Advertisement

चरेस प्रकरण मिलाइदिने भन्दै बुङ्गल नगरपालिकाका मेयर धामीले एक लाख घुस लिएको आरोप

Advertisement

बझाङ- चरेस प्रकरण मिलाइदिने भन्दै बझाङको बुङ्गल नगरपालिकाका मेयर जयबहादुर धामीले एक लाख रुपैयाँ घुस लिएको आरोप लागेको छ।

स्थानीय गोपाल धामीले सार्वजनिक गरेका विवरण अनुसार, झण्डै एक वर्षअघि चरेससहित प्रहरीले नियन्त्रणमा लिएको गाडीको मुद्दा मिलाइदिने भन्दै मेयर धामीले पैसा लिएको दाबी गरेका छन्। गोपाल धामीका अनुसार, मुद्दा मिलाउने नाममा मागिएको पैसा मेयरको खातामा पठाइएको थियो, तर न मुद्दा मिल्यो, न त अन्य कुनै सहजीकरण भयो।

फेसबुकमा प्रमाणसहितको खुलासा

गोपाल धामीले आफ्नो सामाजिक सञ्जालमार्फत पैसा पठाएको भनी स्क्रिनसटसहितको पोस्ट सार्वजनिक गरेका छन्। उक्त पोस्टमा उनले मेयर धामीले आफूलाई ढाँटेको, घुस लिएर पनि काम नगरेको बताएका छन्। सामाजिक सञ्जालमा विवाद चुलिएपछि मेयर धामीले पैसा फिर्ता गर्ने बताएका छन्।

“लिएको हुँ, तर फिर्ता गर्छु”: मेयरको भनाइ

टेलिफोन संवादमा मेयर जयबहादुर धामीले पैसा आफूले लिएको स्वीकार गर्दै भने, “लिएको त हो, तर अब फिर्ता गर्छु। गल्ती भयो। अब यस्ता काम नगर्नेछु।” यद्यपि, उनले यो रकम घुस नभई ऋणका रूपमा लिएको दाबी गरेका छन्।

तर प्राप्त गोप्य स्रोतका अनुसार, गोपाल धामीले मेयर धामीको ०८२३१०१६७१६३८०१४ नम्बरको खातामा रकम पठाएर, त्यो रकम ०८२६५०२१८८१५१०११ नम्बर खाताबाट ट्रान्सफर गरिएको पुष्टि भएको छ। रकम २०२४ अगस्ट २९ मा ५:५५ बजे मोबाइलमार्फत ट्रान्सफर गरिएको देखिन्छ। ट्रान्सफर कोड ११८९३९३९ रहेको छ।

 

चरेस जस्तो जटिल मुद्दा मिलाउने अधिकार एक नगरप्रमुखलाई कसरी र किन दिइयो भन्ने प्रश्न उठेको छ। कानुनी रूपमा यस्तो कार्य न्यायलय, प्रशासन र अनुसन्धान निकायको क्षेत्राधिकारभित्र पर्छ।

स्थानीयहरू र कानुनी विज्ञहरूले सोधेका छन्, “यदि मेयरले पैसा लिएका हुन् भने यो स्पष्ट घुसको परिभाषाभित्र पर्छ। यस्तो कार्यमा संलग्नलाई कानुनी कठघरामा ल्याउनु आवश्यक छ।”

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज