Advertisement

सिमाना अनुगमनमा प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा टोलीको यात्रा

Advertisement

सुदूरपश्चिम प्रदेशको विकट हिमाली जिल्ला बझाङको साईपाल गाउँपालिकास्थित नेपाल–चीन सीमासम्म प्रमुख जिल्ला अधिकारी कैलाश ठकुराठीसहित सुरक्षा निकायको टोलीले सिमाना अनुगमन गरेका छन्।

सदरमुकाम चैनपुरबाट अषाढ ६ गते सिमाना अनुगमनका लागि गाडीमार्फत यात्रा सुरु गरिएको थियो। टोली बिहान ११ बजे कुवा भन्ने स्थानमा पुगेर भोजन गरेपछि अघि बढेको थियो भने साँझ काकरकोटमा स्थानीय पूर्व गाँउपालिका   अध्यक्ष   धामीको होटलमा बास बसिएको थियो।

भोलिपल्ट बिहान टोली साईपाल गाउँपालिका–१ स्थित काडा पुगेको थियो। त्यहाँ गाउँपालिका अध्यक्ष मानविर बोहरा, उपाध्यक्ष डोल्मा तामाङ, निमित्त प्रमुख प्रशासकीय अधिकृत जयराज जोशी, लेखापाल पवन भट्टराईलगायत स्थानीय जनप्रतिनिधिहरूले टोलीलाई स्वागत गरेका थिए।

काडामै बिहानको भोजन गरी टोली साईपालको अति दुर्गम क्षेत्रतर्फ प्रस्थान गरेको थियो। साँझ धुली भन्ने स्थानमा लामागुरुको घरमा बास बसेको टोली भोलिपल्ट बिहान नयाँ भन्ने स्थानमा पुगेर उपाध्यक्ष डोल्मा तामाङको समन्वयमा भोजन गरी अगाडि बढेको थियो।

लगातारको यात्रा गर्दै टोली कालङ्गा गाड हुँदै रमणीय पाटनहरू पार गर्दै अन्ततः चौथो दिन नेपाल–चीन सिमानामा रहेको २ नम्बर सीमास्तम्भसम्म पुग्न सफल भएको हो। प्रमुख जिल्ला अधिकारी ठकुराठीसहितको टोलीमा शमशेर गुल्म पानकोट व्यारेकका गुल्मपति रमेश बानियाँ, सशस्त्र प्रहरी बल बझाङका डिएसपी दुर्गाप्रसाद भट्टलगायत ३३ जना सहभागी थिए।

साईपाल सिमानासम्म प्रमुख जिल्ला अधिकारी पुग्नु बझाङको इतिहासमै पहिलो पटक भएको उपाध्यक्ष डोल्मा तामाङले बताइन्। उनका अनुसार यसअघि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली त त्यहाँ पुगेका थिए, तर प्रमुख जिल्ला अधिकारी पुग्नुभएको यो पहिलो घटना हो।

प्रमुख जिल्ला अधिकारी ठकुराठीले भने, “नेपाल–चीन सिमानामा रहेको यो नाका देशकै सबैभन्दा छोटो दूरीको नाका हो। सरकारले यसलाई सञ्चालन गर्ने पहल गर्नु पर्छ। यदि खोलियो भने यसले बझाङ मात्र होइन, सम्पूर्ण सुदूरपश्चिमको आर्थिक र भौतिक विकासमा टेवा पुर्‍याउँछ।”

उनले सीमावर्ती क्षेत्रका नागरिकको आयआर्जनका मुख्य स्रोत यार्चागुम्बा र जडीबुटी भएकोले सुरक्षा सुनिश्चित गर्न टोली पुगेको बताए। साथै, उनले ४ गतेदेखि ७ गतेसम्म यार्चागुम्बा टिप्ने क्षेत्रमा प्रहरी सुरक्षा व्यवस्था मिलाइएको पनि जानकारी दिए।

ठकुराठीले भने, “यात्रा कठिन थियो, तर निकै रमाइलो पनि भयो। दुर्गम साईपालका जनताको दैनिकी बुझ्ने अवसर मिल्यो। एक वडाबाट अर्को वडामा पुग्न दिनभर लाग्ने रहेछ। म आफैँ आठ दिनको यात्रामा सयभन्दा बढी पटक लडेँ। सामान्य चोट पनि लाग्यो। तर, खुसि छु – साईपालको यात्रा गर्न पाएँ।”

यसैबीच नेपाली सेनाका गुल्मपति रमेश बानियाँले नेपाली सेना सधैँ सीमाको सुरक्षामा समर्पित रहेको बताए। उनले भने, “यो मेरो साईपाल भ्रमणको पहिलो पटक हो। २३ जना सैनिकसहित सीमासम्म पुगेका छौँ। सेनाले गाउँपालिका भित्रका विद्यालयहरूमा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दैछ।”

सशस्त्र प्रहरी बल बझाङका डिएसपी दुर्गाप्रसाद भट्टले भने, “सिमानाको रक्षा हाम्रो पहिलो कर्तव्य हो। यात्रामा कठिनाइ भए पनि अनुभव रमाइलो रह्यो। साईपाल क्षेत्रको हावापानी र रहनसहन मन पर्‍यो।”

टोलीको यात्राका क्रममा उरैं नाकामा नेपालको नक्सासहित नाग देखिएको उल्लेख गर्दै स्थानीय तह र संघ सरकारसँग समन्वय गरी उक्त क्षेत्रलाई पर्यटन प्रवर्द्धनको दृष्टिले प्रचार गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

प्रमुख जिल्ला अधिकारी ठकुराठीले स्थानीय सरकारसँग हातेमालो गर्दै चीनको ताक्लाकोटसम्म सञ्जाल विस्तार गर्न पहल थालिने जानकारी दिए। साईपाल गाउँपालिका अध्यक्ष मानविर बोहरा र उपाध्यक्ष तामाङले पनि सिमानाको विकासका लागि स्थानीय तहबाट समन्वय गरिने प्रतिबद्धता जनाए।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज