Advertisement

अछाममा एमालेको जिल्ला अधिवेशन वैशाख १३ देखि, उपसचिव पदमा सिद्ध प्रसाद ढुंगानाको सशक्त दाबी

Advertisement

 

मङ्गलसेन, अछाम : नेकपा (एमाले) अछामको बहुप्रतीक्षित ९औं जिल्ला अधिवेशन वैशाख १३ देखि १५ गतेसम्म मङ्गलसेनमा हुने भएको छ। सुदूरपश्चिम प्रदेशका अन्य ८ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको भए पनि पार्टी केन्द्रमा देखिएको विवादका कारण अछाममा अधिवेशन ढिला भएको हो।

अधिवेशन नजिकिएसँगै नेताहरू विभिन्न पदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्न थालेका छन्। एमाले अछामको अध्यक्ष पदमा हालसम्म ७ जना आकांक्षी देखिएका छन् भने सचिव र उपसचिव पदका लागि समेत उल्लेख्य संख्यामा आकांक्षीहरू छन्।

यही क्रममा, एमालेका युवा नेता सिद्ध प्रसाद ढुंगानाले उपसचिव पदमा आफ्नो सशक्त दाबी प्रस्तुत गरेका छन्। पछिल्लो अधिवेशनमा लोकप्रिय मतका साथ जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका ढुंगानाले यसपटक उपसचिवको जिम्मेवारी सम्हाल्न सक्ने विश्वास व्यक्त गरेका छन्। “सहमतिको माध्यमबाट नेतृत्व चयन भए पनि म उपसचिव पदका लागि योग्य छु,” ढुंगानाले भने, “निर्वाचन होस् वा सहमति, म मेरो अडानबाट पछि हट्दिन।” उनले कामना टुडे लाई जानकारि दिय ।

राजनीतिक यात्रा र संगठनभित्रको योगदान

सिद्ध प्रसाद ढुंगानाले २०६४ सालमा अनेरास्ववियु, श्री षोडशा मावि मङ्गलसेनको प्रारम्भिक कमिटी सदस्यबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए। दुई वर्षमै उनी सचिव बन्न सफल भए। त्यसपछि शैक्षिक यात्राको क्रममा धनगढीस्थित शैलेश्वरी फारबेस्ट स्कूल अफ हेल्थ साइन्समा काउन्सिल सदस्य हुँदै सभापति बने।

२०७० मा अनेरास्ववियु अछाम जिल्ला कमिटी सदस्य, २०७७ मा केन्द्रिय कमिटी सदस्य हुँदै संगठनभित्र उनले मजबुत उपस्थिति जनाए। हाल उनी राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारीमा छन्।

सामाजिक क्षेत्र र जनसमस्यामा सक्रियता

राजनीतिक नेतृत्वसँगै ढुंगाना सामाजिक क्षेत्रमा समेत क्रियाशील छन्। अछाम जिल्ला अस्पताल निर्माण, बयलपाटा अस्पतालको दीगो व्यवस्थापन, ऐतिहासिक मंगलसेन दरबारको पुनर्निर्माण तथा प्रादेशिक संग्रहालय बनाउने पहल, बहुप्राविधिक शिक्षालयमा नयाँ कार्यक्रम स्थापनालगायत विषयमा उनी निर्णायक भुमिकामा देखिए।

त्यसैगरी, कमलबजार नगरपालिका अस्पतालको सुधारका लागि उनले संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विषय उठाए। बंगलादेश सरकारबाट प्राप्त छात्रवृत्तिमा देखिएको अनियमितता र अछामका लागि उपलब्ध अनुदान चामल वितरणमा देखिएको अव्यवस्थाविरुद्ध पनि उनी निरन्तर खबरदारी गर्दै आएका छन्।

सादा जीवनशैली र कार्यकर्तामैत्री व्यवहार

सादा जीवनशैली, स्पष्ट राजनीतिक विचार, नीतिगत प्रतिबद्धता र कार्यकर्तामैत्री व्यवहार ढुंगानाको पहिचान बनेको छ। कार्यकर्ताहरूका अनुसार, ढुंगानाको नेतृत्व क्षमताले पार्टीको भविष्यलाई नयाँ दिशा दिनेछ। एक स्थानीय कार्यकर्ताले भनेका छन्, “ढुंगाना जस्तो नेतृत्वले पार्टी र जनताको बीचमा सेतुको काम गर्नेछ।”

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज