Advertisement

बाजुराको खप्तड छेडेदह र हिमाली गाउँपालिकालाई दूतावासद्वारा एम्बुलेन्स उपहार

Advertisement

धनगढी– भारत सरकारको उपहार स्वरुप बाजुराका दुई स्थानीय तहले एम्बुलेन्स सहयोग पाएका छन् । पेन्सन कार्यालय प्रमुख लेफ्टिनेन्ट कर्णेल प्रशान्त सिंह बगेलले बाजुराका हिमाली र खप्तड छेडेदह गाउँपालिकालाई एम्बुलेन्स उपहार स्वरुप हस्तान्तरण गरेका हुन् ।

हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्र मल्ल र खप्तड छेडेदह गाउँपालिका उपाध्यक्ष बीसुदेवी नाथलाई चाबी हस्तान्तरण गरिएको छ । नेपाल भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत एम्बुलेन्स सहयोग गरेको दुतावासले बताएको छ ।

आपसी मित्रताको प्रतीकका रुपमा भारतले हरेक वर्ष स्थानीय तह, स्वास्थ्य संस्थालाई एम्बुलेन्स उपहार स्वरुप सहयोग गर्ने गरेको छ । विशेष गरि दुर्गम क्षेत्रका बिरामीको उद्धार र उपचार सहयोगका लागि भारतले एम्बुलेन्स उपहार दिएको हो ।

यस अघि बाजुराका बुढीनन्दा, बुढीगंगा, बडिमालिका, बाजुरा अस्पताल, बाह्विस र जुगाडा स्वास्थ्य चौकी सहितका संस्थाहरूलाई पनि सहयोग गरिएको छ । हस्तान्तरण कार्यक्रममा भारतीय दुतावासका प्रतिनिधिले नेपाल र भारत बीचको सम्बन्ध छिमेक मात्र नभई पारिवारिक पनि भएकोले आपसी सहयोग र सहकार्य हुने गरेको बताए ।

पालिकाले दूतावाससँग माग गरे अनुसार नै प्राप्त भएको खप्तड छेडेदह गाउँपालिका उपाध्यक्ष उपाध्यक्ष बीसुदेवी नाथले बताएकी छन् । पालिकामा एम्बुलेन्स भएपछि बिरामीहरूका लागि सहयोग पुग्ने उपाध्यक्ष नाथको विश्वास छ ।

आवश्यकता अनुसार भनेकै समयमा बिरामीका लागि बोक्न गाडीहरू नपाउने, बोकेर लैजानु पर्ने र बीचमै ज्यान समेत जान सक्ने जोखिम एम्बुलेन्स सञ्चालन पछि कम हुने उनको भनाई छ । सबै वडामा सडक पुगिसकेकोले पनि बिरामीका लागि राहत पुग्ने छ । त्यो भन्दा बढी विपन्न परिवारका बिरामीका लागि सहयोग पुग्छ, नाथले भनिन् ।

एम्बुलेन्स पाएपछि हिमाली गाउँपालिका अध्यक्ष गोविन्द मल्लले खुसी व्यक्त गरेका छन् । आफ्नै लगानीमा किन्न समस्या हुन्थ्यो, भारत सरकारले उपहार स्वरुप दियो, अब पालिकाका जनतालाई सहज उपचार सेवामा एम्बुलेन्सलाई प्रयोग गर्ने मल्लले बताए । पालिकाले ऐन कानुन नै बनाएर एम्बुलेन्स सञ्चालन गर्ने मल्लको भनाई छ ।

बाजुराका स्वामिकार्तिक, बुढीगंगा, बुढीनन्दा, बडिमालिका, त्रिवेणी सबै पालिकासँग एम्बुलेन्स छन् । बडीमालिका, बुढीनन्दाले बिरामी बोक्ने बाहेक कृषि एम्बुलेन्स समेत सञ्चालनमा ल्याएका छन् । खप्तड छेडेदहलाई काठमाडौं महानगरपालिकाले पनि एम्बुलेन्स दिने निर्णय गरेको थियो, त्यो भने अझै कार्यान्वयन हुन सकेको छैन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज