Advertisement

आयुर्वेदका लागि बझाङमा जनचेतनामूलक कार्यक्रम

Advertisement

बझाङ — जिल्लामा जडीबुटीको महत्व, त्यसको प्रयोग र समग्र रूपमा स्वस्थ जीवनशैलीबारे जनचेतना फैलाउने उद्देश्यले एक दिवसीय परामर्श कार्यक्रम सम्पन्न भएको छ। जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र बझाङको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय तहका प्रतिनिधि र सर्वसाधारणलाई आयुर्वेदिक ज्ञान तथा व्यवहारमा आधारित जीवनशैलीबारे महत्वपूर्ण जानकारी प्रदान गरिएको थियो।

कार्यक्रम जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र बझाङका प्रमुख मिनराज पुरीको अध्यक्षतामा सम्पन्न भएको हो। प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर बोहराले परम्परागत जडीबुटी र आयुर्वेद विज्ञानको संरक्षण तथा प्रवर्द्धनमा यस्ता कार्यक्रमहरूले सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे।

परामर्श तथा प्रशिक्षण सत्रमा देउलेख आयुर्वेदिक स्वास्थ्य केन्द्रका इन्चार्ज डा. हिमाल भट्ट र  मोहन मल्लले सहजीकरण गरेका थिए। उनीहरूले नेपालको पहाडी भेगमा पाइने बहुमूल्य जडीबुटीहरू, तीका औषधीय गुणहरू र घरमै अपनाउन सकिने आयुर्वेदिक उपायबारे विस्तृत जानकारी दिएका थिए।

कार्यक्रमको सुरुआतमा आयुर्वेदिक स्वास्थ्य केन्द्र बझाङका कर्मचारी प्रकाश बिष्टले स्वागत मन्तव्य राख्दै सहभागीहरूलाई कार्यक्रमको उद्देश्य र महत्वबारे अवगत गराएका थिए।

सक्रिय सहभागितासहित सम्पन्न कार्यक्रममा बझाङका १२ वटै स्थानीय तहबाट करिब ८० जना प्रतिनिधिहरू सहभागी भएका थिए। अन्य सरोकारवालासमेत गरी कुल ९२ जनाको उपस्थिति रहेको थियो। सहभागीहरूले कार्यक्रम निकै उपयोगी र जानकारीमूलक रहेको प्रतिक्रिया दिएका छन्।

कार्यक्रमको समापनमा आयोजकले आगामी दिनमा यस्ता जनमुखी कार्यक्रमलाई अझ व्यापक बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज