Advertisement

डिएसपी भट्टको रक्तदानले सुत्केरीको ज्यान जोगियो, छोराको जन्मले परिवारमा खुसी छायो

Advertisement

उत्तमकुमार थापा | बझाङ

बझाङ जिल्ला अस्पतालमा उपचाररत बुङगल नगरपालिका–७ की मदरा जाग्रीको ज्यान डिएसपीको सहायताले जोगिएको छ। अप्ठ्यारो अवस्थामा पुगेकी सुत्केरीलाई सशस्त्र प्रहरी बल नेपाल बझाङका डिएसपी दुर्गाप्रसाद भट्टले रक्तदान गरी जीवनदान दिएका छन्।

गाउँकी दुर्गम बासिन्दा जाग्री हालसम्म सात सन्तानकी आमा भइसकेकी छन्, जसमध्ये दुई छोरीको बाल्यकालमै मृत्यु भइसकेको छ। पछिल्ला केही दिनदेखि बझाङ जिल्ला अस्पतालमा छटपटाइरहेकी जाग्रीलाई चिकित्सकले तत्काल रगत आवश्यक भएको बताएपछि उनका श्रीमान् निकै तनावमा थिए।

जिल्ला अस्पतालका प्रमुख डा. नवराज जोशीले ढाडस दिए पनि उपयुक्त रक्तदाता तत्काल भेटिँदैन भन्ने त्रास थियो। त्यही क्रममा उनका श्रीमान्ले डिएसपी भट्टलाई सम्पर्क गरेका थिए। संयोगवश, डिएसपी भट्टको रगत समूह ‘ए पोजेटिभ’ भएकाले तुरुन्तै रक्तदानका लागि अस्पताल पुगे।

रक्तदानपछि डा. जोशीको नेतृत्वमा भएको अप्रेसन सफल रह्यो। सुत्केरी जाग्रीले स्वस्थ छोरालाई जन्म दिएकी छन्। श्रीमान्ले भने, “डा. नवराज जोशी मेरो लागि भगवान सावित हुनुभयो। डिएसपी भट्टज्यूको मानवीय सहायताले हाम्रो परिवारमा पुनः खुसी ल्याएको छ।”

जिल्ला अस्पतालमा अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले रक्तदानको संस्कृति अघि सारेका छन्। तर, अस्पतालमा स्थायी ब्लड बैंकको आवश्यकता अझै पनि महसुस भइरहेको छ।

डा. जोशीका अनुसार, सुत्केरीको अवस्था अहिले सामान्य छ र नवजात शिशु पनि पूर्ण रूपमा स्वस्थ छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज