Advertisement

बझाङ केदारस्युँ घर भएका गोदावरीका एकजना २५३ ग्राम चरेससहित पक्राउ

Advertisement

 

गोदावरी, कैलाली – बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका निवासी ४५ वर्षीया गौरा गुरुधामीलाई २५३ ग्राम चरेससहित प्रहरीले पक्राउ गरेको छ। उनी हाल गोदावरी नगरपालिका–९ मा बस्दै आएकी थिइन्।

प्रहरी स्रोतका अनुसार, गुरुधामीलाई गोदावरीस्थित आफ्नै घरबाट चरेससहित पक्राउ गरिएको हो। लागुऔषध ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी निरीक्षक योगेश खत्रीको टोली र लागुऔषध नियन्त्रण ब्युरोको सहकार्यमा उनलाई पक्राउ गरिएको हो।

प्रहरी निरीक्षक खत्रीले भने– “हामी लागुऔषध कारोबार नियन्त्रणका लागि निरन्तर निगरानी गरिरहेका छौँ। स्थानीय समुदायको सहयोगले यस्ता घटनामा संलग्न व्यक्तिहरू पक्राउ गर्न सहज भएको छ। अवैध लागुऔषध कारोबारमा संलग्न जो कोहीलाई कानुनी कारबाही गरिनेछ।”

साथै, प्रहरी निरीक्षक खत्रीले “लागुऔषध अलिकति मात्र समातेको” भनेर जनमानसमा बुझाइ हुने गरेको बताउँदै, समातिएको थोरै मात्राले पनि समाजमा पार्ने दीर्घकालीन असरबारे सचेत हुनुपर्ने” बताएका छन्। “यदि त्यो थोरै मात्राले पनि ५०/१०० जना सेवनकर्तालाई रोक्न सकिन्छ भने, त्यो नै समाजमा घट्न सक्ने ठूला घटनाहरू कम गर्ने उपाय हो,” उनले थपे।

स्थानीयहरूका अनुसार, निरीक्षक खत्री वडा इन्चार्ज भएदेखि यस्ता अवैध गतिविधिहरूमा संलग्न व्यक्तिहरू बारम्बार पक्राउ परेका छन्, जसका कारण पछिल्लो समय लागुऔषध सम्बन्धी घटनाहरूमा गिरावट आएको छ।

प्रहरीका अनुसार, पछिल्लो समय लागुऔषध नियन्त्रण ब्युरो र वडा प्रहरी कार्यालयको सहकार्यमा समाजमा रहेको लागुऔषध सम्बन्धी समस्याको विरुद्धमा कडा अभियान चलाइँदै आएको छ।

हाल पक्राउ परेकी गुरुधामीमाथि लागुऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेशमा लागुऔषध कारोबार नियन्त्रणका लागि प्रहरीले निगरानी अझ कडा बनाएको बताइएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज