Advertisement

पालिका टिमले गरेको काममा आफूले गरेको भन्दै अफवाह फैलाउँदै एमाले नेता धामी

Advertisement

धनगढी- बझाङमा नेकपा एमालेका एक नेताले पालिकाको टिमले गरेको कामलाई एमाले गरेको भन्दै अफवाह फैलाएका छन् । एमालेका प्रदेश कमिटी सदस्य समेत रहेका दल बहादुर धामीले दुर्गाथलि गाउँपालिकाको टिमले गरेको कामलाई एमालेले गरेको भन्दै अफवाह फैलाएका हुन् ।

एमाले नेता धामीले मंगलबार आज विहानै सामाजिक संजाल फेसबुकमा लेख्दै दुर्गाथलि गाउँपालिका अध्यक्ष दिलबहादुर थापा नेतृत्वको टिमले गरेको कामलाई एमालेले गरेको भन्दै अफवाह फैलाएको पाइएको छ ।

एमाले नेता धामीले आफ्नो फेसबुकमा पोष्ट गर्दै भनेेका छन्, दुर्गाथली गाउँपालिकाका वडा नं. ५,६ मा विद्युतिकरणका लागि आफुले पहल गरेको “हामी जनताको काममा विश्वास गर्दछौं । बझाङ दुर्गाथलि वडा नं ५ का केन्द्रीय विद्युत बल्न बाँकि रहेका जाप्रि बुढामेल बाईकाट्या गिर्पु बिन्नीबिसौना समेतका टोलहरु, वडा नं ६ चुवाबन र वडा नं ७ मा केन्द्रीय विद्युत बाल्न सफल हुनेभएका छौं । हाम्रो प्रस्तावित १,५५,३१,६४१.६९( एक करोड पच्पन्न लाख एकतिस हजार छ सय एकचालिस रुपैया उनासत्ररी पैसा) को फाईल सदर भएको छ । धेरै धेरै धन्यवाद विद्युत प्राधिकरण केन्द्रीय कार्यालयका लोकेन्द्र साउद र नवराज ओझालाई ।”
तर, पालिका अध्यक्ष दिल बहादुर थापाले एमाले नेता दलबहादुर धामी प्रति लक्षित गर्दै पालिकाले गरेको शुरुगरेको कामको जस नलिन चेतावनी दिदैँ  कागजपत्र अध्ययन गरेर मात्र बोल्न भनेका छन् । उनले भने पालिकामा सबै पार्टीका नेता कार्यकर्ता, समाजसेवीहरुले दुर्गाथलीको विकासका लागि गरिने पहल लाई स्वागत गरिन्छ तर पालिकाले गरेको कार्यलाई राजनीततिक रुपमा जसलिन खोज्नु लज्जित लाग्ने विषय भएको बताएका छन् ।
विगतमा पनि दुर्गाथलि गाउँपालिकाले गरेको काममा एमाले नेता धामीले मैले गरेको भन्दैँ फेसबुकमा पोष्ट गर्ने गरेका थिए । उनको कार्यशैली कहिलेकाहीँ बझाङ्गतिर जाने गएका बेला भएका कामको फोटो फेसुकमा राखेर आफ्नो पहलमा भएको भनि जसलिन खोज्नु धामीको पुरानै बानी रहेको स्थानीयहरुले बताउने गरेका छन् ।

यता पालिका अध्यक्ष थापाले आज विहान सामाजिक संजाल फेसबुकमा एउटा पोष्ट लेख्दैं पालिकाको आफ्नो टिमले गरेको काम लाई एमाले नेता दल बहादुर धामीले व्यक्तिगत तथा राजनीतिक स्वार्थका लागि दुर्गाथलीको केही वडामा विद्युतीकरणका लागि पहल गरेको भनि सामाजिक संजालमा प्रचार गर्नुले आफु अचम्मित भएको बताएका छन् ।

पालिका अध्यक्ष थापाले आफ्नो फेसबुक वालमा लेखेका छन्”
“दुर्गाथली गाउँ पालिकाको जाफ्री टोल र अर्को बाइकाट्टे, छान्याखोला, सैन दौला, चुवाबन बिधुत लायन बिस्तारको लागि बिधुत प्राधिकरण बाट थप बजेट पालिकाबाट माग भै  १. ३१,००,०००/००  २. १,५५,३१,६४१/६९  बजेट बिनियोजन भै लाईन बिस्तारको काम केहि दिनमा अगाडी बढ्दै छ  । तर सामाजिक संजालमा  नेता , नेताका कार्यकताले प्रचार गलत प्रचार प्रसार गरेको देख्दा अचम्म लागेर आउन्छ यिनीहरु जन्म झुट्को राजनिती गर्न लाइ भएको हो कि जस्तो लाग्छ | नेपाल बिधुत प्राधिकरणको पत्रलाइ लाइ पनि राम्रो सँग अध्ययन  गर्दा पनि प्रष्ट हुन्छ कि दुर्गाथली गाउँ पालिकाको मिती २०८१/०९/२४ चलानी न.४४३ बझाङ बितरण केन्द दर्ता न.२५१ को पत्र अनुसार बिनियोजन गरेको बजेटलाइ मैले  आफै बोकेर लिएको फायललाइ मैले गरे भन्न अलि लाज मानु पदैन नेता ज्यु के जनता अझै गवार छन जस्तो लाग्छ र ? कागजात सबै अध्यन गरि दिन हुन अनुरोध छ ।

पालिका अध्यक्ष दिलबहादुर थापाले पहल गरेका फाइलहरु

 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज