Advertisement

धनगढीको ऐश्वर्य क्याम्पसमा फर्जी मतदान प्रयास, एक जना पक्राउ , १४०३ भोट खस्यो

Advertisement

धनगढी – ऐश्वर्य बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका क्रममा फर्जी मतदान गर्न खोज्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा डोटी जिल्लाको शिखर नगरपालिका-४ निवासी २५ वर्षीय भोजराज भट्ट रहेका छन्। कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराका अनुसार भट्ट कैलाली बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत विद्यार्थी हुन्।

प्रहरीका अनुसार भट्ट मतदान केन्द्रमा फर्जी मत हाल्न पुगेका थिए तर मत खसाल्न नपाउँदै उनलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेपछि घटनाले राजनीतिक मोड लिएको छ।

एमाले निकट अनेरास्ववियुले नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघमाथि फर्जी मतदानको आरोप लगाएको छ। अनेरास्ववियुका अनुसार चुनावमा धाँधली गर्न प्राध्यापकहरूले समेत संलग्न भएर नेविसंघका उम्मेदवारलाई जिताउन प्रयास गरिरहेका छन्।

यता, नेविसंघले भने उक्त आरोप अस्वीकार गर्दै निर्वाचनलाई निष्पक्ष बनाउन आफूहरू प्रतिवद्ध रहेको जनाएको छ। घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै विद्यार्थी संगठनहरूबीच आरोप-प्रत्यारोप चलिरहेको छ।

यस विषयमा प्रहरी प्रशासनले आवश्यक अनुसन्धान अघि बढाइसकेको जनाएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज