Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.4.1.) in /home3/kamanate/kamanatoday.com/wp-includes/functions.php on line 6260
समाजसेवा, राजनीति र समृद्धिका नायक: रामबहादुर सिंह
Advertisement

समाजसेवा, राजनीति र समृद्धिका नायक: रामबहादुर सिंह

Advertisement

बझाङ, खप्तड छान्ना — समाजसेवामा समर्पित जीवन र नेपाली काङ्ग्रेसको निष्ठावान कार्यकर्ता भनेर परिचित रामबहादुर सिंहको योगदान अहिले पनि स्थानीय जनमानसमा उत्तिकै सजीव देखिन्छ। खप्तड छान्ना गाउँपालिका–५, मोतुवामा २०२६ साल असार १२ गते स्वर्गीय अर्जुन बहादुर सिंह र रुद्रादेवी सिंहको कोखबाट जन्मिएका सिंह सामाजिक परिवर्तनका एक सशक्त अभियन्ता मानिन्छन्।

बाल्यकालदेखि नै समाजप्रतिको जिम्मेवारीबोधसहित हुर्किएका सिंहले प्रारम्भिक शिक्षा खप्तड माध्यमिक विद्यालयबाट सुरु गरे भने कक्षा ६ देखि १० सम्मको अध्ययन बाजुरास्थित मालिका माध्यमिक विद्यालयमा पूरा गरे। शिक्षा सँगसँगै कराँतेमा प्रथम डनसम्मको उपाधि हासिल गरेका सिंहले मार्तडीमा कराँते प्रशिक्षण केन्द्रसमेत सञ्चालन गरेका थिए।

मार्तडीमा केही समय सेवा गरेपछि उनी आफ्नो जन्मभूमि फर्किएर बझाङको सामाजिक विकासमा होमिएका थिए। सडक निर्माणदेखि विद्यालयलाई जग्गा दान, विपन्नको उपचार खर्चदेखि राजनीतिक नेतृत्वसम्म सिंहको उपस्थिति सदैव सक्रिय र प्रेरणादायी रह्यो। छान्नाबाट कालुखेतीसम्मको सडक निर्माणमा उनले खेलेको भूमिकालाई स्थानीयले अझै सम्झिरहेका छन्।

शिक्षा र पूर्वाधारमा योगदान

रामबहादुर सिंह र उनको परिवारले खप्तड माध्यमिक विद्यालयलाई करिब ५/६ रोपनी जग्गा निःशुल्क दिएका थिए। त्यस्तै, उनका बाजे स्व. धनगिरी बहादुर सिंहले २०३३ सालमै उक्त विद्यालयका लागि जग्गा दिएका थिए। अन्य विद्यालय, जस्तै कालिका आधारभूत विद्यालयलाई समेत उनीहरूको परिवारले जग्गा उपलब्ध गराएका थिए।

राजनीतिक यात्रा

सिंहले २०३६ सालदेखि नेपाली काङ्ग्रेसको पक्षमा राजनीति सुरु गरे। २०४१ सालमा बाजुराको मालिका माविमा नेविसंघ सचिव हुँदै राजनीतिमा प्रवेश गरेका उनी २०७३ मा पार्टी इकाइ वडा सभापति, २०७४ मा वडा अध्यक्ष पदका उम्मेदवार, र पछिल्लो समय (२०८१ साल) जनसम्पर्क समिति समन्वय विभागमा केन्द्रीय सदस्यका रूपमा मनोनित भएका छन्।

समाजसेवाको निरन्तरता

राजनीतिमा सक्रिय रहँदै उनले समाजसेवामा कहिल्यै पछि हटेनन्। सडक दुर्घटनामा परेकी महिलाको दिल्लीसम्म उपचार गराइदिनु होस् वा गाउँपालिकामा लाखौंको चेक बुझाउनु — रामबहादुर सिंह सदैव जनहितका लागि अग्रसर देखिन्छन्।

पारिवारिक पृष्ठभूमि र विस्तार

मोतुवाबाट झन्डै १२ दशकअघि हुम्ला पुगेको सिंह परिवार अहिले अदानचुली गाउँपालिकामा हजारौंको संख्यामा छ। सोही वंशका मोहन बिक्रम सिंह हाल अदानचुली गाउँपालिकाका अध्यक्ष र नेपाली काङ्ग्रेस हुम्लाका सभापति हुन्, जसले राजनीतिक र विकास नेतृत्वमा उचाइ लिएका छन्।

उपसंहार

रामबहादुर सिंह न त केवल राजनीतिज्ञ हुन्, न मात्र समाजसेवी — उनी त समर्पण, नेतृत्व र सामाजिक परिवर्तनका प्रतीक हुन्। हसिलो अनुहार, न्यायप्रिय स्वभाव र पारदर्शितामा आधारित सोचका कारण सिंह आज पनि बझाङ र आसपासका क्षेत्रमा सम्मानित नाम बन्न सफल छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएल उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिमबीच भिडन्त

एनपीएल उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिमबीच भिडन्त

काठमाण्डौ- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको उपाधिका लागि आज साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्...
सेती प्राविधिक शिक्षालयकी प्रमुख शर्मामाथि आर्थिक अनियमितताको आरोप, अख्तियारमा उजुरी

सेती प्राविधिक शिक्षालयकी प्रमुख शर्मामाथि आर्थिक अनियमितताको आरोप, अख्तियारमा उजुरी

​डोटी- डोटीको दिपायलस्थित सेती प्राविधिक शिक्षालयकी शिक्षालय प्रमुख सुशीला शर्मामाथि पदीय जिम्मेवारी र अधिकारको दुरुपयोग गर्दै आर्...
चितवनलाई हराउँदै सुदूरपश्चिम फाइनलमा, उपाधिका लागि लुम्बिनीसँग भिड्ने

चितवनलाई हराउँदै सुदूरपश्चिम फाइनलमा, उपाधिका लागि लुम्बिनीसँग भिड्ने

काठमाडौं- सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा उपाधि नजिक पुगेको छ । चितवन राइनोजलाई तीन विकेटले हरा...
एनपीएल फाइनलको अर्को टोली आज टुङ्गिँदै, चितवन र सुदूरपश्चिम निर्णायक भिडन्तमा

एनपीएल फाइनलको अर्को टोली आज टुङ्गिँदै, चितवन र सुदूरपश्चिम निर्णायक भिडन्तमा

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्ने अर्को टोलीको टुङ्गो आज ...
सी, ट्रम्प र पुटिनबीच आज त्रिपक्षीय वार्ता, चीनमा जुट्दै विश्वका तीन शक्तिशाली नेता

सी, ट्रम्प र पुटिनबीच आज त्रिपक्षीय वार्ता, चीनमा जुट्दै विश्वका तीन शक्तिशाली नेता

चीनका राष्ट्रपति सी चिनफिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज औपचारिक त्रिपक्षीय वार्ता हु...
चितवन राइनोज क्वालिफायर-२ मा, काठमाडौँ गोर्खाज ६१ रनले पराजित

चितवन राइनोज क्वालिफायर-२ मा, काठमाडौँ गोर्खाज ६१ रनले पराजित

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि होडमा चितवन राइनोजले आफ्नो सम्भावना कायमै राखेको छ । एलिमिनेटरमा काठमाडौँ गोर्खाजला...
एनपीएल : दोस्रो क्वालिफायरका लागि आज काठमाडौँ र चितवन भिड्दै

एनपीएल : दोस्रो क्वालिफायरका लागि आज काठमाडौँ र चितवन भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि होडमा टिकिरहन काठमाडौँ गोर्खाज र चितवन राइनोज आज इलिमिनेटरमा आमनेसामने हुँदै...
लुम्बिनीलाई फाइनलको टिकट, सुदूरपश्चिम दोस्रो क्वालिफायर खेल्ने

लुम्बिनीलाई फाइनलको टिकट, सुदूरपश्चिम दोस्रो क्वालिफायर खेल्ने

काठमाडौं- साविक विजेता लुम्बिनी लायन्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुगेको छ । पहिलो क्वालिफायरमा सुदूर...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज