Advertisement

गणतन्त्रका कुरालाई जनतासम्म पुर्‍याउन जागरण सभा गर्दै एमाले

Advertisement

बझाङ- नेकपा (एमाले) जिल्ला कमिटी बझाङले गणतन्त्रका कुराहरुलाई जनता सम्म पुर्याउनका लागि जागरण सभा गर्ने भएको छ । शनिबार पार्टी कार्यालय पानकोटमा नागरिक समाज र पत्रकारहरु संग गणतन्त्रको पक्षमा गरिएको अन्तरसंवाद कार्यक्रममा जनताहरुलाई गणतन्त्रको बारेमा सचेतना फैलाउनुपर्ने सुझाव आएपछी उक्त जागरण सभाको आयोजना गर्ने नेकपा (एमाले) जिल्ला कमिटी उपसचिव पंकज भण्डारीले बताए । शनिबार गरिएको अन्तरसंवाद कार्यक्रममा सहभागीहरुले पार्टी भित्र पनि आन्तरिक लोकतन्त्र बलियो बनाउनुपर्ने बताएका थिए । राजनितीकदलहरुका केहि नराम्रा कामहरुले पनि राजावादीहरु सलबलाउन थालेको सहभागीहरुको भनाई थियो ।

राजतन्त्र आएपछी केहुन्छ भन्नेकुरा हिजोको राजावादीको आन्दोलनको घटनाले देखाई सकेको संविधान सभासदस्य तथा नेकपा (एमाले)का केन्द्रीय सदस्य अफिलाल ओखेडाले बताए । राजतन्त्रले यसरीनै हत्या, हिंसा गर्ने भएकाले हिजोको आन्दोलनले उक्त कुराको पुष्टि गरेको बताए । कार्यक्रममा बोल्दै सुदुरपश्चिम प्रदेशका पुर्व सभामुख अर्जुनबहादुर थापाले गणतन्त्रको पक्षमा जनचेतना फैलाउन सबैलाई आग्रह गरेका छन् ।

अहिले राजावादीहरुले गणतान्त्रीक व्यवस्थालाई हतोउत्साहित गराउन खोजेको नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज भैरव बहादुर सिंहले आरोप लगाएका छन् । हिजोको आन्दोलनको क्षतीपुर्ति ज्ञानेन्द्र शाहलाई तिराएर प्रकाउ गर्नुपर्ने सिंहले बताए । पार्टी केन्द्रको सर्कुलर अनु्सार चैत १८ गते हुने जागरण सभामा जनतामा आएका निरासालाई चिर्ने र गणतन्त्रका विषयमा सचेतना फैलाउने नेकपा (एमाले) जिल्ला कमिटी अध्यक्ष दिल बहादुर भण्डारीले बताए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज