Advertisement

धनगढीमा भिषण आगलागी 

Advertisement

धनगढी धनगढीमा ठूलो आगलागी भएकाे छ। 

शनिबार राती १ बजे धनगढी उपमहानगरपालिका १ मा  आगलागी भएकाे हाे। 

धनगढी १ मा रहकाे सारथी अस्पताल नजिक दल बहादुर भण्डारीले संचालन गरेको भण्डारी जनरल स्टोर(जुत्ताचप्पलको होलसेलको गोदाम)मा विद्युत तार सर्ट हुँदा आगलागी भएकाे जनाइएको छ। 

तार सर्ट भई आगलागी हुँदा निम्न पसल तथा अस्पतालमा क्षति भएकाे छ। 

१) दल ब.भण्डारीले संचालन गरेको भण्डारी जनरल स्टोर एण्ड सु-सेन्टर (जुत्ता चप्पलको होलसेल  गोदाम) 

२) टेकेन्द्र शर्माले संचालन गरेको मधुमाला देवी सप(बेवी सपको गोदाम)

३) बासुदेव भट्टले संचालन गरेको भट्ट सपिङ्ग सेन्टर(ब्याग हाउस) 

४) जगत बहादुर बलायरले संचालन गरेको सुभिक्षादेवी सपिङ् सेन्टर (कपडाको गोदाम)

५) यसोदा साउदले संचालन गरेको न्यु सदिक्षा ईन्टरप्राईजेजी(कपडा,जुत्ता,व्यागको गोदाम)

६) गौरी भण्डारीले संचालन गरेको भण्डारी सु –सेन्टर(जुत्ता चप्पलको गोदाम) 

७) सारथी अस्पताल कैलाली 

८) जानकी भट्टले संचालन गरेको भट्ट ट्रेडर्स एण्ड सप्लायर्स (व्याग हाउस)

आगलागी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालयबाट  ४० जनाकाे टाेली , तेघरी व्यारेक कैलालीबाट सेनानी बिपेन आचार्यको कमाण्डमा २६ जना, शसस्त्र प्रहरी वल ३४ नम्बर गण हेडक्वाटर कैलाली नैनादेवीबाट खेमराज ठकुल्लाको कमाण्डमा ३० जनाको टोली परिचालन गरिएको थियाे। 

नियन्त्रणका लागि धनगढी उपमहानगरपालिकाका २ वटा, गोदावरीकाे १, पुनर्वासकाे १ गरी ४ वटा दमकलले आगाे निभाएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ। 

आगलागीबाट भएकाे क्षतिकाे विवरण आउँन बाँकी रहेकाे र मानविय क्षति भने नभएकाे प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।...
दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङ- अमेरिकामा रहेका नेपाली तथा गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको राइड–सेयरिङ कम्पनी ‘सेफ राइड’ले आफ्नो सेवा दाङबा...
तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

पुणे- नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रम स्थगित गर्दै भारतको महाराष्ट्रस्थित अखिल व...
बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

नेपाल चिकित्सक सङ्घको राहत अभियानमार्फत ३०० घरधुरीका १,५०० जना लाभान्वित हुने काठमाडौं, भदौ २६ — हालैको बाढीबाट प्रभावित परिवार...
बझाङको विकासमा दलभन्दा माथि उठेर काम गर्न सांसद महरको आग्रह

बझाङको विकासमा दलभन्दा माथि उठेर काम गर्न सांसद महरको आग्रह

रमेश केसी- प्रतिनिधिसभा सदस्य ऐन महरले बझाङको विकास र गरिबी निवारणका लागि दलगत स्वार्थभन्दा माथि उठेर साझा उद्देश्यका साथ अघि बढ्न...
जन्मदिनमा समाजसेवा रोजे बहादुर खड्काले, ४२ विद्यार्थीलाई शैक्षिक सामग्री

जन्मदिनमा समाजसेवा रोजे बहादुर खड्काले, ४२ विद्यार्थीलाई शैक्षिक सामग्री

धनगढी- कैलालीकाे गौरीगंगा नगरपालिका-६ का समाजसेवी युवा नेता बहादुर खड्काले आफ्नो जन्मोत्सवको अवसरमा विभिन्न विद्यालयमा अध्ययनरत वि...
जुम्लाका ८२.७ प्रतिशत विद्यार्थी रक्तदान गर्न इच्छुक, १९.५ प्रतिशतले मात्र गरे रक्तदान

जुम्लाका ८२.७ प्रतिशत विद्यार्थी रक्तदान गर्न इच्छुक, १९.५ प्रतिशतले मात्र गरे रक्तदान

जुम्ला । जुम्लाका कलेज तथा विश्वविद्यालय तहका विद्यार्थीमा रक्तदानप्रति सकारात्मक सोच र रक्तदान गर्ने इच्छाशक्ति उच्च भए पनि त्यसल...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज