Advertisement

छविसपाथिभेरामा प्रमुख प्रशासकीय अधिकृतमाथि निर्घात कुटपिट, हमलाकारी फरार

Advertisement

बझाङ- बझाङको छविसपाथिभेरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जय कुमार यादवमाथि कार्यकक्षमै कुटपिट भएको छ। बिहीबार छविसपाथिभेरा गाउँपालिका-२ का स्थानीय करिब ३०–३१ वर्षीय मुकेश ऐडीले यादवमाथि बेलले हानी कुटपिट गरेका हुन्।

घटनाका क्रममा यादवको टाउको, कान र शरीरमा चोट लागेको छ। उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल, चैनपुर सिमखेत पठाइएको छ। स्वास्थ्यकर्मीहरूका अनुसार यादवको अवस्था स्थिर रहेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार जिप चालक ऐडीले पालिकाले आफ्नो गाडी प्रयोग गरेबापतको भुक्तानी नदिएको भन्दै आक्रोश व्यक्त गर्दै यादवमाथि कुटपिट गरेका पाइएको छ। स्थानीयवासीहरूले कुटपिट रोक्ने प्रयास गरे पनि ऐडीले यादवलाई बेलले लगातार प्रहार गरेका थिए।
घटनापछि मुकेश ऐडी फरार भएका छन्। प्रहरीले ऐडीको खोजी कार्य तीव्र पारेको छ। प्रहरीले ऐडीको सम्भावित ठेगाना र सम्पर्क सूत्रहरू खोजी गरिरहेको छ। साथै, घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

कर्मचारीहरूको सुरक्षाप्रति गम्भीर प्रश्न

यो घटनाले स्थानीय प्रशासन र सरकारी कर्मचारीहरूको सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ। प्रमुख प्रशासकीय अधिकृतजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिमाथि कार्यकक्षमै कुटपिट हुनु प्रशासनिक सुरक्षाको अभावको संकेत भएको हो । यस घटनाले सरकारी कर्मचारीहरू डरभयमा काम गर्न बाध्य पार्ने जस्तो अवस्था सिर्जना गर्नेभएको छ ।
घटनाले समस्याको समाधान कानूनी बाटोबाट खोज्नुको साटो हिंसात्मक माध्यम अपनाउनु गम्भीर चिन्ताको विषय बनेको छ । साथै, सरकारी निर्णयहरूप्रति असन्तुष्टि व्यक्त गर्न नागरिकहरू आक्रोशित बन्दै हिंसात्मक बाटो रोज्न थालेको संकेत पनि यो घटनाले पैदा गरेको छ ।
यस्ता घटनाले शासन व्यवस्थालाई कमजोर बनाउने मात्र होइन, कानून कार्यान्वयन प्रक्रियामा पनि चुनौती खडा गरेको । यदि दोषीलाई शीघ्र कानूनी दायरामा ल्याइँदैन भने भविष्यमा यस्ता घटनाहरू दोहोरिन सक्छन्। त्यसैले, सरकारी कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्न, प्रशासनिक निर्णयहरूप्रति असन्तुष्टि समाधान गर्न र कानूनी प्रक्रिया बलियो बनाउन तत्काल आवश्यक कदम चाल्नु जरुरी छ।

केही दिन अघि मात्रै पाएका थिए जिम्मेवारी

यादव हालै मात्र पालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा पालिकामा नियुक्त भएका थिए।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यादवलाई चैत ६ गते निमित्त कार्यकारीको जिम्मेवारी दिएको थियोे । मन्त्रालयबाट जारी गरिएको पत्रअनुसार, यादव नेपाल स्वास्थ्य सेवा, आयुर्वेद समूह, अधिकृत सातौं तहका स्थायी सरकारी कर्मचारी हुन्। उनलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ५४ को उपदफा (१) बमोजिम प्रमुख प्रशासकीय अधिकृत नियुक्त गरिएको हो।
स्थानीय प्रशासनले सार्वजनिक पदाधिकारीमाथि भएको यो घटनालाई गम्भीर रूपमा लिएको छ। प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिटको घटनाले स्थानीय प्रशासनको सुरक्षाप्रति प्रश्न उठाएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज