Advertisement

जयपृथ्वी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका तिलक बोहरा

Advertisement

 

बझाङ — जयपृथ्वी बहुमुखी क्याम्पस, बझाङमा सम्पन्न स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको छ। सभापति पदमा अनेरास्ववियुका तर्फबाट उम्मेदवार तिलक चन्द्र बोहरा विजयी भएका छन्।

बोहराले १२५ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेविसंघका विवेक बहादुर बोहरालाई ३ मतले पछि पारेका हुन्। विवेकले १२२ मत प्राप्त गरे। सभापति पदका अन्य उम्मेदवारहरूमध्ये अखिल (क्रान्तिकारी)का मान बहादुर धामीले ५९ मत र अखिल (समाजवादी)का प्रबिन बहादुर महरले २ मत प्राप्त गरे।

अन्य पदको नतिजा यस प्रकार छ:

सचिव पदमा नेविसंघका लक्ष्मीराज जोशी विजयी भए। उनले १२२ मत प्राप्त गर्दा, उनका प्रतिस्पर्धी अखिल (क्रान्तिकारी)की अञ्जना कामीले ९३ मत र अनेरास्ववियुका धु्रवराज जोशीले ८९ मत प्राप्त गरे।

कोषाध्यक्ष पदमा नेविसंघकी स्मृति कुमारी सिंह विजयी भइन्। उनले १२२ मत प्राप्त गरिन्। उनका प्रतिस्पर्धी अनेरास्ववियुकी शारदा बोहराले ९९ मत र अखिल (क्रान्तिकारी)की रमा कुमारी जोशीले ७० मत प्राप्त गरे।

सदस्य पदमा नेविसंघका आशिका जोशी, सबिता बम, चाँदनी उपाध्याय, धनिसा बोहरा र धनसरा रोकाया विजयी भए।

निर्वाचन समितिका अनुसार क्याम्पसमा स्ववियु निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज