Advertisement

महिलाका एजेन्डालाई पहिलो प्राथमिकतामा राखेकी उपाध्यक्ष भण्डारी

Advertisement

उत्तमकुमार थापा, बझाङ

बझाङ जिल्लाको तलकोट गाउँपालिका उपाध्यक्ष पार्वती कुवर भण्डारीले आफ्नो कार्यकालभरि महिलाका एजेन्डालाई प्राथमिकता दिँदै स्थानीय तहमा सकारात्मक परिवर्तन ल्याउँदै आएकी छन्।

स्थानीय सरकारको उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेकी भण्डारी न्यायिक समितिको संयोजकसमेत हुन्। उनले समाजका हरेक मुद्दालाई व्यक्तिगत पिडाको रूपमा लिएर काम गरिरहेको बताउँछिन्।

“महिलाको पिडा अब लुकाउने कुरा होइन,” उपाध्यक्ष भण्डारीले भनिन्, “अब कसैले अन्यायमा परेमा मलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ।”

गाउँघरका दिदीबहिनीका पीडा बुझ्दै उनले महिलालाई आत्मनिर्भर बनाउन विभिन्न सीप विकास तालिमहरू जस्तै हाते होजियारी, सिलाइकटाइ, अल्लो प्रशोधनलगायतका कार्यक्रम सञ्चालन गर्दै आएकी छन्। साथै, वृद्धावस्थाका नागरिकहरूका लागि लुगा वितरण तथा पोषण कार्यक्रम पनि उनले गाउँमै सञ्चालन गरेकी छन्।

सामुदायिक साझेदारी र स्वास्थ्य सेवाको पहुँच

बिकट भौगोलिक क्षेत्र मानिने तलकोटका वडाहरू—जस्तै वडा नं. ७ को किदन्ना गैतोला, वडा नं. ६ र वडा नं. ४ को पनाल्त ल्वाउडा कुवा लगायतका गाउँहरूमा उपाध्यक्ष भण्डारीको पहलमा स्वास्थ्य क्लिनिक तथा सेवा विस्तार भइसकेको छ।

उनका अनुसार, “गाउँगाउँमा पुगेर समुदायको आवश्यकतालाई बुझ्दै विकासका काम अघि बढाइएका छन्।”

भौतिक पूर्वाधारमा समेत सुधार

तलकोट गाउँपालिकामा अहिले जडिबुटी पहुँचमार्गअन्तर्गत सडक स्तरोन्नतिको काम भइरहेको छ भने पर्यटकीय स्थलहरूको विकाससमेत निर्माणाधीन अवस्थामा रहेको छ। अधिकांश बस्तीमा सडक र विद्युत् विस्तार भइसकेको छ।

प्रशासकीय प्रमुख यादव भट्टराईका अनुसार, टेलिकमसँग साझेदारीमा स्थानीय सरकार स्वयंले गाउँपालिकाको भवन नजिकै टावर निर्माणको काम अगाडि बढाएको छ। “स्थानीयहरुको एकता र सहकार्यले मात्रै विकास सम्भव हुन्छ,” प्रमुख भट्टराईले भने, “अब सेवा आफ्नै भवनबाट दिइँदैछ।”

तर, मौसम बदलिएसँगै राष्ट्रिय प्रसारण लाइनमा समस्या आउने गरेको र नेटवर्क अझै पूर्ण सुधार हुन बाँकी रहेको जनाइएको छ।

उपाध्यक्ष पार्वती भण्डारीको तीन वर्षको कार्यकालले तलकोटमा महिलामैत्री नेतृत्व, विकासको गतिशीलता, र सेवाप्रवाहमा उल्लेखनीय परिवर्तन ल्याएको देखिन्छ। स्थानीय जनताको मर्म र आवश्यकतालाई बुझेर काम गर्न सकिने हो भने, गाउँमै समृद्धिको उज्यालो फैलन सक्ने सन्देश उनले दिएको पाइन्छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

धनगढी- बझाङको बित्थडचिर गाउँपालिका खेलकुद विकास समितिले एमएमए फाइटर रबिन्द्र ढाँटलाई स्वागत तथा बिदाइ गरेको छ। आफ्नो प्रतिद्वन्द्...
भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

धनगढी- कैलाली क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि भोजबहादुर बमले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला पुरुष)...
बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घ...
हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज