Advertisement

कैलालीमा बजेट अभावमा १५ शय्याको अस्पताल सञ्चालनमा समस्या

Advertisement

धनगढी- कैलालीको कैलारी गाउँपालिका–५, बैजपुरमा निर्माण भएको १५ शय्याको अस्पताल बजेट अभावका कारण सञ्चालनमा आउन सकेको छैन। संघीय सरकारको नीति अनुसार भव्य भवन तयार भए पनि जनशक्ति, उपकरण र व्यवस्थापनका लागि आवश्यक बजेट नहुँदा अस्पताल सञ्चालनमा समस्या भएको हो।

गाउँपालिकाका सूचना अधिकारी यगम कलेलका अनुसार, अस्पतालको संरचना निर्माण सम्पन्न भए पनि सञ्चालनका लागि बजेट नहुँदा चुनौती बढेको छ। नेपाल सरकारको नीति अनुसार सबै पालिकामा १५ शय्याको अस्पताल बनाउने योजनाअन्तर्गत २०७० असार २९ गते सम्झौता गरी निर्माण सुरु गरिएको थियो।

१८ करोड ५२ लाख रुपैयाँ लागतमा रोयल कन्स्ट्रक्सन जेभीले अस्पताल भवन निर्माण गरेको हो। तर गाउँपालिकाले अझै तीन करोड चार लाख रुपैयाँ भुक्तानी गर्न नसकेको हुँदा निर्माण कम्पनीले अस्पताल हस्तान्तरण गरेको छैन।

स्वास्थ्य शाखा प्रमुख नरेश चौधरीका अनुसार, भवन तयार भइसक्दा पनि बजेटको पर्खाइमा अस्पताल थन्किएको छ। विशेषज्ञ सेवासहित अस्पताल सञ्चालन गर्न वार्षिक कम्तीमा पाँच करोड रुपैयाँ आवश्यक पर्ने उहाँको भनाइ छ।

अस्पताल सञ्चालन भएमा गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा पाउनेमा स्थानीय आशावादी छन्। स्थानीयवासीहरूले विद्यालय हटाएर बनाइएको यो अस्पताल चाँडै सञ्चालन गर्न माग गरिरहेका छन्। कोरोना महामारीका बेला कोभिड अस्पतालको रूपमा प्रयोग भएको उक्त भवनमै अहिले १५ शय्याको अस्पताल निर्माण गरिएको हो।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज