Advertisement

बालेन शैलीमा कञ्चनपुरको बेलडाँडीमा डोजर फेसनको नक्कल, चर्चा कमाउने होडबाजीमा अध्यक्ष राना

Advertisement

धनगढी- बालेन शैलीमा कञ्चनपुरको एक स्थानीय तहले ग्रामीण सडकमा डोजर फेसनको नक्कल गरेको छ ।
जिल्लाको बेलडाँडी गाउँपालिकाले ममंगलबार चवन्नी बजार क्षेत्रमा डोजर फेसनको नक्कल गरेको हो ।

देशका अधिकांश शहरी क्षेत्रका बजार फराकिलो पार्ने योजना बनाउँदै कतिपय महानगर तथा उपमहानगरपालिकामा डोजर चलाएर प्रमुखहरूले चर्चा कमाइरहेको बेला कञ्चनपुरको ग्रामीण क्षेत्र बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र रानाले डोजर फेसनको नक्कल गरेका स्थानीयले बताए ।

पालिकाले जनघनत्व र सवारीसाधनको ओहोरदोहोर खासै नहुने चवन्नी बजारको सडकलाई कतै ३० , कतै १२ त कतै ६ मिटर बनाउन पक्की संरचनानै भत्काउन तम्सिएपछि स्थानीयहरू आक्रोशित हुनुका साथै बिरोधमा उत्रिएका छन् ।

स्थानीय कृष्णा थापाले भनिन् नगरपालिकाले स्थानीयसँग समन्वय, छलफल तथा सहमति बिनै एकलौटीरुपमा शासन गर्न थालेको छ । हामीले बारम्बार पालिकामा गएर छलफल तथा समन्वय गरौ भन्दा अध्यक्ष ज्यू नै उपस्थिति नहुने गरेको उनलेे सुनाइन् ।
त्यस्तै अर्का स्थानीय विक्रम खड्काले अध्यक्ष रानाले जनतालाई त्रसित पार्न आफ्नै घरमा डोजर चलाएका जानकारी दिए ।

कुनै अध्ययन नगरी, पालिकाले कुनै योजना नबनाई ठाडो आदेशको भरमा डोजर चलाएर सर्वसाधारणको घर भत्काउने कार्य गरेको पालिका उपाध्यक्ष शान्ति नाथले बताइन् । उनी भन्छिन् पहिला स्थानीयलाई पालिकामा उपस्थित गराएर बाटो बनाउने निर्णय गरेको तर अहिले पालिकाले सडक छेउछाउमा भएका घर तथा टहरा भत्काउने थालेको छ, यो सरासर जनता माथि अन्याय हो ।
कार्यपालिकामा आफ्नो बाटो बनाउने निर्णयमा सहमति भएपनि घर टहरा भत्काउने निर्णयमा भने सहमती नरहेको उनको दाबी छ । उनलेे थप्दै भनिन् यो क्षेत्र ठूलो भिडभाड हुने ठाउँ पनि होइन ,यो गाउँको बजार हो, जेठ–बैशाखमा यहाँका सडकहरू सुनसान हुन्छन् । १२ मिटर सडक बनाउँदा पनि हुन्थ्यो , यसो गर्दा स्थानीयका घर टहरा पनि जोगिन्थे । जुन नगरपालिकाले डोजर चलाउने कार्य गरिरहेको छ यो सरासर गलत हो।

संघीय सरकारको योजनाअन्तर्गत सडकलाई १२ मिटर स्तरोन्नति गर्नुपर्ने भए पनि पालिका अध्यक्ष रानाले यहीँ मौकामा कतै स्थानीयको घरटहरा नै जाने गरि ३० मिटर सम्म सडक फराकिलो पार्दे सर्वसाधारणका घर भत्काएर चर्चा कमाउने होडबाजी सुरु गरेको आरोप छ ।

यसविषयमा कामना टुडेले अध्यक्ष राना सँग बुझ्न खोदा फोन उठेन ।

 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज