बझाङ- अहिले त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको चहलपहल पढ्दो छ । आउँदो चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि विद्यार्थी नेताहरूले आफ्नो उम्मेदवारी दाबी गरिरहेका छन् ।
यसैबीच बझाङमा रहेको बझाङदिप क्याम्पस झोतामा लामोसमयसम्म विद्यार्थी राजनितिमा हुमिएकी थलारा गाउँपालिका ३ कि महिला नेतृ सुस्मिता थापाले कोषाध्यक्ष पदमा उम्मेदवारी दिने भएकी छन् । उनले क्याम्पसको स्ववियु निर्वाचनमा अखिल (समाजवादी) का तर्फ बाट कोषाध्यक्ष पदमा उम्मेदवारी दिन लागेकी हुन । बझाङदिपमा अखिल (समाजवादी) ले आफ्ना उम्मेदवारहरु टुंगो लगाएर घोषणा समेत गरिसकेका छन् । अखिल ( समाजवादी) कै तर्क बाट सभापतिको उम्मेदवारी दिएका अक्कल धामी नेतृत्व टिममा कोषाध्यक्षमा उम्मेदवारी दिएकी हुन् । अहिले बझाङदिप क्याम्पसमा स्ववियु निर्वाचनमा अखिल ( समाजवादी) ले भने निकै करसत गरिरहेको छ । सँगै बझाङदिप क्याम्पसमा उनको पनि चर्चा चलिरहेको छ ।
यसभन्दा अघिल्लो निर्वाचनमा पनि अखिल (समाजवादी) का तर्फबाट कमल थापा नेतृत्वको टिम नै विजय भएको थियो । कमल थापाले आफ्नो कार्यकालमा गरिब र जेहेन्दार विद्यार्थीहरुको लागि छात्रवृत्ति र छात्रावासको व्यवस्था गरे , पढ्दै कमाउदै अभियान सञ्चालन गरेर च्याउ खेती लगायतका धेरै राम्रा कामहरु गर्दै आएका थिए । कोषाध्यक्षमा उम्मेदवारी दिन लागेकी थापाले आफु निर्वाचित भए छात्राहरुको सशक्तिकरण गर्ने , विद्यालय वा बाहिर (छात्रा) किशोरीहरु माथि हुने गरेका दुर्ब्यबहारको अन्त्य गर्ने , विद्यालयमा हुने हरेक कामहरूमा महिलाको सहभागिता ३३ प्रतिशत भन्दा बढी गराउने , पढ्दै कमाउदै कार्यक्रमलाई निरन्तरता र अझै प्रभावकारी ढंगले अगाडी बढाउने, विद्यार्थीको व्यक्तित्व विकासकामा जोड दिने र क्याम्पस र स्थानिय निकाय संगको सहयोग र समन्वय गरेर टाढा बाट पढ्न आउने विद्यार्थीहरुलाई छात्रा बासको ब्यबस्था गर्ने उनले बताइन् ।

