Advertisement

कैलालीमा होरीको दिन ८ सवारी दुर्घटना, १३ जना घाइते

Advertisement

धनगढी- कैलालीमा होरी दिन मात्र ८ वटा सवारी दुर्घटना भएका छन्। जिल्लाका विभिन्न स्थानहरूमा होलीको दिनमा ८ वटा सवारी दुर्घटना भएका हुन्  । उक्त दुर्घटनामा परि १३ जना घाइते भएका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका–१९ फूलबारी, लम्की चुहा नगरपालिका–२ गणेशचोक, टीकापुर नगरपालिका–१ बम पेट्रोलपम्प, बर्दगोरिया गाउँपालिका–२ दोधरा, गोदावरी नगरपालिका–४ बुढीतोला, बर्दगोरिया गाउँपालिका–१ मुडा, धनगढी उपमहानगरपालिका–१३ भित्री सडक र लम्की चुहा नगरपालिका–१० चुहामा सवारी दुर्घटना भएका हुन।

लम्की चुहा नगरपालिका–२ गणेशचोकमा सुदूरपश्चिम प्रदेश ०१००८ प ७५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएके हो। मोटरसाइकलमा सवारी २ जना पुरुष घाइते भएका छन्। उनीहरूको लालरन्त अस्पताल लम्कीमा उपचार भएको छ। टीकापुर नगरपालिका–१ बम पेट्रोलपम्प नजिक सुदूरपश्चिम प्रदेश ०१००८ प ९२५४ नम्बरको मोटरसाइकलले ६५ वर्षीय वृद्धलाई ठक्कर दिएको छ। उनलाई नेपालगञ्ज रेफर गरिएको छ। मोटरसाइकल चालको लम्कीमा उपचार हुँदैछ।
यता, बर्दगोरिया गाउँपालिका–२ दोधरामा सुदूरपश्चिम प्रदेश ०१००७ प ९४६१ नम्बरको मोटरसाइकलले ६ वर्षीया बालिकालाई ठक्कर दिएको छ। गोदावरी नगरपालिका–४ बुढीतोलामा सुदूरपश्चिम प्रदेश ०१०१२ प ८५८२ नम्बरको मोटरसाइकल दुर्घटना भएको छ। मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा १८ वर्षीय युवक घाइते भएका छन्। उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार हुँदैछ।
कैलालीको बर्दगोरिया गाउँपालिका–१ मुडा गाउँमा से ३ प ४०९० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको छ। मोटरसाइकल दुर्घटनामा २७ वर्षीय र २६ वर्षीय २ युवा घाइते भएका छन्। उनीहरूलाई नेपालगञ्ज रेफर गरिएको छ। धनगढी उपमहानगरपालिका–१३ भित्रि सडक खण्डमा से ७ प २८६ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको छ। मोटरसाइकलले पैदलयात्री ५५ वर्षीय पुरुषलाई ठक्कर दिएको हो। उनलाई पनि नेपालगञ्ज् रेफर गरिएको छ। मोटरसाइकल चालक १८ वर्षीय युवकको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार हुँदैछ।
उता कैलालीको लम्की चुहा नगरपालिका–१० चुहामा सुदूरपश्चिम प्रदेश ०१०१२ प ६४१८ नम्बरको मोटरसाइकलले १५ वर्षीय युवकलाई ठक्कर दिएको छ। उनलाई पनि कोहलपुर रेफर गरिएको छ। विभिन्न अनलाइनबाट साभार

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज