Advertisement

बझाङमा पहिलोपटक मुङखेती परीक्षण

Advertisement

बझाङ- कृषि प्राविधिकहरूका अनुसार मुङ न्यानो हावापानी सहने बाली हो। यसको वृद्धि विकास र राम्रो उत्पादन लिन औसत तापक्रम २७ देखि ३५ डिग्री सेन्टिग्रेड उपयुक्त मानिन्छ।
सामान्यतया तराईमा उत्पादन हुने मुङखेती यहाँ पनि परीक्षण गरिएको छ। कोसेबालीअन्तर्गत पर्ने मुङ र वसन्ते मकैखेती केदारस्यूँ गाउँपालिकाको झोतामा सुरु गरिएको छ। समुन्द्री सतहबाट ९५० मिटरको उचाइमा अवस्थित झोतामा पहिलोपटक ‘सिड प्लान्टर’मार्फत बीउ रोपिएको हो।

गाउँपालिकाले ६५ रोपनी क्षेत्रफलको जमिन भाडामा लिएर मुङ र वसन्ते मकै रोपेको गाउँपालिकाकी उपाध्यक्ष मनिषा धामीले बताइन्। उनले मुङखेतीबाट आम्दानी मात्रै नभई जमिन सप्रिने आशा गरेको बताइन्।
खेतीले उर्वरा बढ्ने, आम्दानी हुने र स्वास्थ्यलाई फाइदा पुग्ने अपेक्षासहित मुङखेतीको परीक्षण गरिएको उनको भनाइ छ। जिल्लाका लागि नयाँ बाली भएकाले पनि परीक्षण सफल भएमा क्षेत्र विस्तार गर्ने तयारी गरिएको छ।

नयाँ बाली र धेरै फाइदा हुने आशामा कृषकहरू मुङखेतीतर्फ उत्साहित भएको कृषि ज्ञान केन्द्र प्रमुख खेमराज पनेरुले बताए। उनले भने, ‘माटोको उर्वरा बढ्ने र आम्दानीको गतिलो माध्यम बन्न सक्ने हुँदा कृषकहरू उत्साहित भएका हुन्।’ पनेरुका अनुसार हातले नै रोप्दा गहिरो हुन सक्ने भएकाले सिड प्लान्टरमार्फत रोपिएको हो।
मुङको बीउ ४–५ सेन्टिमिटर गहिरो रोप्दा बीउको उमारशक्ति राम्रो हुने गर्छ। यदि माथिलो भाग सुक्खा छभने बीउ रोप्न थोरै गहिरो बढाउन सकिने र धेरै गहिरो भयो भने पनि उमारशक्ति राम्रो नहुने प्रमुख पनेरु बताउछन्।
उनले बीउ रोप्नुअघि नाइट्रोजन, फस्फोरस र पोटास छर्कंदा उमारशक्ति राम्रो हुने बताए। त्यसका लागि झोतामा गँड्यौला मल र पिनाको मल प्रयोग गरिएको उनले बताए। प्रशस्त प्राङ्गारिक पदार्थयुक्त बलौटे वा चिम्टाइलो दोमट माटोमा मुङको उत्पादन राम्रो मानिने हुँदा उपयुक्त ठाउँ झोता छनोट गरिएको उनको भनाइ छ।
मुङले मानव शरीरलाई आवश्यक तत्व पर्याप्त मात्रामा पाइने बताइन्छ। कृषि ज्ञान केन्दका कृषि प्राविधिक जनक सिंहले कृषक उत्साहित हुँदैमा सबैलाई एकैपटक बीउ बाँड्न नसकिने र परीक्षण सफल भएपछि मात्रै ठाउँ हेरेर यस खेतीतर्फ आकर्षित गरिने बताए।
उनले भने, ‘मुङको दालबाट भिटामिन ‘ए’, ‘बी’, ‘सी’, ‘के’ सँगै सोडियम, फलाम, क्याल्सियम, फस्फोरस, पोटासियम पनि प्रशस्तै मात्रामा पाउन सकिन्छ।’ मुङको बोटमा भएको सूक्ष्म जीवाणुले वायुमण्डलमा भएको नाइट्रोजन सञ्चित गरी बिरुवालाई नियमित रूपमा नाइट्रोजन उपलब्ध गराउने हुँदा पनि यो बाली बझाङमा अपरिहार्य भएको उनले बताए।
मुङको नलबाट प्राप्त हुने मलले धानको उत्पादनसमेत बढ्ने कृषि प्राविधिक सिंह बताउछन्। केदारस्यूँ गाउँपालिकाले सुरुआत गरेको मुङ उत्पादन परीक्षण कार्यक्रममा स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा कार्यक्रम र कृषि ज्ञान केन्द्रले सहयोग गरेको छ। -रासस

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज