Advertisement

कैलाली हिरासतमा युवकको ‘हत्या’ गरिएको भन्दै छानबिनकाे माग

Advertisement

कैलाली: जिल्ला प्रहरी कार्यालयमा बयान दिने क्रममा बेहोस भएर कुर्सीबाट ढलेर मृत्यु भएको भनिएका ३१ वर्षीय कृष्ण सेट्टीको ‘हत्या’ गरिएको भन्दै आफन्तले छानबिनको माग गरेका छन्।

स्वास्थ्य अवस्थामा कुनै समस्या नरहेका खाइलाग्दो ज्यान भएका युवक कृष्णको प्रहरी हिरासतमा बिहिबार बिहान अचानक मृत्यु भएको थियो। युवकको ‘हत्या’ भएको आरोप लगाउँदै घटनाको छानबिन गरी सत्यतथ्य कुरा बाहिर ल्याउने माग राखी आफन्तले शवको पोष्टमार्टम समेत गर्न दिएका छैनन्। ‘स्वास्थ्य अवस्थामा कुनै समस्या नभएका मेरा भाइको हत्या गरिएको हो, छानबिन गरेर सत्यतथ्य कुरा बाहिर ल्याउनुपर्छ भनेर हाम्रो माग हो’ मृतकका दाजु गणेश सेट्टीले भने,‘भाइको हत्या भएको घटना पत्ता लगाउनुपर्छ भनेर हामीले शवको पोष्टमार्टम पनि गर्न दिएका छैनौँ।’

बुधवार साँझ मात्र कम्मल दिन हिरासतमा गएका वेला भाइको स्वास्थ्य अवस्था ठिक रहेको उनको भनाइ छ। ‘हट्टाकट्टा ज्यान भएको मेरो भाइको अहिलेसम्म स्वास्थ्यमा कुनै समस्या थिएन, अघिल्लो दिन साँझ भेट्दा पनि ठिक थियो, बिहीबार बिहान बिरामी भयो भनेर प्रहरीले खबर गरेर बुहारी र म आउँदा अस्पतालमा भाइको लास देख्यौँ’उनले भने,‘आफै मृत्यु भएको हो भनेर कसरी पत्याउनेरु’ प्रहरीले मृतकका आफन्तलाई प्रहरी कार्यालय भित्र उनलाई राखेको हिरासत र बयान लिएको ठाउँको सिसि क्यामेरा हेर्न दिएको छ।

कैलाली प्रहरी कार्यालयका प्रहरी उपरीक्षक देवेन्द्र सिंह पालले बिहिबार बिहान बयान लिने क्रममा कुर्सीबाट बेहोस भएर ढलेको र उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा युवकको मृत्यु भएको बताएका छन्। ‘सिसि क्यामेरा हेर्दा हिरासत भित्र पनि ती युवक तनावमा बस्ने, उठ्ने र यताउता हिँड्ने छटपटाहट भएजस्तो देखिन्छ,’ एस पी पालले भने,‘बयान लिने क्रममा कुर्सिमा बसेकै वेला बेहोस भएर ढल्नु भयो र उपचारका क्रममा मृत्यु भयो।’ सेती प्रादेशिक अस्पतालमा ल्याउँदा सेट्टी गंभिर अवस्थामा रहेको अस्पतालका प्रवक्ता किशोर श्रेष्ठले बताए। पोष्टमार्टम हुन बाँकी रहेकोले मृत्युको यकिन कारण खुल्न सकेको छैन। मृतकका आफन्तले नै पोष्टमार्टम हुन नदिएको श्रेष्ठले बताए।

मृतक सेट्टीका श्रीमती, चार र छ वर्षका एक छोरा एक छोरी रहेका छन्। धनगढी उपमहानगरपालिका वडा नं १६ विद्यालय क्षेत्रमा गत सोमवार पसलबाट मदिरा चोरी खाएको भनेर ३८ वर्षीय लालबहादुर थापाको वासँको लाठी हानेर हत्या गरेको अभियोगमा सेट्टी पक्राउ परेर प्रहरी हिरासतमा रहेका थिए।

Exif_JPEG_420

प्रतिक्रिया

छुटाउनुभयो कि ?

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।...
दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङ- अमेरिकामा रहेका नेपाली तथा गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको राइड–सेयरिङ कम्पनी ‘सेफ राइड’ले आफ्नो सेवा दाङबा...
तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

पुणे- नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रम स्थगित गर्दै भारतको महाराष्ट्रस्थित अखिल व...
बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

नेपाल चिकित्सक सङ्घको राहत अभियानमार्फत ३०० घरधुरीका १,५०० जना लाभान्वित हुने काठमाडौं, भदौ २६ — हालैको बाढीबाट प्रभावित परिवार...
बझाङको विकासमा दलभन्दा माथि उठेर काम गर्न सांसद महरको आग्रह

बझाङको विकासमा दलभन्दा माथि उठेर काम गर्न सांसद महरको आग्रह

रमेश केसी- प्रतिनिधिसभा सदस्य ऐन महरले बझाङको विकास र गरिबी निवारणका लागि दलगत स्वार्थभन्दा माथि उठेर साझा उद्देश्यका साथ अघि बढ्न...
जन्मदिनमा समाजसेवा रोजे बहादुर खड्काले, ४२ विद्यार्थीलाई शैक्षिक सामग्री

जन्मदिनमा समाजसेवा रोजे बहादुर खड्काले, ४२ विद्यार्थीलाई शैक्षिक सामग्री

धनगढी- कैलालीकाे गौरीगंगा नगरपालिका-६ का समाजसेवी युवा नेता बहादुर खड्काले आफ्नो जन्मोत्सवको अवसरमा विभिन्न विद्यालयमा अध्ययनरत वि...
जुम्लाका ८२.७ प्रतिशत विद्यार्थी रक्तदान गर्न इच्छुक, १९.५ प्रतिशतले मात्र गरे रक्तदान

जुम्लाका ८२.७ प्रतिशत विद्यार्थी रक्तदान गर्न इच्छुक, १९.५ प्रतिशतले मात्र गरे रक्तदान

जुम्ला । जुम्लाका कलेज तथा विश्वविद्यालय तहका विद्यार्थीमा रक्तदानप्रति सकारात्मक सोच र रक्तदान गर्ने इच्छाशक्ति उच्च भए पनि त्यसल...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज