Advertisement

थलारामा क्षयरोग खोजपडताल: ८ सय ६६ जनाको परीक्षण, ६ मा संक्रमण

Advertisement

 

बझाङ — बझाङको थलारा गाउँपालिकामा सञ्चालन गरिएको तीन दिने सक्रिय क्षयरोग खोजपडताल शिविरमा ६ जना नयाँ क्षयरोग संक्रमित फेला परेका छन्। चैत २६ देखि २८ गतेसम्म थलारा गाउँपालिकाको आयोजना तथा स्वास्थ्य कार्यालय बझाङ र स्वास्थ्य निर्देशनालय डोटीको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो।

गाउँपालिकाका  ९ वटै वडामा सञ्चालित शिविरमा अत्याधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधियुक्त मेसिन प्रयोग गरी ८ सय ६६ जनाको छातीको एक्सरे परीक्षण गरिएको थियो। परीक्षणको आधारमा ५१ जनामा क्षयरोगको आशंका देखिएकाले उनीहरूबाट थुक (खकार) संकलन गरिएको थियो।

संकलित खकार नमुनाहरूलाई विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको अणुविज्ञानी तीव्र पहिचान प्रविधि प्रयोग गरी परीक्षण गरिएको थियो। परीक्षणको क्रममा ६ जनामा क्षयरोगको जीवाणु (माइकोब्याक्टेरियम ट्युबरक्युलोसिस) पुष्टि भएको हो।

स्वास्थ्य कार्यालय बझाङका प्रयोगशाला निरीक्षक नारायण जोशीका अनुसार ती संक्रमित बिरामीहरूलाई आजैदेखि औपचारिक रूपमा उपचारमा ल्याइएको छ। साथै, उनीहरूको अवस्थाबारे सम्बन्धित स्थानीय स्वास्थ्य संस्था र गाउँपालिकालाई जानकारी गराइसकिएको जोशीले बताए।

एआई प्रविधिबाट गरिएको एक्सरे परीक्षणमा क्षयरोगको आशंका देखिए तापनि थुक परीक्षणमा जीवाणु नदेखिएका व्यक्तिहरूलाई निगरानीमा राखिने र आवश्यक परे पुनः परीक्षण गरिने योजना रहेको पनि जोशीले जानकारी दिए।

यसैक्रममा  बझाङ जिल्ला कारागारमा रहेका कैदीबन्दीहरूमा पनि क्षयरोग परीक्षण गरिएको थियो, तर कुनै पनि व्यक्तिमा संक्रमण नदेखिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज