Advertisement

निड्स नेपालद्वारा दुर्गाथलीमा महिला तथा बालबालिका उत्तरदायी योजना निर्माणबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

Advertisement

बझाङ ।

बझाङको दुर्गाथली गाउँपालिकामा आज महिला तथा बालबालिका उत्तरदायी योजना निर्माण सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। महिला जनप्रतिनिधिहरूको योजना निर्माण प्रक्रियामा सहभागिता र प्रभावकारिता बढाउने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रम निड्स नेपाल र सुरक्षा नागरिक समाज सञ्जालको आयोजनामा, युरोपियन युनियन तथा संयुक्त राष्ट्रसंघको सहयोगमा, र दुर्गाथली गाउँपालिकाको समन्वयमा सम्पन्न भएको हो ।

कार्यक्रमको सभाध्यक्ष गाउँपालिका अध्यक्ष दिलबहादुर थापा रहनुभएको थियो। उहाँले सहभागीहरूलाई कार्यक्रमबाट प्राप्त ज्ञान, सीप र बुझाइलाई व्यवहारमा उतार्न प्रेरणा दिँदै भन्नुभयो । “यस्ता कार्यक्रमहरूबाट पक्कै पनि जानकारी, आत्मविश्वास र उत्साह मिल्छ । तर त्यो सिकाइलाई व्यवहारमा उतार्न सकेनौँ भने यसको प्रभाव सीमित हुन्छ । योजना निर्माणका क्रममा महिला र बालबालिकाका आवश्यकता, अधिकार, समावेशिता र पहुँचजस्ता पक्षहरूलाई आत्मसात गरेर अघि बढ्नु आजको आवश्यकता हो । यहाँ सहभागी जनप्रतिनिधिहरूले आफ्नो क्षेत्रमा फर्केर यहींबाट सिकेको कुरा लागू गर्दै जनताको आवाज उठाउन सक्नुपर्छ। योजना छनोट, प्राथमिकता निर्धारण र कार्यान्वयनका हरेक तहमा महिला जनप्रतिनिधिको भूमिका निर्णायक हुनुपर्छ। महिला आफै सशक्त भए मात्रै समुदाय सशक्त हुन्छ। त्यसैले सिकाइ यहीं सीमित नरहोस्, व्यवहारमा जाओस् – त्यत्तिबेला मात्रै यो कार्यक्रम सफल भयो भन्ने मान्न सकिन्छ ।”

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जनक दौल्याल, प्रमुख प्रशासकीय अधिकृत बमबहादुर भण्डारी, महिला तथा बालबालिका शाखा प्रमुख अम्मर राज वडु, तथा निर्वाचित महिला जनप्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै महिला तथा बालबालिका शाखा प्रमुख अम्मर राज वडुले बजेटको उपयोग महिलाहरूको हकहितमा कसरी हुनुपर्ने विषयमा प्रकाश पार्नुभयो ।

प्रशिक्षण निड्स नेपालकी सिता सिंहले दिनुभएको थियो ।  उहाँले योजना निर्माणमा महिला तथा बालमैत्री दृष्टिकोणको महत्व, कानुनी प्रक्रिया र सहभागिता प्रवर्द्धनका उपायहरूबारे व्याख्या गर्नुभयो ।

कार्यक्रममा बोल्दै वडा सदस्य देवकी बिष्टले भनिन्, “हाम्रो बुझाइमा महिलाहरूको एकता नभएका कारण नै हामी योजना निर्माणलगायतका विषयमा पछि परेका हौं । एउटै आवाजमा नबोलेकै कारण धेरै ठाउँमा हाम्रो माग गुम्सिएको छ ।”

कार्यक्रमको सञ्चालन निड्स नेपालका लक्ष्मण चलाउनेले सहभागीहरूको सक्रियता र उत्साहप्रति धन्यवाद दिँदै भने, “महिला जनप्रतिनिधिहरूको सशक्त उपस्थिति र योगदान विना स्थानीय तहको योजना प्रक्रिया पूर्ण हुन सक्दैन । आजको छलफलले सबैमा चेतना बढाएको छ भन्ने आशा लिएको छु । अब सिकाइलाई व्यवहारमा रूपान्तरण गर्नु सबैको साझा जिम्मेवारी हो ।”

अन्तमा सहभागी महिला जनप्रतिनिधिहरूद्वारा गाउँपालिकालाई ज्ञापनपत्रसमेत बुझाइएको थियो ।

उक्त ज्ञापनपत्रमा स्थानीय तहको नीति तथा कार्यक्रममा समेट्नुपर्ने चार विषयवस्तुहरू उल्लेख गरिएको थियो ।
१. नेपाल सरकारको बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०७४ बमोजिम, सन् २०३० सम्म नेपाललाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने लक्ष्य अनुरुप यस गाउँपालिकामा बालमैत्री स्थानीय शासन कार्यान्वयनका लागि आवश्यक कार्यक्रम तथा योजना ल्याइने ।
२. स्थानीय तहको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन र सुशासन व्यवस्थापनका लागि नागरिक गुनासो व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन आवश्यक पहल गरिने ।
३. स्थानीय तहका हरेक योजना निर्माण, कार्यक्रम कार्यान्वयन र अनुगमनमा नागरिकको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न नागरिक सहभागिता नीति बनाई प्रभावकारी कार्यान्वयन गरिने ।
४. स्थानीय तहमा अपाङ्गताको पहिचान गरी परिचय वितरण कार्यलाई थप प्रभावकारी बनाउन अपाङ्गता एप्स निर्माण गरी त्यसको कार्यान्वयन गरिने ।
अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले योजना निर्माणको प्रत्येक चरणमा महिलाको सशक्त, जिम्मेवार र परिणाममुखी भूमिका निर्वाह गर्न प्रेरणा प्राप्त भएको बताएका छन् ।

निड्स नेपालले विगतदेखि बझाङ जिल्लामा सामाजिक क्षेत्र तथा महिला, बालबालिका र कमजोर वर्गहरूको अधिकार संरक्षण र सशक्तिकरणमा निरन्तर समर्पित रूपमा काम गर्दै आएको छ ।संस्थाले स्थानीय समुदायसँग मिलेर विविध कार्यक्रमहरू सञ्चालन गरी सामाजिक न्याय, लैंगिक समानता र बालमैत्री वातावरणको विकासमा विशेष योगदान पुर्‍याउँदै आएको छ । निड्स नेपालको प्रतिबद्धता सबै तहमा समावेशी विकास र मानव अधिकारको सुनिश्चिततामा केन्द्रित छ, जसले गर्दा दुर्गाथली गाउँपालिकाजस्ता दुर्गम क्षेत्रमा समेत सकारात्मक परिवर्तन ल्याउन सफल भईरहेको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज