Advertisement

अदानचुलीमा विकासको गति: अध्यक्ष मोहन बिक्रम सिंहको नेतृत्वमा पूर्वाधार विस्तार

Advertisement

हुम्ला, अदानचुली — कर्णाली प्रदेशको अति दुर्गम जिल्लामध्ये एक हुम्ला, जहाँ विकासका आधारभूत सुविधाहरू पुर्‍याउन अझै पनि चुनौतीपूर्ण मानिन्छ। यस्तै भूगोलमा अवस्थित अदानचुली गाउँपालिकामा पछिल्लो समय विकासका संकेतहरू देखिन थालेका छन्।

२०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित मोहन बिक्रम सिंह गाउँपालिका अध्यक्ष बनेसँगै यहाँ विकासको ढोका खुलेको स्थानीयवासीहरूको भनाइ छ। अध्यक्ष सिंह हाल नेपाली कांग्रेस हुम्ला जिल्ला सभापतिसमेत रहेका छन्। ठुलो पार्टीको नेतृत्वकर्ता भएका कारण पनि संघीय र प्रदेश सरकारसँग समन्वय गर्न सजिलो भएकाले विकास कार्यमा तीव्रता आएको बताइन्छ।

अदानचुली गाउँपालिकामा हाल ६ वटा वडा रहेका छन्। तीमध्ये पाँच वडामा सडक सञ्जाल पुगिसकेको छ भने बाँकी एक वडामा पनि छिट्टै सडक पुग्ने तयारी भइरहेको छ। अध्यक्ष सिंहको पहलमा करिब १० किलोमिटर कर्णाली करिडोर मुख्य सडक खण्डदेखि अदानचुलीसम्मको ग्रामीण सडक खण्ड कालोपत्रे गर्न लागिएको छ।

आधारभूत सुविधामा सुधार

स्थानीयवासी रमेश बुढाका अनुसार, अतीतमा खानेपानीको चरम समस्या रहेको वडा नं. १ र २ मा पनि अहिले सहज रुपमा खानेपानी आपूर्ति सुरु भएको छ। यससँगै शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत उल्लेखनीय सुधार भएको पाइएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप भण्डारीका अनुसार, गुणस्तरीय शिक्षा आजको आवश्यकता भएकाले त्यसतर्फ पनि योजनाबद्ध रूपमा अघि बढिरहेको छ। विद्यालयहरूमा पूर्वाधार सुधार, जनशक्ति व्यवस्थापन र सिकाइ वातावरण सुदृढ बनाउने कार्यहरू जारी छन्।

अन्तर्राष्ट्रिय सहयोग

अध्यक्ष सिंहको पहलमा चीन सरकारबाट अदानचुली गाउँपालिकालाई एम्बुलेन्स र डोजर प्रदान गर्न लागिएको छ। यसले आपतकालीन सेवा तथा भौतिक पूर्वाधार निर्माणमा थप मद्दत पुग्ने अपेक्षा गरिएको छ।

समयको गतिसँगै अदानचुलीले आफ्नो विकासको दिशा पक्रिन थालेको देखिन्छ। स्थानीय सरकारको इच्छाशक्ति, प्रभावकारी नेतृत्व र समन्वय क्षमताले कर्णालीको दुर्गम भेगमा समेत समृद्धिको आशा पलाउन थालेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज