Advertisement

बझाङको जयपृथ्वी बहुमुखी क्याम्पसमा विपद् व्यवस्थापनसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

Advertisement

बझाङ : जयपृथ्वी बहुमुखी क्याम्पस, भौपुरमा विपद् व्यवस्थापनसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। क्याम्पस विपद् व्यवस्थापन क्षेत्रको आयोजनामा र क्याम्पस परिवारको सहकार्यमा आयोजित कार्यक्रममार्फत विद्यार्थीहरूलाई विपद् प्रतिकार्य, आत्मरक्षा र आगजनीबाट बच्ने उपायबारे जानकारी प्रदान गरियो।

कार्यक्रममा सशस्त्र प्रहरी बल, आश्रित गुल्मका डिएसपी दुर्गादत्त भट्टको नेतृत्वमा फिल्डमा प्रायोगिक कक्षाहरू (डेमो) सञ्चालन गरियो। सहभागीहरूले विपद्को समयमा आवश्यक सतर्कता र सुरक्षित उपायहरूको अभ्याससमेत गरे।

कार्यक्रमको अध्यक्षता प्राध्यापक डा. दीपकराज जोशीले गर्नुभएको थियो। उहाँले पछिल्लो समय बस्तीहरूमा देखिएको आगजनीजस्ता घटनालाई न्यूनिकरण गर्न समुदायमा जनचेतना फैलाउन आवश्यक रहेकोमा जोड दिनुभयो। कार्यक्रममा स्वागत मन्तव्य राख्दै शिक्षक भानु जोशीले विपद् व्यवस्थापन र आत्मरक्षाका उपायहरूको महत्त्वबारे प्रकाश पार्नुभयो।

सशस्त्र प्रहरी बलका प्रतिनिधिहरूले ग्यास आगलागीजस्ता घटनाबाट कसरी बच्ने भन्ने विषयमा प्रायोगिक प्रदर्शन गरे। कार्यक्रममा विद्यार्थी र शिक्षकहरूले प्रत्यक्ष रूपमा सहभागी भई प्रयोगात्मक सिकाइ हासिल गरेका थिए।

कार्यक्रम सञ्चालन शिक्षक खगेन्द्रप्रसाद जोशीले गर्नुभएको थियो। सहभागीहरूले विपद् व्यवस्थापनसम्बन्धी सिकाइले समाजलाई सुरक्षित बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरेका छन्।

विपद् व्यवस्थापनको महत्त्व बुझाउन आयोजित यो कार्यक्रमले विद्यार्थी र समुदायलाई सचेत गराउनुका साथै व्यावहारिक ज्ञान दिन सफल भएको सहभागीहरूको भनाइ छ। जयपृथ्वी बहुमुखी क्याम्पस यस क्षेत्रमा उदाहरणीय भूमिका खेलिरहेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज