Advertisement

प्रशासकीय अधिकृतले कार्यालयमै झगडा गरेपछि…

Advertisement

बर्दियाको बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक आचार्य मदिराले मातेर कार्यालयमा आई झगडा गरेका छन्।

प्रमुख प्रशासकीय अधिकृत आचार्यसहित आर्थिक विकास समितिका संयोजक कृष्ण गौतम र सहायक प्राविधिक पाँचौं तहका कर्मचारी नगेन्द्र भण्डारी मंगलबार मदिरा सेवन गरी कार्यालय आएको नगरका मेयर छविलाल थारूले बताए।

मदिरा सेवन गरे पनि गौतम र भण्डारीले कुनै बदमासी नगरेको उनले बताए। प्रमुख प्रशासकीय अधिकृत आचार्य भने मेयर थारू र उपमेयर रत्नकुमारी पाण्डेसँग झगडामा उत्रिएका थिए।

मंगलबार आचार्य समयमा कार्यालय पनि आएका थिएनन्। उपमेयर पाण्डेका अनुसार तीन जना दिउँसो साढे दुई बजेतिर मदिराले मातेर कार्यालय आएका थिए।

‘प्रमुख प्रशासकीय अधिकृतज्यू मदिराले मातेको तालमा सोझै मेरो कार्यकक्षमा प्रवेश गर्नुभएको थियो,’ उपमेयर पाण्डेले भनिन्, ‘उहाँले मेरो कार्यकक्षमा आएर मुक्काले टेबल हान्दै मनपरी बोल्नुभयो। मेयर र उपमेयरलाई सडकछाप बनाइदिन्छु भन्नुभयो। तिमीहरूको घर जलाइदिन्छु भन्दै तथानाम बोल्नुभयो।’

आफूले सम्झाउँदै संयमित भएर बोल्न आग्रह गरे पनि आचार्यले झनै मनपरी बोल्दै टेबल ठोक्दै उदण्डता प्रदर्शन गरेको उपमेयर पाण्डेले बताइन्।

उहाँ मेरो कार्यकक्षमा प्रवेश गरेपछि अरू कसैलाई भित्र प्रवेश गर्न दिनुभएन। मैले सम्झाउँदा पनि मान्नुभएन,’ पाण्डेले भनिन्, ‘मेयर साहेबको कार्यकक्षमा जाऔं, उतै सल्लाह गरौंला भन्दा पनि उहाँले म जान्नँ, त्यसलाई यहीँ बोलाऊ भन्दै मनपरी गर्नुभएको थियो।

मदिराले मातेका आचार्य अराजक शैलीमा प्रस्तुत भएपछि डराएकी पाण्डे सुटुक्क भागेर मेयरको कार्यकक्षमा पुगेकी थिइन्।

म मेयर साहेबको कार्यकक्षमा गई प्रमुख प्रशासकीय अधिकृत आचार्यको अवस्थाबारे अवगत गराएँ। अनि मेयर साहेबले प्रहरीलाई फोन गरी बोलाउनुभयो,’ पाण्डेले भनिन्, ‘प्रहरीले तीनै जनालाई नियन्त्रणमा लियो।’

इलाका प्रहरी कार्यालय जयनगरबाट आएको प्रहरी वरिष्ठ नायब निरीक्षक बालबहादुर थापाको नेतृत्वमा आएको टोलीले आचार्य, गौतम र भण्डारीलाई पक्राउ गरेको थियो। त्यसपछि नगर अस्पताल लगेर उनीहरू मापसे परीक्षण गरियो। आचार्यले मदिरा सेवन गरेको पुष्टि भए पनि गौतम र भण्डारीले मदिरा सेवन गरेको नदेखिएको अस्पतालको रिपोर्टमा उल्लेख छ।

मंगलबार बेलुकीपख भने आचार्य, गौतम र भण्डारी तीनै जनालाई आफन्तको जिम्मा लगाइ छोडिएको छ।

प्रहरीले नियन्त्रणमा लिएपछि पनि आचार्यले आफ्नो फेसबुकमा मनपरी र तथ्यहीन कुराहरू लेखेर बदनाम गर्न खोजेको उपमेयर पाण्डेले बताइन्।

मेयर थारूले पावर टिलर खरिदमा पाँच लाख रूपैयाँ घुस खान नपाएपछि आफूलाई बदनाम गर्न र फसाउन षड्यन्त्र गरेको भनेर आचार्यले लेखेको उपमेयर पाण्डेले बताइन्।

‘मदिराले मातेर उहाँले अराजकता र उदण्डता प्रदर्शन गर्नुभएको थियो,’ उनले भनिन्, ‘आफ्नो जिम्मेवारी र पदीय मर्यादा विपरीत अराजकताको सजायको भागीदार उहाँ हुनुपर्छ।

मेयर थारूका अनुसार आचार्य मंगलबार कार्यालय समयमा आएका थिएनन्। उनले भान्सेमार्फत ‘गरिबसँग विश्वेश्वर कार्यक्रम’ की सुशिला पौडेल र पोषण शाखामा कार्यरत सुजना घिमिरेलाई अवकाश पत्र पठाएका थिए। सहायक लेखापाल सतेन्द्र जिसीलाई प्रदेशमा र अर्का चौथो तहका कर्मचारी लेखनाथ पौडेललाई संघमा काज फिर्ताको पत्र पठाएका थिए।

‘त्यो पत्र मैले चलानी हुन नदिएर रोकिदिएको थिएँ,’ मेयर थारूले भने, ‘मैले रोकिदिएको थाहा पाएपछि उहाँले मलाई फोन गरी मनपरी बोल्नुभएको थियो।’

आफूले आचार्यलाई फोनमै सम्झाउन खोजेको पनि उनले बताए।

सम्झाउन खोज्दा उहाँले मलाई फोनमै तँ थारू, तँलाई सडकछाप बनाइदिन्छु भन्दै धम्की दिनुभएको थियो,’ उनले भने।

त्यो फोन वार्ता भएको केही बेरमै, दिउँसो साढे २ बजेतिर प्रमुख प्रशासकीय अधिकृत आचार्य मातेर उपमेयर पाण्डेको कार्यकक्षमा पुगेका थिए।

‘कार्यालयमा सर्वसाधारण सेवाग्राही पनि धेरै आएका थिए,’ मेयर थारूले भने, ‘उहाँको कारण आज नगरकै बदनाम भयो। उहाँको उपद्रो सम्झिँदा मलाई अहिले पनि लाज लागिरहेको छ।’

समग्र कर्मचारी र नगरकै बदनाम हुने अवस्था देखेपछि आफूले प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायतलाई अवगत गराएको उनले बताए।

यो घटनाबारे बुधबार कार्यपालिका बैठक बसेर निर्णय गर्ने पनि उनले बताए।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत आचार्यले फेसबुकमा लेखेको विषयबारे सोध्दा मेयर थारूले भने, ‘उहाँले मान्नुभएको थिएन, मैले नै कार्यपालिका बैठकबाट पारित गरेको पावर टिलर खरिद गर्ने कुरा इ-बिडिङ गर्न लगाएको थिएँ। अहिले त्यो ठेक्का परे पनि कसलाई परेको छ भन्ने पनि मलाई थाहा छैन। सम्झौता हुनै बाँकी छ। उहाँले ममाथि लगाउने खोजेको आरोप निराधार हो। आवेग र उत्तेजना मात्रै हो।’

नगरले किसानको ५० प्रतिशत लगानीमा पावर टिलर खरिद गर्न थालेको हुँदा कसैले बदमासी गर्न नपाओस् भनेर इ-बिडिङ गर्दा त्यो आचार्यलाई मन नपरेको मेयर थारूको भनाइ छ।

सुर्खेतका आचार्य आगामी वैशाख १४ गते अनिवार्य अवकाशमा जाँदैछन्। सेतोपाटी बाट साभार

प्रतिक्रिया

छुटाउनुभयो कि ?

अछामका दीपक साउँद एमाले केन्द्रीय सदस्य, लिए शपथ

अछामका दीपक साउँद एमाले केन्द्रीय सदस्य, लिए शपथ

धनगढी- नेकपा (एमाले) अछामका नेता दीपक साउँदले पार्टीको केन्द्रीय कमिटी सदस्यको शपथ लिएका छन्। एमालेको विधानको धारा ६० को उपधारा...
२५ वर्षकी गुमाको शंकास्पद मृत्यु : श्रीमान सहित अन्य प्रहरी नियन्त्रणमा

२५ वर्षकी गुमाको शंकास्पद मृत्यु : श्रीमान सहित अन्य प्रहरी नियन्त्रणमा

धनगढी : धनगढी उपमहानगरपालिका–१९ की २५ वर्षीया गुमादेवी जोशीको शंकास्पद मृत्यु भएको भन्दै माइती पक्षले निष्पक्ष छानबिन गरी दोषीमाथि...
रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रमित ओली, कैलारी - कैलाली कैलालीको कैलारी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेसलगायत विभिन्न राजनीतिक...
एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

रमित ओली, कैलारी - रसुवामा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका कैलारी गाउँपालिकाका दुई जनाका परिवारलाई कैलारी गाउँपालिका–५...
एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

धनगढी- बझाङको बित्थडचिर गाउँपालिका खेलकुद विकास समितिले एमएमए फाइटर रबिन्द्र ढाँटलाई स्वागत तथा बिदाइ गरेको छ। आफ्नो प्रतिद्वन्द्...
भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

धनगढी- कैलाली क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि भोजबहादुर बमले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला पुरुष)...
बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज