Advertisement

निड्स नेपालद्वारा दुर्गाथलीमा महिला तथा बालबालिका उत्तरदायी योजना निर्माणबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

Advertisement

बझाङ ।

बझाङको दुर्गाथली गाउँपालिकामा आज महिला तथा बालबालिका उत्तरदायी योजना निर्माण सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। महिला जनप्रतिनिधिहरूको योजना निर्माण प्रक्रियामा सहभागिता र प्रभावकारिता बढाउने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रम निड्स नेपाल र सुरक्षा नागरिक समाज सञ्जालको आयोजनामा, युरोपियन युनियन तथा संयुक्त राष्ट्रसंघको सहयोगमा, र दुर्गाथली गाउँपालिकाको समन्वयमा सम्पन्न भएको हो ।

कार्यक्रमको सभाध्यक्ष गाउँपालिका अध्यक्ष दिलबहादुर थापा रहनुभएको थियो। उहाँले सहभागीहरूलाई कार्यक्रमबाट प्राप्त ज्ञान, सीप र बुझाइलाई व्यवहारमा उतार्न प्रेरणा दिँदै भन्नुभयो । “यस्ता कार्यक्रमहरूबाट पक्कै पनि जानकारी, आत्मविश्वास र उत्साह मिल्छ । तर त्यो सिकाइलाई व्यवहारमा उतार्न सकेनौँ भने यसको प्रभाव सीमित हुन्छ । योजना निर्माणका क्रममा महिला र बालबालिकाका आवश्यकता, अधिकार, समावेशिता र पहुँचजस्ता पक्षहरूलाई आत्मसात गरेर अघि बढ्नु आजको आवश्यकता हो । यहाँ सहभागी जनप्रतिनिधिहरूले आफ्नो क्षेत्रमा फर्केर यहींबाट सिकेको कुरा लागू गर्दै जनताको आवाज उठाउन सक्नुपर्छ। योजना छनोट, प्राथमिकता निर्धारण र कार्यान्वयनका हरेक तहमा महिला जनप्रतिनिधिको भूमिका निर्णायक हुनुपर्छ। महिला आफै सशक्त भए मात्रै समुदाय सशक्त हुन्छ। त्यसैले सिकाइ यहीं सीमित नरहोस्, व्यवहारमा जाओस् – त्यत्तिबेला मात्रै यो कार्यक्रम सफल भयो भन्ने मान्न सकिन्छ ।”

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जनक दौल्याल, प्रमुख प्रशासकीय अधिकृत बमबहादुर भण्डारी, महिला तथा बालबालिका शाखा प्रमुख अम्मर राज वडु, तथा निर्वाचित महिला जनप्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै महिला तथा बालबालिका शाखा प्रमुख अम्मर राज वडुले बजेटको उपयोग महिलाहरूको हकहितमा कसरी हुनुपर्ने विषयमा प्रकाश पार्नुभयो ।

प्रशिक्षण निड्स नेपालकी सिता सिंहले दिनुभएको थियो ।  उहाँले योजना निर्माणमा महिला तथा बालमैत्री दृष्टिकोणको महत्व, कानुनी प्रक्रिया र सहभागिता प्रवर्द्धनका उपायहरूबारे व्याख्या गर्नुभयो ।

कार्यक्रममा बोल्दै वडा सदस्य देवकी बिष्टले भनिन्, “हाम्रो बुझाइमा महिलाहरूको एकता नभएका कारण नै हामी योजना निर्माणलगायतका विषयमा पछि परेका हौं । एउटै आवाजमा नबोलेकै कारण धेरै ठाउँमा हाम्रो माग गुम्सिएको छ ।”

कार्यक्रमको सञ्चालन निड्स नेपालका लक्ष्मण चलाउनेले सहभागीहरूको सक्रियता र उत्साहप्रति धन्यवाद दिँदै भने, “महिला जनप्रतिनिधिहरूको सशक्त उपस्थिति र योगदान विना स्थानीय तहको योजना प्रक्रिया पूर्ण हुन सक्दैन । आजको छलफलले सबैमा चेतना बढाएको छ भन्ने आशा लिएको छु । अब सिकाइलाई व्यवहारमा रूपान्तरण गर्नु सबैको साझा जिम्मेवारी हो ।”

अन्तमा सहभागी महिला जनप्रतिनिधिहरूद्वारा गाउँपालिकालाई ज्ञापनपत्रसमेत बुझाइएको थियो ।

उक्त ज्ञापनपत्रमा स्थानीय तहको नीति तथा कार्यक्रममा समेट्नुपर्ने चार विषयवस्तुहरू उल्लेख गरिएको थियो ।
१. नेपाल सरकारको बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०७४ बमोजिम, सन् २०३० सम्म नेपाललाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने लक्ष्य अनुरुप यस गाउँपालिकामा बालमैत्री स्थानीय शासन कार्यान्वयनका लागि आवश्यक कार्यक्रम तथा योजना ल्याइने ।
२. स्थानीय तहको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन र सुशासन व्यवस्थापनका लागि नागरिक गुनासो व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन आवश्यक पहल गरिने ।
३. स्थानीय तहका हरेक योजना निर्माण, कार्यक्रम कार्यान्वयन र अनुगमनमा नागरिकको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न नागरिक सहभागिता नीति बनाई प्रभावकारी कार्यान्वयन गरिने ।
४. स्थानीय तहमा अपाङ्गताको पहिचान गरी परिचय वितरण कार्यलाई थप प्रभावकारी बनाउन अपाङ्गता एप्स निर्माण गरी त्यसको कार्यान्वयन गरिने ।
अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले योजना निर्माणको प्रत्येक चरणमा महिलाको सशक्त, जिम्मेवार र परिणाममुखी भूमिका निर्वाह गर्न प्रेरणा प्राप्त भएको बताएका छन् ।

निड्स नेपालले विगतदेखि बझाङ जिल्लामा सामाजिक क्षेत्र तथा महिला, बालबालिका र कमजोर वर्गहरूको अधिकार संरक्षण र सशक्तिकरणमा निरन्तर समर्पित रूपमा काम गर्दै आएको छ ।संस्थाले स्थानीय समुदायसँग मिलेर विविध कार्यक्रमहरू सञ्चालन गरी सामाजिक न्याय, लैंगिक समानता र बालमैत्री वातावरणको विकासमा विशेष योगदान पुर्‍याउँदै आएको छ । निड्स नेपालको प्रतिबद्धता सबै तहमा समावेशी विकास र मानव अधिकारको सुनिश्चिततामा केन्द्रित छ, जसले गर्दा दुर्गाथली गाउँपालिकाजस्ता दुर्गम क्षेत्रमा समेत सकारात्मक परिवर्तन ल्याउन सफल भईरहेको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज