Advertisement

कैलालीको टीकापुरमा ७ वर्षीया बालिकामाथि विद्यालयमै करणी

Advertisement

धनगढी- कैलालीमा ७ वर्षीया बालिकामाथि विद्यालयमै जबरजस्तीकरणी भएको छ । टीकापुर नगरपालिका–४ मा रहेको राम जानकी इंग्लिस बोर्डिङ स्कुलमा ७ वर्षीया बालिकामाथि जबरजस्तीकरणी भएको हो ।
बलिकामाथि जबरजस्तीकरणी गरेको आरोपमा सोही विद्यालयमा ९ कक्षामा अध्ययनरत किशोरलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नवीनराजा बुढाथोकीले बालिकामाथि बलात्कार गरेको आरोपमा १४ वर्षीय किशोरलाई पक्राउ गरिएको जानकारी दिए ।
उनका अनुसार पीडित बालिकाकी आमाले दिएको किटानी जाहेरीका आधारमा किशोरलाई ११ चैतमा पक्राउ गरिएको हो । घटना भने ६ चैतको भएको प्रहरीले जनाएको छ । बालिकाको यौनीबाट रगत बग्न थालेपछि उनीमाथि जबरजस्तीकरणी भएको खुलेको थियो । पीडित बालिकाका अभिभावकका अनुसार यौनीबाट रगत बगेपछि उपचारका लागि अस्पताल लगिएको थियो । चिकित्सकले चेकजाँचका क्रममा उनीमाथि बलात्कार भएको बताएपछि बालिकाले घटनाबारे विस्तृत बताएकी थिइन् ।
मेडिकल रिर्पोट र बालिकाको बयानका आधारमा उनकी आमाले इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् तर अहिले भने घटना मिलाउनुपर्ने भन्दै पीडित परिवारमाथि अनावश्यक दबाब दिइएको छ । बालिकाका बुवाले प्रहरीलाई आफ्नो छोरीमाथि बलात्कार नभएको भनेर भन्न विद्यालयका शिक्षक र गाउँका अगुवाले दबाब दिइरहेको बताए ।
तर आफूले भने छोरीमाथि बलात्कार गर्नेलाई प्रचलित कानुनअनुसार कारवाही हुनुपर्ने बताए । आफू घरमा नभएका बेला श्रीमती र छोरीलाई भेटेर अनावश्यक तनाव दिदै अदालतमा मुद्दामा बयान फेरेर होस्टाइल गर्न दबाब दिइएको उनी बताउँछन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज