Advertisement

प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिको दोस्रो अधिवेशन धनगढीमा सुरु

Advertisement

धनगढी – प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिको दोस्रो अधिवेशन आजदेखि धनगढीमा सुरु भएको छ। धनगढीको जियान होटलस्थित सभाहलमा आयोजना गरिएको अधिवेशनले प्रदेशभरिका पत्रकारहरूको व्यापक सहभागिता जुटाएको छ। पत्रकारिता क्षेत्रको सशक्तीकरण, प्रेस स्वतन्त्रताको रक्षा, तथा संगठनात्मक सुदृढीकरणका विषयमा गम्भीर छलफल हुने अपेक्षा गरिएको छ।

अधिवेशनको सभापतित्व प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण ओलीले गरेका छन्। कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत रहेका छन् भने नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश इन्चार्ज तथा केन्द्रिय कमिटी सचिव लेखराज भट्ट, पोलिटब्युरो सदस्य नारदमुनी राना तथा लिला भण्डारी  र अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको छ।

प्रेस चौतारी नेपालको सुदूरपश्चिम प्रदेश अधिवेशनका क्रममा प्रेस चौतारी नेपाल धनगढी र प्रेस चौतारी नेपाल दार्चुलालाई संगठनको गौरवमय इतिहास कायमको लागि सम्मानित गरेको छ ।

अधिवेशनको विशेष क्षणमध्ये एक रूपमा अन्य पत्रकार संगठन त्यागेर प्रेस चौतारी नेपालमा प्रवेश गर्नेहरूको स्वागत गरिएको छ। समाजवादी प्रेस संगठन कैलालीका वरिष्ठ उपाध्यक्ष भरत साउँद (आलोक) तथा अन्य संगठनका प्रेम विश्वकर्मा र दिपेन्द्र बुढा आजदेखि प्रेस चौतारीमा आबद्ध भएका छन्। उनीहरूलाई प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले स्वागत गर्दै संगठनमा सक्रिय भएर लाग्न आग्रह गरे। बस्नेतले प्रेस स्वतन्त्रताको रक्षा, पत्रकारिता पेशाको गरिमा अभिवृद्धि, र श्रमजीवी पत्रकारहरूको अधिकार सुनिश्चितताका लागि चौतारीले अग्रसर भूमिका खेल्ने बताए।

अधिवेशनका क्रममा सुदूरपश्चिम प्रदेशका पत्रकारहरूका समस्याहरू, प्रेस स्वतन्त्रतामाथि देखिएका चुनौतीहरू, तथा संगठन विस्तारका विषयमा छलफल हुने बताइएको छ। हालैका दिनहरूमा पत्रकारितामाथि बढ्दो दबाब, मिडियामाथि सेन्सरशिपको प्रयास, र श्रमजीवी पत्रकारहरूको सुरक्षाका सवालहरू उठिरहेका सन्दर्भमा प्रेस चौतारीले कस्तो रणनीति लिने भन्ने विषयमा अधिवेशनमार्फत मार्गचित्र तय गरिने अपेक्षा गरिएको छ।

सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका पत्रकारहरूको सहभागिता रहेको यो अधिवेशनले संगठनात्मक संरचनालाई थप व्यवस्थित बनाउने लक्ष्य राखेको छ। जिल्लास्तरमा रहेका प्रेस चौतारी नेपालका संरचनाहरूलाई थप सशक्त बनाउनुपर्ने आवाज उठिरहेका बेला यो अधिवेशनले ठोस योजना ल्याउने अपेक्षा गरिएको छ।

अधिवेशन भोलिसम्म चल्नेछ, जसमा विभिन्न छलफल सत्र, रणनीतिक योजना निर्माण, तथा संगठनात्मक गतिविधिहरूलाई थप प्रभावकारी बनाउन आवश्यक निर्णयहरू गरिने बताइएको छ।

 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज