Advertisement

आयुर्वेदका लागि बझाङमा जनचेतनामूलक कार्यक्रम

Advertisement

बझाङ — जिल्लामा जडीबुटीको महत्व, त्यसको प्रयोग र समग्र रूपमा स्वस्थ जीवनशैलीबारे जनचेतना फैलाउने उद्देश्यले एक दिवसीय परामर्श कार्यक्रम सम्पन्न भएको छ। जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र बझाङको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय तहका प्रतिनिधि र सर्वसाधारणलाई आयुर्वेदिक ज्ञान तथा व्यवहारमा आधारित जीवनशैलीबारे महत्वपूर्ण जानकारी प्रदान गरिएको थियो।

कार्यक्रम जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र बझाङका प्रमुख मिनराज पुरीको अध्यक्षतामा सम्पन्न भएको हो। प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर बोहराले परम्परागत जडीबुटी र आयुर्वेद विज्ञानको संरक्षण तथा प्रवर्द्धनमा यस्ता कार्यक्रमहरूले सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे।

परामर्श तथा प्रशिक्षण सत्रमा देउलेख आयुर्वेदिक स्वास्थ्य केन्द्रका इन्चार्ज डा. हिमाल भट्ट र  मोहन मल्लले सहजीकरण गरेका थिए। उनीहरूले नेपालको पहाडी भेगमा पाइने बहुमूल्य जडीबुटीहरू, तीका औषधीय गुणहरू र घरमै अपनाउन सकिने आयुर्वेदिक उपायबारे विस्तृत जानकारी दिएका थिए।

कार्यक्रमको सुरुआतमा आयुर्वेदिक स्वास्थ्य केन्द्र बझाङका कर्मचारी प्रकाश बिष्टले स्वागत मन्तव्य राख्दै सहभागीहरूलाई कार्यक्रमको उद्देश्य र महत्वबारे अवगत गराएका थिए।

सक्रिय सहभागितासहित सम्पन्न कार्यक्रममा बझाङका १२ वटै स्थानीय तहबाट करिब ८० जना प्रतिनिधिहरू सहभागी भएका थिए। अन्य सरोकारवालासमेत गरी कुल ९२ जनाको उपस्थिति रहेको थियो। सहभागीहरूले कार्यक्रम निकै उपयोगी र जानकारीमूलक रहेको प्रतिक्रिया दिएका छन्।

कार्यक्रमको समापनमा आयोजकले आगामी दिनमा यस्ता जनमुखी कार्यक्रमलाई अझ व्यापक बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज