Advertisement

दार्चुलाको नेपाल–चीन सीमानाका साउन ७ देखि ९ गतेसम्म खुल्ने

Advertisement

दार्चुला- दार्चुलाको व्यास गाउँपालिका–१ मा पर्ने नेपाल–चीन सीमानाका (टिङ्करभन्ज्याङ १ नम्बर पिल्लर) साउन ७ देखि ९ गतेसम्म खुल्ने भएको छ। चीनको तिब्बतस्थित ताक्लाकोट प्रशासनले छाङरु र टिङ्करका स्थानीय व्यापारीलाई नाका खुल्नेबारे जानकारी गराएको हो।

नाका खुल्ने सूचना पाएपछि यहाँका व्यापारी चीनको ताक्लाकोटतर्फ व्यापारका लागि तयारीमा जुटेका छन्। व्यापारी योगेश बोहराका अनुसार नेपाली व्यापारीले ताक्लाकोटमा नेपाली तथा भारतीय सामानको व्यापार गर्दै आएका छन्। उनका अनुसार हाल ७०–८० जना व्यापारी यसमा संलग्न छन्।

नेपाल–चीनमैत्री संघका केन्द्रीय सदस्यसमेत रहेका बोहराले जिल्ला प्रशासनलाई जानकारी दिएको बताए पनि प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले भने तिब्बत प्रशासनको आधिकारिक पत्र प्राप्त नभएको जनाएका छन्।

जिल्ला प्रशासन कार्यालयका अनुसार यस वर्ष व्यास गाउँपालिकाका १४६ जनाले तिब्बत प्रवेश अनुमति नवीकरण गराएका छन् भने ६८ जनाले नयाँ अनुमति लिएका छन्। अन्य पालिकाबाट ४८ जनाले अनुमति लिएका छन्।

नेपालतर्फ छियालेकमा सशस्त्र प्रहरीको बिओपी र नेपाल प्रहरीको चौकी छन्। छियालेकबाट करिब ६–७ किलोमिटर टाढा रहेको १ नम्बर सीमास्तम्भ पुग्न झन्डै पाँच घण्टा लाग्छ। चीनले टिङ्कर नजिकै सापु भन्ने ठाउँमा चेकपोस्ट र सुरक्षाकर्मीको संरचना निर्माण गरेको छ।

कोभिड–१९ महामारीका कारण लामो समय बन्द भएको यो नाका गत वर्षदेखि पुनः सञ्चालनमा आएको हो। छाङरु र टिङ्करका व्यापारी परम्परागत रूपमा यही नाका भएर आवतजावत गर्दै आइरहेका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज