Advertisement

काभ्रेपलाञ्चोकमा सातौं ब्याचको स्कुल नर्स तालिम सम्पन्न

Advertisement

काभ्रेपलाञ्चोकमा स्कुल नर्स तालिमको सातौं ब्याच कार्यक्रम सम्पन्न भएको छ। विद्यालय स्वास्थ्य सेवाको सुदृढीकरणका लागि स्वास्थ्य शिक्षा चेतना तथा अधिकार नेपाल (हियर नेपाल ) द्वारा सञ्चालित उक्त तालिम सम्पन्न भएको हो ।

दिनसम्म चलेको तालिममा विद्यालय स्वास्थ्य सेवाका लागि आवश्यक ज्ञान, सीप र व्यवहारिक पक्षहरू बारे व्यापक प्रशिक्षण दिइएको थियो।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश स्वास्थ्य तालिम केन्द्रका निर्देशक रहनु भएको थियो । । उनलेे विद्यालयमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न नर्सहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै, तालिमले विद्यालय नर्सहरूलाई व्यवहारिक रूपमा दक्ष बनाउने विश्वास व्यक्त गरे । त्यस्तै उनलेे विद्यालय स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकारी निकाय, विद्यालय प्रशासन, नर्सहरू र सरोकारवालाहरूबीच समन्वय आवश्यक रहेको उल्लेख गरेका थिए ।

तालिमका विशेष अतिथि काभ्रेपलाञ्चोक जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख राघिश्री कक्षापती रहेका थिए। उनलेे विद्यालयहरूमा स्वास्थ्य सेवा प्रवर्धनका लागि योग्य र दक्ष नर्सहरूको आवश्यकताबारे प्रकाश पार्दै, सो तालिमले विद्यालय स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्ने बताए ।

तालिमको प्रमुख प्रशिक्षक मन्दिरा शाही र कुन्ज प्रशाद जोशीले सहभागी नर्सहरूलाई तालिममा सिकाइएका सीपहरू विद्यालयमा कार्यान्वयन गर्न निर्देशन दिए। प्रशिक्षकहरूले किशोराअवस्था तथा किशोरी स्वास्थ्य, प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य, पोषण, यौन दुर्व्यवहार तथा हिंसाबाट बच्ने उपाय, महिनावारी व्यवस्थापन र प्राथमिक उपचार जस्ता महत्वपूर्ण विषयहरूमा प्रशिक्षण प्रदान दिएका हुन् ।

सहभागी नर्सहरूले तालिममा सिकेका कुराहरू विद्यालयहशरमा लागु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तालिम कार्यक्रमको समापन हियर नेपालका अध्यक्ष माधव जोशी अध्यक्षमा गरिएको हो । अध्यक्ष जोशीले सहभागी नर्सहरूलाई विद्यालय स्वास्थ्य कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सधैं प्रेरित रहन आग्रह गरे ।

स्वास्थ्य शिक्षा चेतना तथा अधिकार नेपालले आगामी दिनहरूमा थप जिल्लाहरूमा ,स्कुल नर्स तालिम सञ्चालन गर्ने योजना बनाएको छ, जसले विद्यालय स्वास्थ्य सेवाको दायरा फराकिलो पार्ने र विद्यार्थीहरूको समग्र स्वास्थ्य सुधारमा योगदान पुर्‍याउनेछ।

विद्यालय नर्सहरू विद्यालय स्वास्थ्य प्रणालीको मेरुदण्ड हुन्। यस्तो तालिमले उनीहरूलाई व्यवहारिक रूपमा दक्ष बनाउनुका साथै विद्यार्थीहरूलाई स्वास्थ्य सुरक्षाको पहुँचमा ल्याउन मद्दत गर्दछ। काभ्रेपलाञ्चोकमा सम्पन्न सातौं ब्याचको यो तालिमले विद्यालय नर्सहरूलाई सशक्त बनाएको छ, जसले आगामी दिनमा विद्यालय स्वास्थ्य सेवामा महत्वपूर्ण सुधार ल्याउनेछ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज