Advertisement

सुदूरपश्चिममा भूकम्प पीडितका लागि दुई सय ५० अस्थायी आवास बनाइने

Advertisement

बझाङ : नेपाल रेडक्रस सोसाइटीले सुदूरपश्चिमका भूकम्प पीडितका लागि दुई सय ५० अस्थायी आवास बनाउन सहयोग गर्ने भएको छ। गत असोजको तेस्रो साता सुदूरपश्चिममा आएको भूकम्पले बझाङ र बाजुरामा बढी क्षति पु–याएको थियो।

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तराष्ट्रिय महाङ्घ (आइएफआरसी) आर्थिक सहयोगमा रेडक्रसले बाजुरा र बझाङमा भूकम्प प्रभावितका लागि शौचालयसहितको अस्थायी आवास बनाउन सहयोग गर्न लागेको हो। त्यसैगरी ती दुई जिल्लाका छ सय भूकम्प प्रभावित परिवारलाई १५ हजारका दरले अत्यावश्यक सामग्री खरिदका लागि रकम वितरण गर्ने रेडक्रसले जनाएको छ। सुदूरपश्चिममा भूकम्पपछि राहत र पुनःनिर्माणका सक्रियता देखाएको नेपाल रेडक्रसले गत असोजमा बझाङ र बाजुरामा गएको भूकम्पबाट पीडित नागरिकको सहयोग विभिन्न पालिकामा खटिएको हो।

नेपाल रेडक्रस सुदूरपश्चिम प्रदेश कार्यालयका वरिष्ठ सहायक धनबहादुर जप्रेलले भूकम्पपछि बझाङ र बाजुराका विभिन्न पालिकामा पुगेर स्थानीयलाई त्रिपाल, कम्बल, म्याटलगायतका गैरखाद्य राहत वितरण गरिएको जानकारी दिए। ‘गत वर्ष हामीले डोटी र बझाङमा भूकम्प प्रभावित क्षेत्रमा निर्माण गरिदिएका घर टहरामै स्थानीयवासी आश्रित छन्’, उनले भने, ‘अहिलेको भूकम्पमा पूर्णरुपमा प्रभावित स्थानीयवासीको घर पुनःनिर्माणलगायतमा सहयोगका लागि पनि गृहकार्य हुँदैछ।’

यस पटक गएको भूकम्पले बझाङमा जयपृथ्वी नगरपालिका, तल्कोट, मष्टा र साइपाल गाउँपालिकामा बढी क्षति पु¥याएको थियो भने बाजुरामा खप्तड छेडेदह गाउँपालिका, त्रिवेणी र बुढीगङ्गा नगरपालिकामा क्षति पु¥याएको थियो। रेडक्रसका अनुसार गत महिनाको भूकम्पबाट बझाङमा कूल नौ हजार आठ सय ७६ परिवार प्रभावित छन्। तीमध्ये दुई हजार पाँच सय २२ परिवारको घरबास पूर्णरुपमा क्षतिग्रस्त छ।

पूर्णरुपमा प्रभावितमध्ये आठ सय ७१ परिवार घर फर्किसके’, उनले भने, ‘यहाँ सात हजार तीन सय ५४ घरमा आंशिक क्षति पुगेको तथ्याङ्क छ।’ त्यसैगरी बाजुरामा भूकम्पले छ हजार एक सय ७८ परिवार प्रभावित भएका थिए । बाजुरामा एक हजार चार सय ४१ प्रिवार पूर्णरुपले प्रभावित बनेको रेडक्रसले जनाएको छ। ‘चार हजार सात सय ३७ परिवार आंशिकरुपले प्रभावित बने’, उनले भने, ‘दुवै जिल्लामा हामीले पालिकामा पुगेर तत्काल राहत वितरण गरेका छौँ।’

रेडक्रसले बझाङमा चार सय १५ त्रिपाल र तीन सय ७७ कम्बल, म्याटलगायतका सामग्री वितरण गरेको छ भने बाजुरामा पाँच सय १५ त्रिपाल, चार सय १३ कम्बललगायतका सामग्री वितरण गरेको वरिष्ठ सहायक जप्रेलको भनाइ छ।

गत वर्ष कात्तिकमा खप्तड राष्ट्रिय निकुञ्ज वरपर केन्द्रविन्दु बनाएर भूकम्प जाँदा डोटीमा छ जनाले ज्यान गुमाउनुका साथै स्थानीय सात जना घाइते भएका थिए। भूकम्पका कारण तहसनहस बनेको डोटीको पूर्वीचौकी गाउँपालिकामा सयौँ भौतिक संरचना पूर्णरुपले क्षतिग्रस्तसमेत बन्न पुगेको थियो। भूकम्पपछि आपत्कालीन राहतका साथै स्थानीयको घरटहरा पुनःनिर्माणमा जुटेको रेडक्रस डोटी र बझाङमा भूकम्प पीडितका लागि तीन सय ३३ टहरा निर्माणमा सहयोग गरेको थियो। रासस

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज