काठमाण्डौ— गएराति देशभर सामान्य वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हिजो दिउँसो कैलाली, कञ्चनपुर लगायतका केही स्थानमा भारी वर्षा भए पनि रातिको समयमा भेलबाढी आउने खालको पानी भने परेको थिएन।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मुसलधारे (भारी) वर्षा हुने सम्भावना रहेको छ। त्यसैले ती क्षेत्रका बासिन्दालाई सतर्क रहन सुझाव दिइएको छ।
हिजो परेको वर्षाले कैलालीको धनगढी र कञ्चनपुरका पुनर्वास, कृष्णपुर तथा भीमदत्त नगरपालिकाका केही बस्तीहरू डुबानमा परेका थिए।

