले टोकेर गम्भीर बनेका घाइते सार्कीलाई तत्काल आइसियु (ICU) कक्षामा राखेर उपचार गर्नुपर्ने देखिएको जनाएको छ । जिल्ला अस्पतालमा आइसियु सुविधा नहुँदा यहाँ आवश्यक उपचार सम्भव नभएकाले बिरामीलाई थप उपचारका लागि डडेल्धुरा रेफर गरिएको अस्पतालले जनाएको छ। अस्पतालका चिकित्सकका अनुसार सर्पदंशपछि पीडितलाई निरन्तर निगरानी, भेन्टिलेटर तथा अत्यावश्यक जीवनरक्षक सुविधा उपलब्ध हुने आइसियु कक्ष आवश्यक पर्छ। तर जिल्लामा त्यस्तो पूर्वाधार नहुँदा बिरामीलाई थप जटिलता हुन नदिन तत्कालै रेफर गरिएको बताइएको छ।

आइसियु अभाव : नागरिकको जीवन जोखिममा

जिल्ला अस्पतालमा आइसियु अभावका कारण यहाँका नागरिकले जीवनरक्षक उपचार तत्काल पाउन नसक्ने, बाटोमा नै थप जोखिम व्यहोर्नुपर्ने र खर्चको बोझ बढ्ने गरेका छन्। दुर्गम भेगका ग्रामीण बासिन्दाले त अस्पताल पुग्न मात्रै घण्टौं पैदल यात्रा गर्नुपर्छ, त्यसमाथि आइसियु नहुँदा अर्को जिल्लामा धाउनुपर्ने बाध्यता झन् पीडादायी बन्दै गएको छ।
स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार भए पनि आवश्यक पूर्वाधार नहुँदा सामान्यदेखि गम्भीर रोगसम्मका बिरामीहरूले उपचार पाउन अप्ठ्यारो भोग्नुपरेको स्थानीयवासीको गुनासो छ। उनीहरूका अनुसार जिल्लामा आइसियु, विशेषज्ञ चिकित्सक र पर्याप्त उपकरण नहुँदा “सस्तो र छिटो उपचार” पाउने नागरिकको हक व्यवहारमै खुम्चिएको छ।
सर्पदंशजस्तो आकस्मिक घटनामा समेत जीवनरक्षक सुविधा नहुँदा मानिसको जीवन कति असुरक्षित छ भन्ने प्रश्नलाई यो घटनाले थप गम्भीर बनाएको छ।

 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज