धनगढी- कैलालीमा १८ वर्षीया युवतीमाथि जबरजस्तीकरणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–३ का ४६ वर्षीय लोकेश सुर्जा मगर रहेका छन्।
इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार, पीडित युवतीले दिएको उजुरीका आधारमा बुधबार साँझ लोकेशलाई पक्राउ गरिएको हो। हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

