Advertisement

प्रदेश सभा सदस्यका लागि ३१ लाखबढी रकम खर्चेर ल्यापटप खरिद गरिदै

Advertisement

धनगढी- सुदूरपश्चिम प्रदेश सभाका सदस्यका लागि साढे ३१ लाख रुपैयाँ बढी खर्चेर ल्यापटप खरिद गरिदैछ। प्रदेश सभा सचिवालयले ४३ जना प्रदेश सभा सदस्यका लागि नयाँ ल्यापटप गरिद गर्न लागेको हो।प्रदेश सभा सदस्यको कामकारबाहीलाई सहज र प्रविधिमैत्री बनाउनका लागि प्रदेश सभा सचिवालयले नयाँ दिने जनाइएको छ। प्रदेश सभा सचिवालयले लेनेभोको आई–५ एसेसोरिज भएको ४३ थान ल्यापटप खरिदका लागि फर्मसमेत छनोट गरिसकेको छ। ल्यापटप खरिदका लागि माघ १५ गते बोलपत्र आह्वान गरेको थियो।

आठ बोलपत्र दर्ता भएकोमा सबैभन्दा कम अङ्क कबोल गर्ने धनगढीकै उग्रतारा ट्रेडिङ एण्ड सप्लायर्सको बोलपत्र छनोट भएको छ। सो फर्मले ३१ लाख ८२ हजार ६४५ रुपियाँ ९मूल्य अभिवृद्धि करसहित० मा ४३ थान ल्यापटप उपलब्ध गराउने कबोल गरेको छ। बोलपत्र छनोट भइसकेकाले अब चाँडै नै ल्यापटप खरिद हुने प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले बताउनुभयो। सुदूरपश्चिम प्रदेश सभामा ५३ जना प्रदेश सभा सदस्य रहेकोमा १० जना सरकारमा हुनुहुन्छ। मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्रीबाहेकका प्रदेश सभा सदस्यका लागि प्रदेश सभा सचिवालयले नयाँ ल्यापटप खरिद गर्न लागेको हो।

यसअघि, अघिल्लो प्रदेश सभाका सदस्यलाई पनि ल्यापटप दिइएको थियो। प्रदेश सभा सचिवालयले आई–३ एसेसोरिज भएको लेनेभोकै ४६ थान ल्यापटप खरिद गरेर आफ्ना सदस्यलाई दिएको थियो। सो ल्यापटप पुरानो भएको र धेरैजसो नचल्ने बनेका जनाइएको छ। यसैगरी, कतिपय प्रदेश सभा सदस्यले ल्यापटप फिर्ता नगरेका जनाइएको छ। पाँच वर्षे कार्यकाल सकिएपछि धेरैजसोले प्रदेश सभालाई नै ल्यापटप फिर्ता गरे पनि १२ जनाले अहिलेसम्म ल्यापटप फिर्ता नगरेको जैसीले बताए।

यसअघि, अघिल्लो प्रदेश सभाका सदस्यलाई पनि ल्यापटप दिइएको थियो। प्रदेश सभा सचिवालयले आई–३ एसेसोरिज भएको लेनेभोकै ४६ थान ल्यापटप खरिद गरेर आफ्ना सदस्यलाई दिएको थियो। सो ल्यापटप पुरानो भएको र धेरैजसो नचल्ने बनेका जनाइएको छ। यसैगरी, कतिपय प्रदेश सभा सदस्यले ल्यापटप फिर्ता नगरेका जनाइएको छ। पाँच वर्षे कार्यकाल सकिएपछि धेरैजसोले प्रदेश सभालाई नै ल्यापटप फिर्ता गरे पनि १२ जनाले अहिलेसम्म ल्यापटप फिर्ता नगरेको जैसीले जानकारी बताए।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज