Advertisement

सुदूरपश्चिम प्रदेश प्रहरीको प्रमुखमा डीआईजी बिक आउने

Advertisement

धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रमुखमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) डम्बरबहादुर बिक आउने भएका छन्।

प्रहरी प्रधान कार्यालयले साईबर ब्युरोमा कार्यरत रहेका बिकको सरुवा गर्दै सुदूरपश्चिमको जिम्मेवारी दिएको हो। यसअघि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिरहेका डीआईजी गणेशबहादुर चन्द सेवा निवृत्त भएपछि उक्त पद खाली रहेको थियो।

चन्दको अवकाशपछिको खाली पद पूर्तिका लागि गरिएको निर्णय अनुसार बिकलाई प्रदेश प्रहरी प्रमुख बनाइएको हो। डम्बरबहादुर बिक लामो समयदेखि प्रहरी सेवामा अनुभव प्राप्त अधिकृत हुन्। उनले साइबर अपराध अनुसन्धानमा सक्रिय भूमिका निर्वाह गरेका थिए।

साईबर ब्युरोमा कार्यरत रहँदा डिजिटल सुरक्षासम्बन्धी विभिन्न ठूला अनुसन्धानको नेतृत्व गरेका बिक अब सुदूरपश्चिम प्रदेशमा शान्ति सुरक्षा कायम गर्ने महत्वपूर्ण जिम्मेवारी सम्हाल्न लागेका हुन्। प्रहरी संगठनभित्र अनुशासित, कर्मठ र सक्षम अधिकृतका रूपमा परिचित बिकको नेतृत्वमा सुदूरपश्चिम प्रदेशको कानून व्यवस्था थप सुदृढ हुने विश्वास गरिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

रमित ओली, कैलारी - रसुवामा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका कैलारी गाउँपालिकाका दुई जनाका परिवारलाई कैलारी गाउँपालिका–५...
एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

धनगढी- बझाङको बित्थडचिर गाउँपालिका खेलकुद विकास समितिले एमएमए फाइटर रबिन्द्र ढाँटलाई स्वागत तथा बिदाइ गरेको छ। आफ्नो प्रतिद्वन्द्...
भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

धनगढी- कैलाली क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि भोजबहादुर बमले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला पुरुष)...
बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज