Advertisement

घोडाघोडी नगरपालिका टनकपुरमा बस र ट्र्याक्टर ठोक्किँदा १३ जना घाइते

Advertisement

 

कैलाली, बैशाख ११। कैलालीको घोडाघोडी नगरपालिका–२ टनकपुरमा पूर्व–पश्चिम राजमार्गमा बस र ट्र्याक्टर ठोक्किँदा १३ जना यात्रु घाइते भएका छन्। आज बिहान करिब ६:२५ बजे पूर्वबाट पश्चिमतर्फ गइरहेको बसले ट्र्याक्टरलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।

दुर्घटनामा सुदूरपश्चिम यातायातको काठमाडौंबाट बझाङ जाँदै गरेको (ना.प्र. ०१००१ ख ३३८५) नम्बरको बस र सोही दिशातर्फ गइरहेको (ना.प्र. ०१००२ त ४६४०) नम्बरको ट्र्याक्टर एकआपसमा ठोक्किएका थिए। बस बझाङको बित्थडचिर गाउँपालिका–४ का २४ वर्षीय विनोद बोहराले चलाएका थिए भने ट्र्याक्टर कैलालीको बर्दगोरिया गाउँपालिका–४ का ४५ वर्षीय भासु डगौरा थारुले चलाएका थिए।

दुर्घटनामा बसमा सवार ३६ यात्रुहरूमध्ये ८ महिला, ४ पुरुष र १ बालकसहित १३ जना घाइते भएका छन्। घाइतेहरूलाई तत्काल घोडाघोडी अस्पताल र सि.यस अस्पताल, सुखडमा उपचारका लागि लगिएको छ।

घटनास्थलमा इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी दिर्घबहादुर साउदको नेतृत्वमा १५ जना प्रहरी खटिएको थियो। प्रहरीले दिएको जानकारी अनुसार बस सडकबाट २५ फिट उत्तरपट्टि पल्टिएको थियो भने ट्र्याक्टर सडकको बीचबाट उत्तरतर्फ पूर्ण रूपमा ढल्किएको अवस्थामा फेला परेको हो।

बसको छतमा राखिएको मो.सा. (ना.प्र. ०१०१० प ५१६७) समेत खसेर क्षति पुगेको छ। दुर्घटनाका कारण सडकमा कुनै अवरोध भने नरहेको प्रहरीले जनाएको छ। बस चालक नियन्त्रणमा रहेका छन् र उनीसंग सवारी अनुमति र मापसे परीक्षणमा समस्या देखिएको छैन।

घाइतेहरूको विवरण यसप्रकार छ:

घोडाघोडी अस्पतालमा उपचाररत:

  1. भासु डगौरा थारु (४५), टाउको र खुट्टामा चोट – मध्यम
  2. बबिता सुनार (५५), खुट्टा र घाटिमा सामान्य चोट
  3. प्रेमकुमार सुनार (६४), छातीमा चोट – मध्यम
  4. रोहित गिरी (३०), गर्दन र हातमा सामान्य चोट
  5. जयन्ती जोशी (२०), दाहिने हातमा चोट – सामान्य
  6. सरिता कुमारी कोइराला (२८), कम्मरमा चोट – सामान्य
  7. लोकराज खत्री (३३), टाउको कम्मरमा चोट – मध्यम
  8. ज्ञानु गिरी (५५), ढाडमा चोट – सामान्य
  9. टिका कुवर (३५), कम्मरमा चोट – सामान्य
  10. हसुली धामी (२६), टाउको र कम्मरमा चोट – मध्यम
  11. कलावती देवी अवस्थी (४९), छातीमा चोट – मध्यम

सि.यस अस्पतालमा उपचाररत:

12. बर्षा श्रेष्ठ (२४), टाउकोमा चोट – मध्यम

13. सुसान्त श्रेष्ठ (१०), दाहिने खुट्टा भाँचिएको – मध्यम

प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज