कैलाली, जेठ २ – कैलालीको टिकापुर क्षेत्रमा लागू औषध कारोबारमा संलग्न रहेको आशंकामा ३ जना व्यक्तिहरूलाई खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको छ।
ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा टिकापुर नगरपालिका–०१ स्थित नयाँ बस्ती र ऐ.ऐ. कान्छि बजार क्षेत्रका सडक खण्डहरूमा चेकजाँच गर्ने क्रममा कुल ५ ग्राम ६० मिलिग्राम खैरो हेरोइनसहित उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा टिकापुर नगरपालिका–०१ का ३० वर्षीय छत्र साउद, जानकी गाउँपालिका–०८, भगरैया निवासी २७ वर्षीय दुर्गा प्रसाद चौधरी, र टिकापुर नगरपालिका–०१, वनगाउँका ३१ वर्षीय संजिप चौधरी रहेका छन्।
प्रहरीका अनुसार नयाँबस्ती क्षेत्रबाट ५ ग्राम २० मिलिग्राम र कान्छि बजार क्षेत्रबाट थप ४० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको हो।
पक्राउ परेकाहरूलाई ईलाका प्रहरी कार्यालय टिकापुरमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

