Advertisement

छविसपाथिभेरामा प्रमुख प्रशासकीय अधिकृतमाथि निर्घात कुटपिट, हमलाकारी फरार

Advertisement

बझाङ- बझाङको छविसपाथिभेरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जय कुमार यादवमाथि कार्यकक्षमै कुटपिट भएको छ। बिहीबार छविसपाथिभेरा गाउँपालिका-२ का स्थानीय करिब ३०–३१ वर्षीय मुकेश ऐडीले यादवमाथि बेलले हानी कुटपिट गरेका हुन्।

घटनाका क्रममा यादवको टाउको, कान र शरीरमा चोट लागेको छ। उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल, चैनपुर सिमखेत पठाइएको छ। स्वास्थ्यकर्मीहरूका अनुसार यादवको अवस्था स्थिर रहेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार जिप चालक ऐडीले पालिकाले आफ्नो गाडी प्रयोग गरेबापतको भुक्तानी नदिएको भन्दै आक्रोश व्यक्त गर्दै यादवमाथि कुटपिट गरेका पाइएको छ। स्थानीयवासीहरूले कुटपिट रोक्ने प्रयास गरे पनि ऐडीले यादवलाई बेलले लगातार प्रहार गरेका थिए।
घटनापछि मुकेश ऐडी फरार भएका छन्। प्रहरीले ऐडीको खोजी कार्य तीव्र पारेको छ। प्रहरीले ऐडीको सम्भावित ठेगाना र सम्पर्क सूत्रहरू खोजी गरिरहेको छ। साथै, घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

कर्मचारीहरूको सुरक्षाप्रति गम्भीर प्रश्न

यो घटनाले स्थानीय प्रशासन र सरकारी कर्मचारीहरूको सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ। प्रमुख प्रशासकीय अधिकृतजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिमाथि कार्यकक्षमै कुटपिट हुनु प्रशासनिक सुरक्षाको अभावको संकेत भएको हो । यस घटनाले सरकारी कर्मचारीहरू डरभयमा काम गर्न बाध्य पार्ने जस्तो अवस्था सिर्जना गर्नेभएको छ ।
घटनाले समस्याको समाधान कानूनी बाटोबाट खोज्नुको साटो हिंसात्मक माध्यम अपनाउनु गम्भीर चिन्ताको विषय बनेको छ । साथै, सरकारी निर्णयहरूप्रति असन्तुष्टि व्यक्त गर्न नागरिकहरू आक्रोशित बन्दै हिंसात्मक बाटो रोज्न थालेको संकेत पनि यो घटनाले पैदा गरेको छ ।
यस्ता घटनाले शासन व्यवस्थालाई कमजोर बनाउने मात्र होइन, कानून कार्यान्वयन प्रक्रियामा पनि चुनौती खडा गरेको । यदि दोषीलाई शीघ्र कानूनी दायरामा ल्याइँदैन भने भविष्यमा यस्ता घटनाहरू दोहोरिन सक्छन्। त्यसैले, सरकारी कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्न, प्रशासनिक निर्णयहरूप्रति असन्तुष्टि समाधान गर्न र कानूनी प्रक्रिया बलियो बनाउन तत्काल आवश्यक कदम चाल्नु जरुरी छ।

केही दिन अघि मात्रै पाएका थिए जिम्मेवारी

यादव हालै मात्र पालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा पालिकामा नियुक्त भएका थिए।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यादवलाई चैत ६ गते निमित्त कार्यकारीको जिम्मेवारी दिएको थियोे । मन्त्रालयबाट जारी गरिएको पत्रअनुसार, यादव नेपाल स्वास्थ्य सेवा, आयुर्वेद समूह, अधिकृत सातौं तहका स्थायी सरकारी कर्मचारी हुन्। उनलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ५४ को उपदफा (१) बमोजिम प्रमुख प्रशासकीय अधिकृत नियुक्त गरिएको हो।
स्थानीय प्रशासनले सार्वजनिक पदाधिकारीमाथि भएको यो घटनालाई गम्भीर रूपमा लिएको छ। प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिटको घटनाले स्थानीय प्रशासनको सुरक्षाप्रति प्रश्न उठाएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज