Advertisement

अछाममा एमालेको जिल्ला अधिवेशन वैशाख १३ देखि, उपसचिव पदमा सिद्ध प्रसाद ढुंगानाको सशक्त दाबी

Advertisement

 

मङ्गलसेन, अछाम : नेकपा (एमाले) अछामको बहुप्रतीक्षित ९औं जिल्ला अधिवेशन वैशाख १३ देखि १५ गतेसम्म मङ्गलसेनमा हुने भएको छ। सुदूरपश्चिम प्रदेशका अन्य ८ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको भए पनि पार्टी केन्द्रमा देखिएको विवादका कारण अछाममा अधिवेशन ढिला भएको हो।

अधिवेशन नजिकिएसँगै नेताहरू विभिन्न पदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्न थालेका छन्। एमाले अछामको अध्यक्ष पदमा हालसम्म ७ जना आकांक्षी देखिएका छन् भने सचिव र उपसचिव पदका लागि समेत उल्लेख्य संख्यामा आकांक्षीहरू छन्।

यही क्रममा, एमालेका युवा नेता सिद्ध प्रसाद ढुंगानाले उपसचिव पदमा आफ्नो सशक्त दाबी प्रस्तुत गरेका छन्। पछिल्लो अधिवेशनमा लोकप्रिय मतका साथ जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका ढुंगानाले यसपटक उपसचिवको जिम्मेवारी सम्हाल्न सक्ने विश्वास व्यक्त गरेका छन्। “सहमतिको माध्यमबाट नेतृत्व चयन भए पनि म उपसचिव पदका लागि योग्य छु,” ढुंगानाले भने, “निर्वाचन होस् वा सहमति, म मेरो अडानबाट पछि हट्दिन।” उनले कामना टुडे लाई जानकारि दिय ।

राजनीतिक यात्रा र संगठनभित्रको योगदान

सिद्ध प्रसाद ढुंगानाले २०६४ सालमा अनेरास्ववियु, श्री षोडशा मावि मङ्गलसेनको प्रारम्भिक कमिटी सदस्यबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए। दुई वर्षमै उनी सचिव बन्न सफल भए। त्यसपछि शैक्षिक यात्राको क्रममा धनगढीस्थित शैलेश्वरी फारबेस्ट स्कूल अफ हेल्थ साइन्समा काउन्सिल सदस्य हुँदै सभापति बने।

२०७० मा अनेरास्ववियु अछाम जिल्ला कमिटी सदस्य, २०७७ मा केन्द्रिय कमिटी सदस्य हुँदै संगठनभित्र उनले मजबुत उपस्थिति जनाए। हाल उनी राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारीमा छन्।

सामाजिक क्षेत्र र जनसमस्यामा सक्रियता

राजनीतिक नेतृत्वसँगै ढुंगाना सामाजिक क्षेत्रमा समेत क्रियाशील छन्। अछाम जिल्ला अस्पताल निर्माण, बयलपाटा अस्पतालको दीगो व्यवस्थापन, ऐतिहासिक मंगलसेन दरबारको पुनर्निर्माण तथा प्रादेशिक संग्रहालय बनाउने पहल, बहुप्राविधिक शिक्षालयमा नयाँ कार्यक्रम स्थापनालगायत विषयमा उनी निर्णायक भुमिकामा देखिए।

त्यसैगरी, कमलबजार नगरपालिका अस्पतालको सुधारका लागि उनले संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विषय उठाए। बंगलादेश सरकारबाट प्राप्त छात्रवृत्तिमा देखिएको अनियमितता र अछामका लागि उपलब्ध अनुदान चामल वितरणमा देखिएको अव्यवस्थाविरुद्ध पनि उनी निरन्तर खबरदारी गर्दै आएका छन्।

सादा जीवनशैली र कार्यकर्तामैत्री व्यवहार

सादा जीवनशैली, स्पष्ट राजनीतिक विचार, नीतिगत प्रतिबद्धता र कार्यकर्तामैत्री व्यवहार ढुंगानाको पहिचान बनेको छ। कार्यकर्ताहरूका अनुसार, ढुंगानाको नेतृत्व क्षमताले पार्टीको भविष्यलाई नयाँ दिशा दिनेछ। एक स्थानीय कार्यकर्ताले भनेका छन्, “ढुंगाना जस्तो नेतृत्वले पार्टी र जनताको बीचमा सेतुको काम गर्नेछ।”

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज