Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.4.1.) in /home3/kamanate/kamanatoday.com/wp-includes/functions.php on line 6260
नेता ऐन महरको खण्डन, रश्मिला धामी साइबर अपराधमा पक्राउ
Advertisement

नेता ऐन महरको खण्डन, रश्मिला धामी साइबर अपराधमा पक्राउ

Advertisement

नेकपा एमालेका प्रभावशाली नेता ऐन महरले आफूविरुद्ध उच्च अदालत पाटनले पक्राउ पुर्जी जारी गरेको भनी आएको समाचारलाई भ्रामक र तथ्यहीन भनेका छन्। उनले सामाजिक सञ्जालमार्फत उक्त समाचारको खण्डन गर्दै जानकारी दिएका छन् कि उच्च अदालतले पक्राउ पुर्जी जारी गर्ने कुनै कानूनी अधिकार छैन।

कानुनी दृष्टिले महरले उल्लेख गरेका छन् कि फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार, पक्राउ पुर्जी जारी गर्ने अधिकार केवल जिल्ला अदालतलाई छ, उच्च अदालतलाई होइन। यसैले उच्च अदालतबाट यस्तो आदेश जारी हुनु असम्भव भएको उनले बताए।

कानुनी आधार:

फौजदारी कार्यविधि संहिता, २०७४ (दफा ६९): पक्राउ पुर्जी जारी गर्ने अधिकार जिल्ला अदालतमा मात्र निहित छ।

संविधानको धारा १३१ (२): उच्च अदालतको अधिकारक्षेत्र पुनरावलोकन (रिट निवेदन) र निर्देशनका लागि मात्र हो, न कि अपराध अनुसन्धान वा पक्राउ पुर्जी जारी गर्न।

महरका अनुसार, उच्च अदालत पाटनमा दर्ता भएका तीन रिटमध्ये दुई खारेज गरिएको छ भने एक मुद्दामा सरकारी वकिल र प्रहरी कार्यालयले प्रक्रियागत त्रुटि सच्याउन निर्देशन दिएको छ। उनले यति ठूलो सत्यलाई झुटो र अतिरञ्जित ढंगले प्रस्तुत गरेको भन्दै समाचारमा फैलाइएको तथ्यको विरोध गरे।

नेता महरले आफ्ना विरोधीहरूलाई झूटा र कपोकल्पित आरोप लगाएर आफ्नो व्यक्तिगत र राजनीतिक छवि बिगार्ने प्रयास गरेको बताएका छन्। उनले आफ्ना शुभचिन्तक र सहयोगीहरूलाई झूटो समाचारमा विश्वास नगर्न र सत्य बुझ्न आग्रह गर्दै समग्रमा सत्यको पक्षमा लडिरहने प्रतिवद्धता व्यक्त गरेका छन्।

अन्त्यमा, महरले आफ्नो समर्थनमा उभिएका सबैलाई धन्यवाद दिएर, सत्यको पक्षमा संघर्ष जारी राख्ने प्रतिबद्धता जनाएका छन्।

रश्मिला धामीलाई साइबर अपराधमा पक्राउ

नेता ऐन महर विरुद्ध एकोहोरो लागिरहेकी रश्मिला धामि साइबर अपराधमा प्रहरी वृत सिंहदरबारले पक्राउ गरेका छन्। सामाजिक सञ्जालमा जथाभावी लेखेका र चरित्र हत्या गरेको अभियोगमा पक्राउ गरेकी धामीलाई प्रहरीले चार दिन म्याद थप गरी अनुसन्धान गरिरहेको डिएसपी गंगा पौडेलले जानकारी दिएका छन्।

 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएल उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिमबीच भिडन्त

एनपीएल उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिमबीच भिडन्त

काठमाण्डौ- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको उपाधिका लागि आज साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्...
सेती प्राविधिक शिक्षालयकी प्रमुख शर्मामाथि आर्थिक अनियमितताको आरोप, अख्तियारमा उजुरी

सेती प्राविधिक शिक्षालयकी प्रमुख शर्मामाथि आर्थिक अनियमितताको आरोप, अख्तियारमा उजुरी

​डोटी- डोटीको दिपायलस्थित सेती प्राविधिक शिक्षालयकी शिक्षालय प्रमुख सुशीला शर्मामाथि पदीय जिम्मेवारी र अधिकारको दुरुपयोग गर्दै आर्...
चितवनलाई हराउँदै सुदूरपश्चिम फाइनलमा, उपाधिका लागि लुम्बिनीसँग भिड्ने

चितवनलाई हराउँदै सुदूरपश्चिम फाइनलमा, उपाधिका लागि लुम्बिनीसँग भिड्ने

काठमाडौं- सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा उपाधि नजिक पुगेको छ । चितवन राइनोजलाई तीन विकेटले हरा...
एनपीएल फाइनलको अर्को टोली आज टुङ्गिँदै, चितवन र सुदूरपश्चिम निर्णायक भिडन्तमा

एनपीएल फाइनलको अर्को टोली आज टुङ्गिँदै, चितवन र सुदूरपश्चिम निर्णायक भिडन्तमा

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्ने अर्को टोलीको टुङ्गो आज ...
सी, ट्रम्प र पुटिनबीच आज त्रिपक्षीय वार्ता, चीनमा जुट्दै विश्वका तीन शक्तिशाली नेता

सी, ट्रम्प र पुटिनबीच आज त्रिपक्षीय वार्ता, चीनमा जुट्दै विश्वका तीन शक्तिशाली नेता

चीनका राष्ट्रपति सी चिनफिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज औपचारिक त्रिपक्षीय वार्ता हु...
चितवन राइनोज क्वालिफायर-२ मा, काठमाडौँ गोर्खाज ६१ रनले पराजित

चितवन राइनोज क्वालिफायर-२ मा, काठमाडौँ गोर्खाज ६१ रनले पराजित

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि होडमा चितवन राइनोजले आफ्नो सम्भावना कायमै राखेको छ । एलिमिनेटरमा काठमाडौँ गोर्खाजला...
एनपीएल : दोस्रो क्वालिफायरका लागि आज काठमाडौँ र चितवन भिड्दै

एनपीएल : दोस्रो क्वालिफायरका लागि आज काठमाडौँ र चितवन भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि होडमा टिकिरहन काठमाडौँ गोर्खाज र चितवन राइनोज आज इलिमिनेटरमा आमनेसामने हुँदै...
लुम्बिनीलाई फाइनलको टिकट, सुदूरपश्चिम दोस्रो क्वालिफायर खेल्ने

लुम्बिनीलाई फाइनलको टिकट, सुदूरपश्चिम दोस्रो क्वालिफायर खेल्ने

काठमाडौं- साविक विजेता लुम्बिनी लायन्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुगेको छ । पहिलो क्वालिफायरमा सुदूर...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज