Advertisement

चरेस प्रकरण मिलाइदिने भन्दै बुङ्गल नगरपालिकाका मेयर धामीले एक लाख घुस लिएको आरोप

Advertisement

बझाङ- चरेस प्रकरण मिलाइदिने भन्दै बझाङको बुङ्गल नगरपालिकाका मेयर जयबहादुर धामीले एक लाख रुपैयाँ घुस लिएको आरोप लागेको छ।

स्थानीय गोपाल धामीले सार्वजनिक गरेका विवरण अनुसार, झण्डै एक वर्षअघि चरेससहित प्रहरीले नियन्त्रणमा लिएको गाडीको मुद्दा मिलाइदिने भन्दै मेयर धामीले पैसा लिएको दाबी गरेका छन्। गोपाल धामीका अनुसार, मुद्दा मिलाउने नाममा मागिएको पैसा मेयरको खातामा पठाइएको थियो, तर न मुद्दा मिल्यो, न त अन्य कुनै सहजीकरण भयो।

फेसबुकमा प्रमाणसहितको खुलासा

गोपाल धामीले आफ्नो सामाजिक सञ्जालमार्फत पैसा पठाएको भनी स्क्रिनसटसहितको पोस्ट सार्वजनिक गरेका छन्। उक्त पोस्टमा उनले मेयर धामीले आफूलाई ढाँटेको, घुस लिएर पनि काम नगरेको बताएका छन्। सामाजिक सञ्जालमा विवाद चुलिएपछि मेयर धामीले पैसा फिर्ता गर्ने बताएका छन्।

“लिएको हुँ, तर फिर्ता गर्छु”: मेयरको भनाइ

टेलिफोन संवादमा मेयर जयबहादुर धामीले पैसा आफूले लिएको स्वीकार गर्दै भने, “लिएको त हो, तर अब फिर्ता गर्छु। गल्ती भयो। अब यस्ता काम नगर्नेछु।” यद्यपि, उनले यो रकम घुस नभई ऋणका रूपमा लिएको दाबी गरेका छन्।

तर प्राप्त गोप्य स्रोतका अनुसार, गोपाल धामीले मेयर धामीको ०८२३१०१६७१६३८०१४ नम्बरको खातामा रकम पठाएर, त्यो रकम ०८२६५०२१८८१५१०११ नम्बर खाताबाट ट्रान्सफर गरिएको पुष्टि भएको छ। रकम २०२४ अगस्ट २९ मा ५:५५ बजे मोबाइलमार्फत ट्रान्सफर गरिएको देखिन्छ। ट्रान्सफर कोड ११८९३९३९ रहेको छ।

 

चरेस जस्तो जटिल मुद्दा मिलाउने अधिकार एक नगरप्रमुखलाई कसरी र किन दिइयो भन्ने प्रश्न उठेको छ। कानुनी रूपमा यस्तो कार्य न्यायलय, प्रशासन र अनुसन्धान निकायको क्षेत्राधिकारभित्र पर्छ।

स्थानीयहरू र कानुनी विज्ञहरूले सोधेका छन्, “यदि मेयरले पैसा लिएका हुन् भने यो स्पष्ट घुसको परिभाषाभित्र पर्छ। यस्तो कार्यमा संलग्नलाई कानुनी कठघरामा ल्याउनु आवश्यक छ।”

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज