Advertisement

घोडाघोडी नगरपालिका टनकपुरमा बस र ट्र्याक्टर ठोक्किँदा १३ जना घाइते

Advertisement

 

कैलाली, बैशाख ११। कैलालीको घोडाघोडी नगरपालिका–२ टनकपुरमा पूर्व–पश्चिम राजमार्गमा बस र ट्र्याक्टर ठोक्किँदा १३ जना यात्रु घाइते भएका छन्। आज बिहान करिब ६:२५ बजे पूर्वबाट पश्चिमतर्फ गइरहेको बसले ट्र्याक्टरलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।

दुर्घटनामा सुदूरपश्चिम यातायातको काठमाडौंबाट बझाङ जाँदै गरेको (ना.प्र. ०१००१ ख ३३८५) नम्बरको बस र सोही दिशातर्फ गइरहेको (ना.प्र. ०१००२ त ४६४०) नम्बरको ट्र्याक्टर एकआपसमा ठोक्किएका थिए। बस बझाङको बित्थडचिर गाउँपालिका–४ का २४ वर्षीय विनोद बोहराले चलाएका थिए भने ट्र्याक्टर कैलालीको बर्दगोरिया गाउँपालिका–४ का ४५ वर्षीय भासु डगौरा थारुले चलाएका थिए।

दुर्घटनामा बसमा सवार ३६ यात्रुहरूमध्ये ८ महिला, ४ पुरुष र १ बालकसहित १३ जना घाइते भएका छन्। घाइतेहरूलाई तत्काल घोडाघोडी अस्पताल र सि.यस अस्पताल, सुखडमा उपचारका लागि लगिएको छ।

घटनास्थलमा इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी दिर्घबहादुर साउदको नेतृत्वमा १५ जना प्रहरी खटिएको थियो। प्रहरीले दिएको जानकारी अनुसार बस सडकबाट २५ फिट उत्तरपट्टि पल्टिएको थियो भने ट्र्याक्टर सडकको बीचबाट उत्तरतर्फ पूर्ण रूपमा ढल्किएको अवस्थामा फेला परेको हो।

बसको छतमा राखिएको मो.सा. (ना.प्र. ०१०१० प ५१६७) समेत खसेर क्षति पुगेको छ। दुर्घटनाका कारण सडकमा कुनै अवरोध भने नरहेको प्रहरीले जनाएको छ। बस चालक नियन्त्रणमा रहेका छन् र उनीसंग सवारी अनुमति र मापसे परीक्षणमा समस्या देखिएको छैन।

घाइतेहरूको विवरण यसप्रकार छ:

घोडाघोडी अस्पतालमा उपचाररत:

  1. भासु डगौरा थारु (४५), टाउको र खुट्टामा चोट – मध्यम
  2. बबिता सुनार (५५), खुट्टा र घाटिमा सामान्य चोट
  3. प्रेमकुमार सुनार (६४), छातीमा चोट – मध्यम
  4. रोहित गिरी (३०), गर्दन र हातमा सामान्य चोट
  5. जयन्ती जोशी (२०), दाहिने हातमा चोट – सामान्य
  6. सरिता कुमारी कोइराला (२८), कम्मरमा चोट – सामान्य
  7. लोकराज खत्री (३३), टाउको कम्मरमा चोट – मध्यम
  8. ज्ञानु गिरी (५५), ढाडमा चोट – सामान्य
  9. टिका कुवर (३५), कम्मरमा चोट – सामान्य
  10. हसुली धामी (२६), टाउको र कम्मरमा चोट – मध्यम
  11. कलावती देवी अवस्थी (४९), छातीमा चोट – मध्यम

सि.यस अस्पतालमा उपचाररत:

12. बर्षा श्रेष्ठ (२४), टाउकोमा चोट – मध्यम

13. सुसान्त श्रेष्ठ (१०), दाहिने खुट्टा भाँचिएको – मध्यम

प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज