Advertisement

दार्चुलाको नेपाल–चीन सीमानाका साउन ७ देखि ९ गतेसम्म खुल्ने

Advertisement

दार्चुला- दार्चुलाको व्यास गाउँपालिका–१ मा पर्ने नेपाल–चीन सीमानाका (टिङ्करभन्ज्याङ १ नम्बर पिल्लर) साउन ७ देखि ९ गतेसम्म खुल्ने भएको छ। चीनको तिब्बतस्थित ताक्लाकोट प्रशासनले छाङरु र टिङ्करका स्थानीय व्यापारीलाई नाका खुल्नेबारे जानकारी गराएको हो।

नाका खुल्ने सूचना पाएपछि यहाँका व्यापारी चीनको ताक्लाकोटतर्फ व्यापारका लागि तयारीमा जुटेका छन्। व्यापारी योगेश बोहराका अनुसार नेपाली व्यापारीले ताक्लाकोटमा नेपाली तथा भारतीय सामानको व्यापार गर्दै आएका छन्। उनका अनुसार हाल ७०–८० जना व्यापारी यसमा संलग्न छन्।

नेपाल–चीनमैत्री संघका केन्द्रीय सदस्यसमेत रहेका बोहराले जिल्ला प्रशासनलाई जानकारी दिएको बताए पनि प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले भने तिब्बत प्रशासनको आधिकारिक पत्र प्राप्त नभएको जनाएका छन्।

जिल्ला प्रशासन कार्यालयका अनुसार यस वर्ष व्यास गाउँपालिकाका १४६ जनाले तिब्बत प्रवेश अनुमति नवीकरण गराएका छन् भने ६८ जनाले नयाँ अनुमति लिएका छन्। अन्य पालिकाबाट ४८ जनाले अनुमति लिएका छन्।

नेपालतर्फ छियालेकमा सशस्त्र प्रहरीको बिओपी र नेपाल प्रहरीको चौकी छन्। छियालेकबाट करिब ६–७ किलोमिटर टाढा रहेको १ नम्बर सीमास्तम्भ पुग्न झन्डै पाँच घण्टा लाग्छ। चीनले टिङ्कर नजिकै सापु भन्ने ठाउँमा चेकपोस्ट र सुरक्षाकर्मीको संरचना निर्माण गरेको छ।

कोभिड–१९ महामारीका कारण लामो समय बन्द भएको यो नाका गत वर्षदेखि पुनः सञ्चालनमा आएको हो। छाङरु र टिङ्करका व्यापारी परम्परागत रूपमा यही नाका भएर आवतजावत गर्दै आइरहेका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज