Advertisement

आज तिहारको दोस्रो दिन लक्ष्मीपूजा, कुकुर तिहार पनि आजै

Advertisement

यमपञ्चक अर्थात् तिहारको दोेस्रो दिन आज धनधान्य, ऐश्वर्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरी लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर बेलुका लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्‍याङलगायत ठाउँमा सरसफाइ गरी दीपावली गरिन्छ ।

आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ । लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज बेलुका आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो देखाइन्छ ।

पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाइ विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ ।  लक्ष्मीपूजापछि कन्या र छोरीचेलीलाई लक्ष्मीको प्रतीक मानी दक्षिणासमेत दिने प्रचलन छ ।

आज घरमा लक्ष्मी पूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने विश्वास छ । लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘धनधान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

आज बेलुका समूह बनाइ घरघरमा भैलो पनि खेलिन्छ । आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान मानिन्छ । लक्ष्मी पूजाको अवसरमा सहरबजारमा दीपावली गरी झिलीमिली बनाइन्छ । हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार हिजोदेखि शुरु भएको हो ।

चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ । यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ । यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

जनताको स्वास्थ्यप्रति नेता साउँद चिन्तित, भालुको आक्रमणबाट घाइते अम्बीलाई भेट्न चिकित्सकको टोलीसहित कोहलपुर

जनताको स्वास्थ्यप्रति नेता साउँद चिन्तित, भालुको आक्रमणबाट घाइते अम्बीलाई भेट्न चिकित्सकको टोलीसहित कोहलपुर

धनगढी- भालुको आक्रमणबाट गम्भीर घाइते भएकी अछामको रामारोशन गाउँपालिका-६, भाटाकाटियाकी अम्बी साउँदको स्वास्थ्य अवस्था बुझ्न नेकपा (ए...
भदौ २२ गते छबिसपाथिभेरा गाउँपालिकामा सार्वजनिक विदा

भदौ २२ गते छबिसपाथिभेरा गाउँपालिकामा सार्वजनिक विदा

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिकाले सुदूरपश्चिमकै धार्मिक ऐतिहासिक तथा सांस्कृतिक बिर्सती मेलाको अवसरमा सार्वजनिक विदा दिएको छ...
अपिहिमालको भट्टार पहिरो : राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि प्रदेश सरकारसँग सहयोग माग

अपिहिमालको भट्टार पहिरो : राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि प्रदेश सरकारसँग सहयोग माग

धनगढी- दार्चुलाको अपिहिमाल गाउँपालिका-१ भट्टार बस्तीमा गएको पहिरोबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा क्षतिग्रस्त संरचनाको ...
बझाङको थलिनौबिस क्षेत्रमा बिर्सती मेलाको रौनक, खेलकुदसँगै देउडा र राष्ट्रिय कलाकारको प्रस्तुति

बझाङको थलिनौबिस क्षेत्रमा बिर्सती मेलाको रौनक, खेलकुदसँगै देउडा र राष्ट्रिय कलाकारको प्रस्तुति

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका- ६ र दुर्गाथली गाउँपालिका-५ र ७ को मध्यबिन्दुमा लाग्ने ऐतिहासिक तथा धार्मिक बिर्सती मेलाको र...
सुदूरपश्चिममा गौरा पर्वको उल्लास, आज अठवाली मनाइँदै

सुदूरपश्चिममा गौरा पर्वको उल्लास, आज अठवाली मनाइँदै

धनगढी- सुदूरपश्चिम प्रदेशमा परम्परागत तथा सांस्कृतिक पर्व गौरा मनाउने क्रम जारी छ। गौरा पर्वको मुख्य दिन मानिने अठवाली अर्थात् अष्...
गौरीगङ्गा नगरपालिकाले रसुवाका विपद् प्रभावितका लागि ३८ लाख रुपैयाँ सहयोग गर्ने

गौरीगङ्गा नगरपालिकाले रसुवाका विपद् प्रभावितका लागि ३८ लाख रुपैयाँ सहयोग गर्ने

कैलाली- कैलालीको गौरीगङ्गा नगरपालिकाले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुन...
बझाङको गर्जेपानी माविलाई धनगढीको चैतन्य पाठशालाद्वारा पोसाक प्रदान

बझाङको गर्जेपानी माविलाई धनगढीको चैतन्य पाठशालाद्वारा पोसाक प्रदान

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका-१ रायलमा रहेको गर्जेपानी माध्यमिक विद्यालयमा अध्यनरत बिद्यार्थीलाई पोशाक प्रदान गरिएको छ । कैल...
बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज