Advertisement

बझाङको ऐतिहासिक हात्तीसार दरबारको संरक्षणमा जोड, सरोकारवाला जुटे छलफलमा

Advertisement

बझाङ- बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा अवस्थित ऐतिहासिक हात्तीसार दरबारको संरक्षणको पहल सुरु गरिएको छ। दरबारको संरक्षण र मर्मतसम्भारका विषयमा बिहीबार जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा छलफल उठेपछि शुक्रबार विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, र पत्रकारहरूको सहभागितामा बृहत् छलफल सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी कैलाशबहादुर ठकुराठीले जानकारी दिए।

बैठकमा दरबारको तत्काल मर्मतसम्भार मात्र नभई दीर्घकालीन संरक्षणको योजना बनाउन आवश्यक रहेको जिल्ला समन्वय समिति प्रमुख नरबहादुर बोहराले बताए। नेपाली कांग्रेसका प्रवक्ता रमानन्द जोशीले हात्तीसार दरबारलाई सामाजिक तथा सांस्कृतिक केन्द्रको रूपमा पुनः विकास गर्नुपर्नेमा जोड दिए।

नेकपा एमालेका सचिव नयन बोहराले दरबारको ऐतिहासिक महत्व झल्किने गरी मर्मत गर्नुपर्ने बताए भने दरबारको सुरक्षा सुनिश्चित गर्न आवश्यक जनशक्ति परिचालनको पनि आवश्यकता औंल्याए।

छलफलपछि बैठकले डोटीस्थित सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयलाई दरबारको मौलिकता जोगाउँदै मर्मत कार्य अघि बढाउन अनुरोध गर्ने निर्णय गरेको छ। सहभागीहरूले स्थानीय सरकार, जनसहभागिता र विशेषज्ञहरूको समन्वयमा संरक्षण कार्य अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

छलफलमा जिल्ला उपप्रमुख कृष्णबहादुर विष्ट, रास्वपाका प्रयागराज जोशी, राप्रपाका पूर्वअध्यक्ष विश्वप्रकाश जेठारा, नेकपा एसका सचिव लक्ष्मीराज जोशीलगायतको उपस्थिति रहेको थियो।

विसं १९४५ तिर निर्माण भएको हात्तीसार दरबारमा लामो समयसम्म जिल्ला प्रशासन कार्यालय रहँदै आएको थियो। २०६९ सालमा कार्यालय नयाँ भवनमा सरेपछि दरबार बेवारिसे जस्तै बनेको थियो। ६ वर्षपछि मात्र संरक्षण प्रयास थालिएको हो।

बझाङका राजा जयपृथ्वीबहादुर सिंहले १९५१ सालतिर तराईबाट हात्तीको छावा ल्याएर दरबारमै राखेकाले यसको नाम हात्तीसार दरबार राखिएको हो। सालको काठ, ढुंगा र मासको गारो प्रयोग गरेर निर्माण गरिएको यो दरबार हाल संरक्षण अभावमा जीर्ण अवस्थामा पुगेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज