Advertisement

बझाङको जयपृथ्वी बहुमुखी क्याम्पसमा विपद् व्यवस्थापनसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

Advertisement

बझाङ : जयपृथ्वी बहुमुखी क्याम्पस, भौपुरमा विपद् व्यवस्थापनसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। क्याम्पस विपद् व्यवस्थापन क्षेत्रको आयोजनामा र क्याम्पस परिवारको सहकार्यमा आयोजित कार्यक्रममार्फत विद्यार्थीहरूलाई विपद् प्रतिकार्य, आत्मरक्षा र आगजनीबाट बच्ने उपायबारे जानकारी प्रदान गरियो।

कार्यक्रममा सशस्त्र प्रहरी बल, आश्रित गुल्मका डिएसपी दुर्गादत्त भट्टको नेतृत्वमा फिल्डमा प्रायोगिक कक्षाहरू (डेमो) सञ्चालन गरियो। सहभागीहरूले विपद्को समयमा आवश्यक सतर्कता र सुरक्षित उपायहरूको अभ्याससमेत गरे।

कार्यक्रमको अध्यक्षता प्राध्यापक डा. दीपकराज जोशीले गर्नुभएको थियो। उहाँले पछिल्लो समय बस्तीहरूमा देखिएको आगजनीजस्ता घटनालाई न्यूनिकरण गर्न समुदायमा जनचेतना फैलाउन आवश्यक रहेकोमा जोड दिनुभयो। कार्यक्रममा स्वागत मन्तव्य राख्दै शिक्षक भानु जोशीले विपद् व्यवस्थापन र आत्मरक्षाका उपायहरूको महत्त्वबारे प्रकाश पार्नुभयो।

सशस्त्र प्रहरी बलका प्रतिनिधिहरूले ग्यास आगलागीजस्ता घटनाबाट कसरी बच्ने भन्ने विषयमा प्रायोगिक प्रदर्शन गरे। कार्यक्रममा विद्यार्थी र शिक्षकहरूले प्रत्यक्ष रूपमा सहभागी भई प्रयोगात्मक सिकाइ हासिल गरेका थिए।

कार्यक्रम सञ्चालन शिक्षक खगेन्द्रप्रसाद जोशीले गर्नुभएको थियो। सहभागीहरूले विपद् व्यवस्थापनसम्बन्धी सिकाइले समाजलाई सुरक्षित बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरेका छन्।

विपद् व्यवस्थापनको महत्त्व बुझाउन आयोजित यो कार्यक्रमले विद्यार्थी र समुदायलाई सचेत गराउनुका साथै व्यावहारिक ज्ञान दिन सफल भएको सहभागीहरूको भनाइ छ। जयपृथ्वी बहुमुखी क्याम्पस यस क्षेत्रमा उदाहरणीय भूमिका खेलिरहेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज